नेपालमा सार्वजनिक हुँदै ‘नथिङ फोन टु’, कति होला मूल्य ?

Nothing Phone 2 Price in Nepal Availability

गत वर्ष अर्थात् २०२२ जुलाई १६ मा Nothing Phone 1 ले विश्व मार्केटमा उत्रँदा एउटा सनसनी ल्याएको थियो। अन्य स्पेसिफिकेसन या विशेषता त छन् नै तर मुख्यतया यसको नौलो डिजाइनको लागि यो फोनले मानिसहरुबाट निकै चर्चा पाएको थियो।   

Nothing Phone 1 को सफलता पछि मानिसहरुमा Nothing Phone 2 को लागि अपेक्षा बढ्नु स्वभाविक थियो। जुलाई ११ मा अनाउन्स (announce) गरिएको Nothing Phone 2 अब नेपालमा पनि छिट्टै आउने भएको छ। यस आर्टिकलमा हामीले Nothing Phone 2 विवरण र नेपालमा पर्न सक्ने मूल्यको बारेमा कुरा गर्ने छौँ।  

Nothing Phone 2 को विशेषताहरु

डिमेन्सन र वजन (Dimension and Weight)१६२.१ x ७६.४ x ८.६ मिलिमिटर, २०१.२ ग्राम
डिस्प्ले (Display)६.७ इन्च LTPO सहितको OLED डिस्प्ले, FHD+ 2412x1080p) रेजोल्युसन, HDR 10+ डिस्प्ले, १२० हर्ट्ज रिफ्रेस रेट, १६०० निट्स (1600 nits) अधिकतम ब्राइटनेस
प्रोसेसर (Processor)Qualcomm Snapdragon 8+ Gen 1 (4nm)
सिपियु र जिपियु (CPU and GPU)Octa-core@3.0 GHz CPU/ Adreno 730 GPU
ओएस र युआई (OS and UI)Android 13/ Nothing OS 2
ब्याक क्यामेरा (Back Camera)डुवल क्यामेरा सेटप (OIS/EIS सपोर्ट सहितको 50 MP f/1.88 मेन क्यामेरा, 50 MP f/2.2, FOV 114 अल्ट्रा वाइड क्यामेरा, 4 cm म्याक्रो सपोर्ट सहित)
फ्रन्ट क्यामेरा (Front Camera)32 MP f/2.45 फ्रन्ट सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory and Storage)८/१२ जिबि LPDDR5 RAM मेमोरी र १२८/२५६/५१२ जिबि इन्टर्नल मेमोरी 
ब्याट्रि र चार्जिङ (Battery and Charging)4700mAh ब्याट्रि
४५ वाट वायर्ड चार्जिङ सपोर्ट, १५ वाट वायरलेस डुवल चार्जिङ सपोर्ट, ५ वाट रिभर्स (reverse) चार्जिङ
वायरलेस कनेक्टिभिटि (Wireless Connectivity)5G मोबाइल नेटवर्क कनेक्टिभिटि, Wi-Fi 6, Wi-Fi Direct, Bluetooth 5.3, NFC सपोर्ट
अन्य फिचरहरु (Other Features)डुवल सिम (न्यानो सिम), डुवल स्टेरियो स्पिकर, FM Radio सपोर्ट (हेडफोन आवश्यक), USB Type C, OTG, Glyph Interface

नयाँ ग्लिफ इन्टर्फेस (New Glyph Interface)

Nothing Phone 1 चर्चित हुनुको मुख्य कारण यसको ग्लिफ इन्टर्फेसले गर्दा हो। Nothing Phone 1 फोनको पछाडि रहेको ग्लिफ इन्टर्फेसमा पाँचवटा LED स्ट्रिपहरु (strips) समावेश गरिएको थियो जहाँ अलग-अलग कार्यहरुको लागि यी LED स्ट्रिपहरु अलग-अलग तरिकामा बल्ने गर्दथे। 

Nothing Phone 2 को ग्लिफ इन्टर्फेसमा केहि परिवर्तन भएको छ। Nothing Phone 2 मा ६ वटा LED लाइट स्ट्रिपहरु थपिएका छन् जसकारण यसको लाइटिङ सिस्टममा पनि परिवर्तन भएको छ। यसमा अझै धेरै फङ्सन (function) हरु थपिएका छन्।

Nothing Phone 2 मा १० वटा रिङ्गटोन र नोटिफिकेसन साउन्ड थपिएका छन् भने यस बाहेक ग्लिफ टाइमर (Glyph Timer), ग्लिफ टर्च (Glyph Torch), ग्लिफ प्रोग्रेस (Glyph Progress), चार्जिङ मिटर (Charging Meter) लगायत अन्य थुप्रै फिचरहरु Nothing Phone 2 को ग्लिफ इन्टर्फेसको लागि भनेर थपिएको छ।

nothing phone 2 glyph interface

बिल्ड र डिजाइन (Build and Design)

यस फोनको बिल्डमा परिवर्तन भएको छैन र यसमा पनि तपाईँहरुले अगाडि तथा पछाडिको लागि ग्लास र छेउको लागि लागि एल्युमिनियम (aluminum) फ्रेम भेट्नुहुनेछ। Nothing ले अगाडि झैँ यहाँ इको-फ्रेन्डली (eco-friendly) डिजाइनको प्रयोग गरेको छ जसको लागि यस कम्पनीले रिसाइकल गरिएको एल्युमिनियम फ्रेम र नविकरणीय स्रोतहरु प्रयोग गरेको छ भने यसको बिल्ड १००% प्लास्टिक फ्रि रहेको छ। 

यस फोनको समग्र डिजाइन निकै राम्रो छ। गत वर्षको Nothing Phone 1 को तुलनामा यसको ओभरल डाइमेन्सन पनि ठुलो छ जसकारण यो मोबाइलको ओभरल साइज ठुलो रहेको छ। यस फोनको उँचाइ ८.६ मिलिमिटर रहेको जुन पहिलाको तुलनामा थोरै बढेको छ भने यसको वजन पनि बढेको छ जुन २०१.२ ग्रामको रहेको छ।

अन्य डिजाइन दुवै फोनमा लगभग उस्तै छ। यसको पछाडिको डिजाइन ट्रान्सप्यारेन्ट नै रहेको छ र तपाईँहरुले यहाँ  LED फ्लास सहितको डुवल क्यामेरा सेटप, ११ वटा LED स्ट्रिप र NOTHING ब्रान्डको एउटा लोगो भेट्नुहुनेछ। अगाडिको भागमा तपाईँहरुले पहिलाको जस्तै एउटा पन्च होल डिस्प्ले समावेश भएको पाउनुहुनेछ। तर पन्च होलको स्थान भने यहाँ बिचमा सरेको छ जुन Nothing Phone 1 मा बायाँ छेउमा थियो।

पानी र धुलोको सुरक्षाको लागि यहाँ IP54 पानी तथा धुलो रेजिस्टेन्ट प्रोटेक्सन प्रदान गरिएको छ जुन Nothing Phone 1 को IP53 प्रोटेक्सनको तुलनामा अपग्रेड भएको छ।  

यस फोनको कलर भेरियन्टमा पनि थोरै परिवर्तन भएको छ। Nothing Phone 1 को कालो रङको तुलनामा यहाँ खरानी रङ प्रदान गरिएको छ भने सेतो रङमा पहिला भन्दा थोरै भिन्नता छ। 

nothing phone 2 side look

डिस्प्ले (Display)

यस फोनको डिस्प्लेमा पनि परिवर्तन भएको छ। यहाँ ६.७ इन्चको LTPO सहितको OLED डिस्प्ले प्यानल समावेश गरिएको छ। यस फोनमा LTPO प्रदान गरिएको छ जुन Phone 1 मा थिएन। LTPO ले अवस्था अनुसार रिफ्रेस रेट एड्जस्ट गरी ब्याट्रि लाइफ मेनटेन गर्न सहयोग गर्छ। यस बाहेक तपाईँहरुले स्क्रिनको माथिल्लो भागमा पन्च होल भेट्नुहुनेछ। रेजोल्युसनको कुरा गर्ने हो भने यस डिस्प्लेले FHD+ (2412x1080p) रेजोल्युसन अफर गर्छ।

यस फोनको डिस्प्लेमा 10 bit HDR 10+ पनि समावेश गरिएको छ जस कारण तपाईँहरुले भिडियो र मल्टिमिडियामा राम्रो कलर अनुभव पाउनुहुनेछ। यहाँ १ हर्ट्ज देखि १२० हर्ट्ज सम्मको एड्याप्टिभ स्क्रिन रिफ्रेस रेट रहेको छ भने तपाईँहरुले यहाँ २४० हर्ट्जको टच स्याम्प्लिङ रेट भेट्नुहुनेछ। यस कारण तपाईँहरुले यस फोनमा राम्रो गेमिङ अनुभव प्राप्त गर्नुहुनेछ।

यहाँ तपाईँहरुले १००० निट्स (nits) को आउटडोर फुलस्क्रिन ब्राइटनेस (outdoor fullscreen brightness) पाउनुहुनेछ भने यस फोनको अधिकतम पिक्सल (peak pixel) ब्राइटनेस चाहिँ १६०० निट्ससम्म पनि पुग्छ। यस कारण तपाईँहरुलाई बाहिर घाममा मोबाइल फोन चलाउँदा पनि कुनै अप्ठ्यारो पर्ने छैन।    

nothing phone 2 display

पर्फमेन्स र मेमोरी (Performance and Memory)

Phone 1 को तुलनामा यस फोनमा पर्फमेन्समा पनि अपग्रेड भएको छ। यस फोनमा Qualcomm Snapdragon 8+ Gen 1 चिपसेट समावेश गरिएको छ जुन फ्लाग्सिप फोनहरुमा प्रयोग हुने प्रोसेसर हो र यो धेरै पावरफुल छ। यो चिपसेट ४ न्यानोमिटर (4 nm) फेब्रिकेसन प्रक्रियाबाट तयार पारिएको चिपसेट हो।

यस चिपसेटले ३.० गिगाहर्ट्जमा क्लक गरिएको एउटा Cortex-X2 प्राइम कोर, २.५ गिगाहर्ट्जमा क्लक गरिएको तीनवटा Cortex-A710 कोर र १.८ गिगाहर्ट्जमा क्लक गरिएको तीनवटा Cortex-A510 कोर गरी अक्टा-कोर (octa-core) सिपियु अफर गर्छ। ग्राफिक्सको लागि यहाँ Adreno 730 GPU प्रयोग गरिएको छ। पर्फमेन्स क्षेत्रमा यो फोन Nothing Phone 1 को तुलनामा निकै पावरफुल छ।

processor

अपरेटिङ सिस्टमको लागि यहाँ Android 13 समावेश गरिएको छ र यसलाई Nothing OS 2 युजर इन्टरफेसले सपोर्ट गरेको छ। यस फोनमा तपाईँरुले ३ वर्षको एन्ड्रोइड अपडेट र ४ वर्षको सेक्युरिटि अपडेट पनि पाउनुहुनेछ। 

मेमोरीको लागि यहाँ तपाईँहरुले ८/१२ जिबि LPDDR5 RAM र १२८/२५६/५१२ जिबि इन्टर्नल मेमोरी भेट्न सक्नुहुनेछ। यहाँ छुट्टै मेमोरी कार्ड स्लट भने छैन। त्यसैले यस फोनमा मेमोरी बढाउन सकिँदैन। 

क्यामेरा (Camera)

यहाँ क्यामेरा क्षेत्रमा पनि परिवर्तन भएको छ, छुट्याउनै पर्दा फ्रन्ट क्यामेरामा। ब्याक क्यामेराको लागि यहाँ तपाईँहरुले अगाडि झैँ डुवल क्यामेरा सेटप पाउनुहुनेछ। यसमा तपाईँहरुले OIS/EIS इमेज स्टेबलाइजेसन र f/1.८८ सहितको ५० मेगापिक्सलको Sony IMX890 सेन्सर भएको मेन क्यामेरा पाउनुहुनेछ भने f/2.2, FOV र म्याक्रो सपोर्ट 114 सहितको ५० मेगापिक्सलको अल्ट्रा-वाइड क्यामेरा पाउनुहुनेछ।  

फ्रन्ट क्यामेराको लागि भने यहाँ तपाईँहरुले f/2.45 सहितको ३२ मेगापिक्सलको एउटा सेल्फि क्यामेरा पाउनुहुनेछ। खासमा भन्नु पर्दा यहाँ ब्याक क्यामेराको लागि पनि एउटा सानो बदलाव रहेको छ जुन यसको मेन क्यामेराको Sony IMX890 सेन्सर हो। 

भिडियो रेकर्डिङको कुरा गर्ने हो भने तापईँहरुले यस मोबाइलको ब्याक क्यामेराबाट 60fps सम्मको 4K भिडियो रेकर्डिङ गर्न सक्नुहुनेछ भने फ्रन्ट क्यामेराबाट चाहिँ 1080p रेजोल्युसनमा 60fps सम्मको भिडियो रेकर्डिङ गर्न सक्नुहुनेछ।

nothing phone 2 camera module

ब्याट्रि र चार्जिङ (Battery and Charging)

ब्याट्रिको क्षेत्रमा पनि यहाँ परिवर्तन भएको छ। Nothing Phone 1 मा समावेश गरिएको 4500mAh ब्याट्रिको तुलनामा यस फोनमा 4700mAh ब्याट्रि समावेश गरिएको छ। उक्त ब्याट्रि चार्ज गर्न यहाँ ४५ वाटको Type-C वायर्ड चार्जिङ, १५ वाटको डुवल चार्जिङ सपोर्ट सहितको वायरलेस चार्जिङ र ५ वाटको रिभर्स चार्जिङ सपोर्ट प्रदान गरिएको छ।  

अन्य स्पेसिफिकेसन (Other Specifications)

अडियोको कुरा गर्ने हो भने यहाँ अडियो इन्पुट (audio input) को लागि तीनवटा माइक समावेश गरिएको छ भने अडियो आउटपुट (audio output) को लागि यहाँ डुवल स्टेरियो स्पिकर समावेश गरिएको छ। इयरफोन जडान गर्न यहाँ ३.५ मिलिमिटरको हेडफोन ज्याक भने छैन।

सिम कार्डको लागि यहाँ तपाईँहरुले दुईवटा न्यानो सिम (nano sim) कार्ड स्लट पाउनुहुनेछ। कनेक्टिभिटिको लागि यहाँ तपाईँहरुले 5G नेटवर्क कनेक्सन सपोर्ट, डुवल ब्यान्ड Wi-Fi 6 सपोर्ट, Bluetooth 5.3, NFC सपोर्ट पाउनुहुनेछ।

मूल्य र उपलब्धता (Price and Availability)

सबै स्पेसिफिकेसनहरु अपग्रेड भएपछि यो फोनको मूल्य बढ्नु पनि स्वभाविक नै हो। भारतमा यस फोनको ८ जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरी भएको तल्लो भेरियन्टको मूल्य ४४,९९९ भारु भनेर अंकित गरिएको छ भने यो भन्दा माथिल्ला भेरियन्टहरु सोहि अनुरुप महँगा रहेका छन्। 

नेपालमा यस फोनको तल्लो भेरियन्टको मूल्य रु. ७९,९९९ को सेरोफेरोमा हुन्छ भन्ने अपेक्षा गरिएको छ।

मोबाइल भेरियन्ट (Mobile Variant)नेपालमा अपेक्षित मूल्य (Expected Price in Nepal)
८ जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरीरु. ७९,९९९
१२ जिबि RAM र २५६ जिबि इन्टर्नल मेमोरीरु. ८६,९९९
१२ जिबि RAM र ५१२ जिबि इन्टर्नल मेमोरीरु. ९४,९९९

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.