केही वर्ष पहिले यदि कसैले मलाई केही मिनेटमा मुभि डाउनलोड गर्न सकिन्छ, भनेको भए म पत्याउदिनथे तर अहिले परिस्थिति बदलिएको छ। नेपाल टेलिकमले हालै 1 Gbps को गति प्रदान गर्ने नयाँ अल्ट्रा-फास्ट FTTH इन्टरनेट सेवा सुरु गरेको छ। यो नया प्रविधि XG-PON टेक्नोलोजीमा आधारित भएको हुदा, अघिल्लो FTTH सेवा भन्दा १० गुणा छिटो छ। नेपाल टेलिकमका अनुसार यहाँ हामीले 10 Gbps को डाउनस्ट्रिम क्यापासिटी (downstream capacity) र 2.5 Gbpsको अपस्ट्रिम क्यापासिटी (upstream capacity) पाउने छौ। यसको मतलब उपभोक्ताहरुले कुनै पनि समस्या बिना नै हाइ–स्पीड इन्टरनेट सेवा प्रयोग गर्न सक्छन्।
यो पनि पढ्नुहोस्ः
- ‘अनर ९०’ प्रि-बूकिंग गर्दा एक्काईस हजार पर्ने स्मार्ट वाच जम्मा पाँच हजारमा
- Exynos 1280 का साथ सामसङ्गको नया फोन ग्यालेक्सी एफ ३४ फाइभजी सार्बजनिक
- ‘पोको एमसिक्स प्रो’ फाइभजी स्मार्टफोन सार्वजनिक, यस्ता छन् विशेषता
- एनसेल र एनटिसीले नदिने भ्वाइसमेल सुबिधा आईओएस १७ मा
नेपाल टेलिकमले यस अन्तरगत ‘Premium FTTH 500 Mbps’ र ‘Premium FTTH 1 Gbps’ दुईओटा हाइ-स्पीड FTTH इन्टरनेट प्याकेजहरू ल्याएको छ। Premium FTTH 500 Mbps प्याकेज भित्र नेपाल टेलिकम नेटवर्कमा अन-लिमिटेड अन-नेट कलहरू समावेश छन्। त्यसबाहेक, तपाईंले प्रतिदिन 0.5 TB डाटा भोल्युम सहित 350 मिनेट अफ-नेट टल्क टाइम पनि प्राप्त गर्नुहुन्छ। त्यस्तै Premium FTTH 1 Gbps प्याकेजमा अन-लिमिटेड अन-नेट कलहरू र ५०० मिनेट अफ-नेट टक टाइम पाउनु हुन्छ। यो संगै यस प्याकेजमा प्रति दिन १ टि वि डाटा पनि समावेश छ।
यी दुवै प्याकेजमा तपाइले एउटा IPTV, CPE Device, सेट-टप-बक्स र ३०० मीटरको ड्रप फाइबर केबल फ्रीमा पाउनु हुने छ। साथै Premium FTTH 500 Mbps प्याकेजको बार्षिक रेट रु. ८०,००० र Premium FTTH 500 Mbps प्याकेजको बार्षिक रेट रु. १,१०,००० रहेको छ।
Ntc XGPON फाइबर प्याकेज | अन-नेट कल | अफ-नेट कल | प्रतिदिनको डाटा | वार्षिक सदस्यता शुल्क |
Premium FTTH 500 Mbps | अन-लिमिटेड | प्रति महिना 350 मिनेट | ०.५ टि वि | रु.८०,००० |
Premium FTTH 1 Gbps | अन-लिमिटेड | प्रति महिना 500 मिनेट | १ टि वि | रु.१,१०,००० |
यदि तपाई यो सेवा लिन चाहनुहुन्छ भने, १९८ डायल गर्नुहोस् र सन्देश प्राप्त गरेपछि फेरी १ थिच्नुहोस्। यसरी तपाईले जडानको लागि दर्ता गर्न सक्नुहुन्छ। आफ्नो व्यवसायका लागि छिटो र भरपर्दो इन्टरनेट चाहिने कर्पोरेट तथा ठुला ठुला कार्यालयका प्रयोगकर्ताहरुले यो सेवाबाट फाइदा लिन सक्नु हुन्छ