नेपालको आफ्नै एप: गल्ली म्याप्स

nepali galli app

गूगल म्याप्स बारेमा त हामी सबै अवगत ने छौँ। हरेक एन्ड्रोइड फोनको सेटमा गूगल म्याप्स गूगलको अन्य अ्यापहरु सँगै इन-बिल्ट भएर आउँछ। गूगल म्यापले हामी संसारको जुनै कुनाको पनि म्याप हेरी जुनसुकै ठाउँको लोकेसन पत्ता लगाउन सक्छौँ।

गूगल म्याप्स सबैभन्दा बढी प्रयोग हुने म्याप मध्येमा पर्छ। विश्वको सबै ठाउँमा गूगल म्याप प्रयोग हुन्छ तर विश्वको प्रत्येक कुना-काप्चा, बाटो-घाटोको लागि गूगल म्याप कस्टमाइज भएको हुँदैन। नेपालको लागि पनि गूगल म्याप्स

यस इमेजमा लगन टोलको लोकेसनलाई रातो रङको थोप्लोले अंकित गरिएको छ। यस पिक्चरमा देखिएअनुसार त्यही पेजको तलतिर Get Direction अंकित भएको देखिनेछ। यसमा ट्याप गर्नुभयो भने तपाईंहरुको हालको लोकेसनबाट चाहिएको लोकेसन सम्मको बाटो नै अंकित हुनेछ।   

यस पिक्चरमा देखिए अनुसार तपाईंहरुको हालको लोकेसन (सुन्तला रङको थोप्लो) बाट तपाईंहरुलाई पुग्नुपर्ने लोकोसन (रातो रङको थोप्लो) को बाटोलाई सुन्तला रङको धर्कोले अंकित गरिनेछ। यसलाई बायाँ पिक्चरले जनाइएको छ। 

चाहिएको लोकेसनलाई जुम गरेर बढाउनु भयो भने दायाँ तिरको पिक्चरजस्तो देख्नुहुनेछ र यसको जुम अझै बढाउँदा झन् ठूलो देखिनेछ। अहिले हामीले फ्लाट भ्युमा म्याप हेरिरहेकाले घरहरु बक्साले अंकित भएका छन् भने यसको ड्रोन इमेज भ्युले तपाईँहरुले कुनै ठाउँको प्रत्यक्ष बाटो र घरहरु देख्नं सक्नुहुनेछ। 

ड्रोन इमेज भ्यु (Drone Image View)

ड्रोन इमेज भ्युले तपाईँहरुले कुनै ठाउँको बाटो र घरहरु प्रत्यक्ष देख्न सक्नुहुनेछ। फ्लाट भ्युमा बक्सा र धर्काको रुपमा रिप्रिजेन्ट हुने घर र बाटो ड्रोन इमेज भ्युमा त्यस क्षेत्रको बाटो र घरहेरु प्रत्यक्ष देखिन्छ। ड्रोन भ्यु इमेज हेर्न ड्रोनको पिक्चर भएको आइकनमा ट्याप गर्नुहोस्।

यहाँ बायाँ तिरको पिक्चरले फ्लाट भ्यु फिचर देखाउँछ भने दायाँ तिरको पिक्चरले ड्रोन इमेज भ्यु फिचरको प्रयोग देखाउँछ। ड्रोन भ्यु पिक्चरलाई जुम गर्नुभयो भने यहाँको घर र बाटोहरु झन् स्पष्टसँग हेर्न सक्नुहुनेछ। यसलाई तलको पिक्चरमा देखाइएको छ।  

३६० इमेज भ्यु (3600 Image View)

३६० इमेज भ्युको प्रयोगमा तपाईंहरुले आफ्नो लोकेसनसम्म पुग्ने बाटोको घर, पसलहरु तथा वातावरण हेर्न सक्नुहुनेछ। यसले तपाईंहरु सही ठाउँ तिर जाँदै हुनुहुन्छ भन्ने कुराको विश्वास दिलाउँछ। यदि कुनै ठाउँमा पुगेर अलमलिनु भयो भने ३६०भ्युबाट त्यस ठाउँको वातावरण हेरेर ठिकै बाटो हिँड्दैछु भनेर ढुक्क हुन सक्नुहुन्छ।

३६० इमेज भ्यु फिचर प्रयोग गर्न 3600 आइकनम ट्याप गर्नुहोस्।

३६० भ्यु फिचरले म्यापमा अंकित भएको बाटोको छेउछाउमा निलो रङको थोप्लोहरु देखाउँछ। ती थोप्लाहरुले त्यस  ठाउँमा भएको वारावरण जनाउँछन्। यी थोप्लोहरुमा ट्याप गरेर तपाईँले त्यस ठाउँको वातावरण हेर्न सक्नुहुनेछ। यसलाई तलको पिक्चरमा देखाइएको छ।

कुनै एउटा निलो गोलोमा ट्याप गर्नुभयो त्यस ठाउँको बाटो र वातावरण देख्न सक्नुहुन्छ। यसलाई यस पिक्चरमा पनि देखाइएको छ। त्यस फोटोमा ओँलाले सार्नुभयो भने त्यस एरियाको ३६० डिग्रि भ्यु पनि देखिन्छ। सोही कुरा यहाँका दुई पिक्चरले देखाउन खोजिएको छ।

यो दुईवटा फोटो एउटा निलो गोलोको लागि हो। यी दुई बिचको फरक भनेको हेर्ने एङ्गल मात्र हो। बायाँ पिक्चरले एउटा गेट र दुईजना मान्छे देखाएको छ भने दायाँ पिक्चरले त्यो गेट र मान्छे हिँडेको बाटो देखाएको छ। यसरी एउटै फोटोलाई ३६०मा हेर्न सकिन्छ।

करेन्ट लोकेसन ट्राकिङ (Current Location Tracking) 

ड्रोन इमेज भ्यु र ३६० इमेज भ्यु बाहेक यसमा अर्को फिचर रहेको छ। यस फिचरले तपाईंहरुले म्यापमा जता हुनु भए पनि आफ्नो अहिलेको लोकेसन भएको ठाउँमा म्यापमा जम्प गर्न सक्नुहुन्छ। 

उदाहरणको लागि तपाईँहरुलाई काठमाडौँको कुनै ठाउँबाट भक्तपुर दरबार जानुपर्ने छ। तपाईँहरु भक्तपुर दरबारको क्षेत्रलाई जुम इन गरेर त्यस ठाउँको ३६० इमेज भ्यु गर्दै हुनुहुन्छ। यस्तो हुँदा तपाईँहरुलाई फेरि एकैचोटी आफू अहिले भएको ठाउँ म्यापमा हेर्न मन लाग्यो भने यो फिचर प्रयोग गर्न सक्नुहुन्छ। 

यसलाई तलको पिक्चरबाट झन् राम्ररी बुझ्न सकिन्छ।

यस पिक्चरमा देखिए अनुसार बायाँ तिरको इमेजले पुग्नुपर्ने लोकेसन देखाएको छ भने दायाँ तिरको इमेजले हालको लोकेसन देखाएको छ। यसरी एकैचोटि आफ्नो हालको लोकेसन चेक गर्नलाई यो फिचरले सहयोग गर्छ

अन्त्यमा,

गल्ली म्याप्स नेपालको लागि नै तयार पारिएको एउटा म्यापिङ अ्याप हो। नेपालको ठाउँहरुलाई हेरेर यसको कस्टमाइज गरेको हुनाले नेपाल भित्र सिमित सहरी क्षेत्रहरुको लागि यो म्यापले निकै राम्रो काम गर्नेछ। हाल बेटा भर्जनमा मात्र भए तापनि यो नेपालको लागि एउटा उत्कृष्ट अ्याप हो। 

गूगल म्याप्स बारेमा त हामी सबै अवगत ने छौँ। हरेक एन्ड्रोइड फोनको सेटमा गूगल म्याप्स गूगलको अन्य अ्यापहरु सँगै इन-बिल्ट भएर आउँछ। गूगल म्यापले हामी संसारको जुनै कुनाको पनि म्याप हेरी जुनसुकै ठाउँको लोकेसन पत्ता लगाउन सक्छौँ।

गूगल म्याप्स सबैभन्दा बढी प्रयोग हुने म्याप मध्येमा पर्छ। विश्वको सबै ठाउँमा गूगल म्याप प्रयोग हुन्छ तर विश्वको प्रत्येक कुना-काप्चा, बाटो-घाटोको लागि गूगल म्याप कस्टमाइज भएको हुँदैन। नेपालको लागि पनि गूगल म्याप्सको स्थिति यस्तै नै छ।

यो कुरा हामीले गूगल म्याप चलाउँदा पनि याद गरेका हुन सक्छौँ। गूगल म्याप्सले कुनै स्थितिमा पुरै बाटो देखाउँदैन। लोकेसन देखाए पनि त्यस ठाउँ सम्म पुग्नलाई पुरै बाटो यसमा उपलब्ध हुँदैन। साँच्चिकैमा बाटो भएतापनि गूगल म्यापमा बाटो टुङ्गिएको हामी देख्न सक्छौँ।

यस्तै अर्को स्थिति भनेको काठमाडौँको कुनै गल्ली भित्र रहेको लोकेसन तपाईंहरुले गूगल म्याप्समा हाल्नुभयो भने गूगल म्यापले तपाईंलाई ग्यारेन्टीका साथ त्यस लोकेसनमा पुर्याउँछ भन्ने छैन। यसले तपाईंलाई त्यसै क्षेत्रको अलगै ठाउँतिर पनि पुर्याउन सक्छ।

यस्तो हुँदा गूगल म्याप सँधै ठिक हुन्छ भन्ने हैन। हतार परिरहेको बेला अर्कै लोकेसन पुगियो भने झनै मन खिन्न हुन्छ। यसको लागि अर्को उपाय के होला त? यसको लागि अर्को उपाय छ गल्ली म्याप्स

गल्ली म्याप्स (Galli Maps)

गल्ली म्याप्स नेपाली जनसमुदायलाई ध्यानमा राखेर बनाइएको अ्याप हो। गूगल म्यापको कमी-कम्जोरीलाई पदपूर्ति गर्ने सोचका साथ यो अ्याप निर्माण गरिएको हो। यस अ्यापमा तपाईँहरुले नेपालको जस्तो कुना काप्चाको लागि पनि आरामले बाटो खोज्न सक्नुहुनेछ।

गूगल म्यापमा नदेखिने गल्लीहरुलाई म्यापिङ गरेर यो म्याप बनाइएको छ। गूगल म्यापमा बाटो टुङ्गिने स्थिति यहाँ भेटिँदैन। गल्ली म्याप्समा  तपाईँहरुले प्रत्येक गाडी हिँड्ने मूल बाटो, मान्छे हिँड्ने स-साना गल्ली र भर्याङहरु समेत भेट्न सक्नुहुनेछ।

यस अ्यापमा तपाईँहरुले आफ्नो घर नम्बर पनि खोज्न सक्नुहुन्छ, ३६० डिग्रि भ्यु गर्नसक्नुहुन्छ भने घरलाई पिन गरेर लोकेसन पनि सेयर गर्न सक्नुहुनेछ। गल्ली म्यापको प्रयोगमा सामान डेलिभरीको लागि फोनबाट लोकेसन दिनुपर्ने स्थितिबाट पर हुन अब धेरै दिन नलाग्ला।

हाल गल्ली म्यापको बेटा भर्जन मात्र उपलब्ध छ। बेटा भर्जन भन्नाले यो अहिले टेस्टिङ लेभलमा नै छ भने यसको पूर्ण  समापनको लागि केही समय लाग्ला। गल्ली म्यापको बेटा भर्जन सुरुवात हुँदा काठमाडौँ क्षेत्र, कागेश्वरी क्षेत्र, किर्तिपुर क्षेत्र आदि क्षेत्र मात्र यसमा समावेश गरिएको थियो भने हालसम्म यो नेपालको धेरै क्षेत्रको लागि प्रयोग गर्न सकिन्छ।

गल्ली म्याप्सको फिचरहरुमा तपाईँहरुले ३६० डिग्रि स्ट्रिट भ्यु, ड्रोन भ्यु र फ्लाट भ्यु परिवर्तन, करेन्ट लोकेसन जस्ता कन्ट्रोलहरु तपाईँहरुले यहाँ पाउनुहुनेछ। यसको हालको देखिएको नराम्रो पक्षको कुरा गर्ने हो भने यसमा काठमाडौँ उपत्यका बाहिरको लागि कम मात्रामा ३६० डिग्रि स्टेट भ्यु र ड्रोन म्यापिङको प्रयोग गर्न सकिन्छ भने यसको इन्टरफेस र पर्फमेन्समा पनि सुधार गर्नपर्ने देखिन्छ।

कसरी प्रयोग गर्ने गल्ली म्याप्स?

यदि कुनै म्याप अ्याप चलाउनु हुन्छ भने गल्ली म्याप्स चलाउन त्यति गार्हो हुने छैन। यसको इन्टर्फेस सरल भएको कारणले यसलाई केही मिनेटमा नै प्रयोग गर्न सिकिन्छ। यसलाई पनि सरल बनाउन तपाईँहरुलाई यहाँ यसको फिचरहरुलाई कसरी प्रयोग गर्ने भन्ने बारेमा केहि जानकारी दिइएको छ।

अहिले यो अ्याप एन्ड्रोइड डिभाइसको लागि उपलब्ध छ। बेटा भर्जनको सुरूवातमा यो एन्ड्रोइडको लागि मात्र उपलब्ध गराइएको थियो भने यस अ्यापको सिइओका अनुसार आइओएसमा पनि यो अ्याप उपलब्ध गराइनेछ। अ्याप चलाउनु अघि यो सर्वप्रथम डाउनलोड गर्नुहोस्।

अ्याप डाउनलोड  

अ्याप डाउनलोड गर्न आफ्नो मोबाइलको प्ले स्टोरमा जानुहोस् र galli maps लेखि सर्च गर्नुहोस्। 

रिजल्टमा तपाईँहरुले यस्तो आइकन सहित Galli Maps (Beta) लेखिएको देख्नुहुनेछ। यसलाई इन्सटल गर्नुहोस्।

सामान्य लेआउट (Basic Layout)

अ्याप खोल्नुभएपछि तपाईँहरुलाई अन्य म्याप अ्याप जस्तै लोकेसन अन गर्न पर्मिसन दिनु पर्ने हुन्छ। पर्मिसन दिनुभएपछि अ्याप भित्र प्रवेश गर्दा यस प्रकारको सामान्य डिस्प्ले तपाईँहरुले देख्नुहुनेछ।

तपाईँहरुको हालको लोकेसनलाई पिक्चरमा देखिए अनुसार सुन्तला रङको थोप्लोले अंकित गरिएको हुन्छ। यहाँ तपाईंहरुलाई लोकेसन सर्च बार, ड्रोन इमेज भ्यु, ३६० डिग्रि भ्यु जस्ता फिचरहरु प्रदान गरिएको हुन्छ। हरेक फिचरहरु बारेमा तल बिस्तारमा जानकारी दिइएको छ।

लोकेसन सर्च बार (Location Search Bar)

तपाईँहरुले यस अ्यापको सर्च बारमा डाइरेक्ट घर नम्बर पनि सर्च गर्न सक्नुहुनेछ। घर नम्बर थाहा छैन भने लोकेसन मात्र पनि सर्च गर्न सक्नुहुनेछ।

यसको लागि सर्च बारमा लोकेसनको नाम लेख्नुहोस् र सर्च गर्नुहोस्। उदाहरणको लागि यहाँ Lagan Tole को लागि सर्च गरिएको छ। ठाउँ सर्च गर्नुभएपछि तपाईंहरुले आफ्नो स्क्रिनमा यस्तो प्रकारको इमेज देख्नुहुनेछ।

यस इमेजमा लगन टोलको लोकेसनलाई रातो रङको थोप्लोले अंकित गरिएको छ। यस पिक्चरमा देखिएअनुसार त्यही पेजको तलतिर Get Direction अंकित भएको देखिनेछ। यसमा ट्याप गर्नुभयो भने तपाईंहरुको हालको लोकेसनबाट चाहिएको लोकेसन सम्मको बाटो नै अंकित हुनेछ।   

यस पिक्चरमा देखिए अनुसार तपाईंहरुको हालको लोकेसन (सुन्तला रङको थोप्लो) बाट तपाईंहरुलाई पुग्नुपर्ने लोकोसन (रातो रङको थोप्लो) को बाटोलाई सुन्तला रङको धर्कोले अंकित गरिनेछ। यसलाई बायाँ पिक्चरले जनाइएको छ। 

चाहिएको लोकेसनलाई जुम गरेर बढाउनु भयो भने दायाँ तिरको पिक्चरजस्तो देख्नुहुनेछ र यसको जुम अझै बढाउँदा झन् ठूलो देखिनेछ। अहिले हामीले फ्लाट भ्युमा म्याप हेरिरहेकाले घरहरु बक्साले अंकित भएका छन् भने यसको ड्रोन इमेज भ्युले तपाईँहरुले कुनै ठाउँको प्रत्यक्ष बाटो र घरहरु देख्नं सक्नुहुनेछ। 

ड्रोन इमेज भ्यु (Drone Image View)

ड्रोन इमेज भ्युले तपाईँहरुले कुनै ठाउँको बाटो र घरहरु प्रत्यक्ष देख्न सक्नुहुनेछ। फ्लाट भ्युमा बक्सा र धर्काको रुपमा रिप्रिजेन्ट हुने घर र बाटो ड्रोन इमेज भ्युमा त्यस क्षेत्रको बाटो र घरहेरु प्रत्यक्ष देखिन्छ। ड्रोन भ्यु इमेज हेर्न ड्रोनको पिक्चर भएको आइकनमा ट्याप गर्नुहोस्।

यहाँ बायाँ तिरको पिक्चरले फ्लाट भ्यु फिचर देखाउँछ भने दायाँ तिरको पिक्चरले ड्रोन इमेज भ्यु फिचरको प्रयोग देखाउँछ। ड्रोन भ्यु पिक्चरलाई जुम गर्नुभयो भने यहाँको घर र बाटोहरु झन् स्पष्टसँग हेर्न सक्नुहुनेछ। यसलाई तलको पिक्चरमा देखाइएको छ।  

३६० इमेज भ्यु (3600 Image View)

३६० इमेज भ्युको प्रयोगमा तपाईंहरुले आफ्नो लोकेसनसम्म पुग्ने बाटोको घर, पसलहरु तथा वातावरण हेर्न सक्नुहुनेछ। यसले तपाईंहरु सही ठाउँ तिर जाँदै हुनुहुन्छ भन्ने कुराको विश्वास दिलाउँछ। यदि कुनै ठाउँमा पुगेर अलमलिनु भयो भने ३६०भ्युबाट त्यस ठाउँको वातावरण हेरेर ठिकै बाटो हिँड्दैछु भनेर ढुक्क हुन सक्नुहुन्छ।

३६० इमेज भ्यु फिचर प्रयोग गर्न 3600 आइकनम ट्याप गर्नुहोस्।

३६० भ्यु फिचरले म्यापमा अंकित भएको बाटोको छेउछाउमा निलो रङको थोप्लोहरु देखाउँछ। ती थोप्लाहरुले त्यस  ठाउँमा भएको वारावरण जनाउँछन्। यी थोप्लोहरुमा ट्याप गरेर तपाईँले त्यस ठाउँको वातावरण हेर्न सक्नुहुनेछ। यसलाई तलको पिक्चरमा देखाइएको छ।

कुनै एउटा निलो गोलोमा ट्याप गर्नुभयो त्यस ठाउँको बाटो र वातावरण देख्न सक्नुहुन्छ। यसलाई यस पिक्चरमा पनि देखाइएको छ। त्यस फोटोमा ओँलाले सार्नुभयो भने त्यस एरियाको ३६० डिग्रि भ्यु पनि देखिन्छ। सोही कुरा यहाँका दुई पिक्चरले देखाउन खोजिएको छ।

यो दुईवटा फोटो एउटा निलो गोलोको लागि हो। यी दुई बिचको फरक भनेको हेर्ने एङ्गल मात्र हो। बायाँ पिक्चरले एउटा गेट र दुईजना मान्छे देखाएको छ भने दायाँ पिक्चरले त्यो गेट र मान्छे हिँडेको बाटो देखाएको छ। यसरी एउटै फोटोलाई ३६०मा हेर्न सकिन्छ।

करेन्ट लोकेसन ट्राकिङ (Current Location Tracking) 

ड्रोन इमेज भ्यु र ३६० इमेज भ्यु बाहेक यसमा अर्को फिचर रहेको छ। यस फिचरले तपाईंहरुले म्यापमा जता हुनु भए पनि आफ्नो अहिलेको लोकेसन भएको ठाउँमा म्यापमा जम्प गर्न सक्नुहुन्छ। 

उदाहरणको लागि तपाईँहरुलाई काठमाडौँको कुनै ठाउँबाट भक्तपुर दरबार जानुपर्ने छ। तपाईँहरु भक्तपुर दरबारको क्षेत्रलाई जुम इन गरेर त्यस ठाउँको ३६० इमेज भ्यु गर्दै हुनुहुन्छ। यस्तो हुँदा तपाईँहरुलाई फेरि एकैचोटी आफू अहिले भएको ठाउँ म्यापमा हेर्न मन लाग्यो भने यो फिचर प्रयोग गर्न सक्नुहुन्छ। 

यसलाई तलको पिक्चरबाट झन् राम्ररी बुझ्न सकिन्छ।

यस पिक्चरमा देखिए अनुसार बायाँ तिरको इमेजले पुग्नुपर्ने लोकेसन देखाएको छ भने दायाँ तिरको इमेजले हालको लोकेसन देखाएको छ। यसरी एकैचोटि आफ्नो हालको लोकेसन चेक गर्नलाई यो फिचरले सहयोग गर्छ

अन्त्यमा,

गल्ली म्याप्स नेपालको लागि नै तयार पारिएको एउटा म्यापिङ अ्याप हो। नेपालको ठाउँहरुलाई हेरेर यसको कस्टमाइज गरेको हुनाले नेपाल भित्र सिमित सहरी क्षेत्रहरुको लागि यो म्यापले निकै राम्रो काम गर्नेछ। हाल बेटा भर्जनमा मात्र भए तापनि यो नेपालको लागि एउटा उत्कृष्ट अ्याप हो। 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.