कस्तो छ नेपालको सूचना प्रविधि बजार ? व्यापार सम्भावना र विश्लेषण। 

IT Market Nepal

हालको यस डिजिटल संसारमा सुचना प्रविधि अर्थात आईटिले हाम्रो दिनचर्या माथि ठुलो परिवर्तन ल्याएको छ र मानव समाज आईटिमा दिनानुदिन अझ बढी निर्भर हुँदै गइरहेको छ। 

विकसित राष्ट्रहरुसँग तुलनात्मक नभए तापनि नेपालमा आईटि बढ्दो क्रममा छ। नेपालमा आईटि बजार एकदम तीब्र गतिमा विकास हुँदै छ। पर्यटन विकास पछि सबैभन्दा तिब्र रुपमा यदि कुनै कुराको नेपालमा विकास भएको छ भने त्यो हो आईटि। यहाँको  केहि आईटि सम्बन्धित कम्पनिहरुको आगमन सहित नेपालको आईटि पनि विकासोन्मुख बाटोमा तिर लम्किन थालेको हो।

राष्ट्र विकाशका लागि आईटिको भूमिका अपरिहार्य छ। नेपाल सरकारले पनि आउँदो वर्षहरुमा नेपालको आर्थिक वृद्धिको लागि आईटिको ठुलो हात रहने अनुमान गरेको छ। 

नेपालमा हाल आईटिको अवस्था

सरकारी नीति (Government Policy)

नेपालमा आईटि सम्बन्धी कामहरुको लागि नीतिहरुको निर्माण संचार तथा सुचना प्रविधि मन्त्रालयले गर्छ। अन्य देशहरुसँग तुलनात्मक नभए तापनि नेपाल सरकारले यस क्षेत्रमा केहि नगरेको भने चाहिँ होइन। तर आईटिको पुरा पोटेन्सियल निकाल्न सरकारले यस अझै निकै साथ दिनुपर्ने देखिन्छ।

आईटि र जिडिपि(GDP) 

सञ्चार, सुचना तथा प्रविधि क्षेत्रले नेपालको जिडिपि(GDP) मा २.३% योगदान पुर्याउँछ। आईटिको कति महत्त्व छ भनेर यहाँबाट पनि स्पष्ट हुन्छ।

योसँगै नयाँ आईटि कम्पनिहरुको आगमनले युवावर्ग माझ रोजगारीको मौका पनि उत्पन्न हुन्छ। यसका साथै आईटि जबहरुको  औसत नेपालको पर क्यापिटा इन्कमको तीन गुना बढी हुन्छ। यसरी आईटिबाट उच्च तलब, स्थिर जागिर पनि सम्भव छ।

आउटसोर्सिङ (Outsourcing)

गत वर्षहरुलाई हेर्ने हो भने नेपालमा आईटि क्षेत्रमा आउटसोर्सिङ र फ्रिल्यानसिङले उच्च वृद्धि पाएको छ। प्रतिभाशाली युवावर्गहरुको उपलब्धता र कम पैसाको कारणले नेपाल आउटसोर्सिङको लागि निकै उपभोग्य देश ठहरिन्छ।

कैयौँ कम्पनिहरु नेपालमा आउटसोर्सिङलाई बिजनेस बनाउँदै सफल ठहरिएका छन्। भेरिस्क नेपाल(Verisk Nepal), सिडार गेट्स तत्कालिन डियरवल्क(Deerwalk), लगपोइन्ट(Logpoint), क्लाउड फ्याक्टरी(Cloud Factory) आदि नेपालमा नाम चलेका केहि यस्ता कम्पनिहरु हुन्।

विश्व आईटि मार्केटमा नेपालको स्थान

नेपालले विश्व आईटि म्यापमा आफ्नो स्थान बनाएको छ। सफ्टवेयर एक्सपोर्टमा रहेका शीर्ष २० देशहरु मध्ये नेपालले राम्रो स्थान ओगटेको छ।

तथ्याङ्क अनुसार नेपालले ट्युटोरियल (tutorial) सफ्टवेयर एक्सपोर्टमा तेस्रो, वेब डिजाईनमा चौँथो, म्यानुफ्याक्चरिङ (manufacturing) सफ्टवेयरमा आठौँ, सिस्टम सफ्टवेयर एक्सपोर्टसमा नवौँ र बिजनेस सफ्टवेयर एक्सपोर्टमा अठारौँ स्रथान ओगट्न सफल बनेको छ।

यसै गरी आईटिले नेपालमा आफ्नो तिब्रता राख्दै जाने हो भने राष्ट्र विकाशमा यसको भुमिका सोच्न पनि सकिँदैन।

आईटिमा अवसरहरु

नेपालले आईटिमा आफ्ना पाईलाहरु बढाइरहेको छ तर आफ्नो सम्भाव्यता अझै दर्शाको छैन। त्यसैले नेपालमा आईटिका अवसरहरु निकै छन्। आउनुहोस् केहि छलफल गरौँ।

फ्रिल्यान्सिङ (Freelancing)

कोभिड यता नेपालमा फ्रिल्यान्सिङले ३७% वृद्धिदर पायो। तर नेपालमा यसले यसको सम्भाव्यता निकै छ। आईटि सम्बन्धी ज्ञान र सिप छ भने फ्रिल्यान्सिङ सुरु गर्न जसले पनि सकिन्छ। 

एउटा सानो बिजनेसको रुपमा सुरु गर्नुभएको फ्रि ल्यानसिङ पछि ठुलो बिजनेसमा पनि परिणत गर्न सकिनछ। नेपाली मार्केटमा यसको राम्रो अवसर रहेको छ।

आईटि कम्पनि (IT Company)

आईटि कम्पनि नेपालमा सञ्चालन गरेर आउटसोर्सिङ पनि गर्न सकिन्छ। नेपालमा युवाहरुको उपलव्धता र अरु देशहरु भन्दा काम गराईको कम मुल्य दर भएकाले आउटसोर्सिङमा नेपाल उपयोग्य मानिन्छ। यसका साथै यसले रोजगारीको मौका पनि प्रदान गर्छ।   

अनलाइन बिजनेस (Online Business) 

आईटिमा अनलाइन बिजनेसको अवसर पनि उत्तिकै रहेको छ। नेपालमा हालै अनलाइन बिजनेस सुचारु भएको छ भने यसले आफ्नो अन्तिम रुप लिन निकै समय लिने अनुमान छ।

अहिलेको डिजिटल युगमा अनलाइन बिजनेस बजार पाउने सम्भावना निकै राम्रो छ। जो कोहि पनि सोसियल मिडियामा आजकाल रहनु हुन्छ। यस्ले अनलाइन बिजनेसकाे लागि प्रोडक्ट अथवा सामानहरुको प्रचार-प्रसार गर्न यो एउटा राम्रो माध्यम पनि हो।

नयाँ-नयाँ कुराको लागि अनलाइन बिजनेस सुरु गर्न सकिन्छ। उदाहरणको लागि केहि उपकरणहरु बिग्रिँदा घरैमा इलेक्ट्रोनिक्स सामान रिपेयर गर्नलाई मान्छे बोलाउने सुबिधा भएको इलेक्ट्रोनिक्स रिपेयरिङको लागि एउटा अनलाइन बिजनेस पनि सुचारु गर्न सकिन्छ। 

आईटि पार्क (IT Park)

सरकारले बनेपामा रहेको आईटि पार्क बनाउन आफ्नो पुरा सहयोग दिएको छ। सरकारले यस पार्कमा स्वचालित कम्पनीहरुलाई ट्याक्मा ५०% अनुदान दिने निर्णय पनि गरिरहेको छ।

यस आईटि पार्कमा सफ्टवेयर विकास गर्ने, आईटिमा आधारित व्यवसाय प्रवर्द्धन(promote) गर्ने र सेवाहरू प्रदान गर्ने जस्ता कार्यहरुको अपेक्षा गरिएको छ।

मानव आवश्यकता कहिले पनि स्थिर नरहने र बदलिरहने हुँदा आईटिको आवश्यकतामा पनि कहिल्यै कमी नआउला। नेपाली मार्केटमा आईटिले पुरै प्रवेश गरि सकेको छैन त्यसैले आईटिमा आधारित व्यापार समभावनाहरु धेरै रहेका छन् मात्र खोज्नको खाँचो छ।   

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.