OnePlus Nord 3 5G नेपालमा प्रि-बुकिङका लागि उपलब्ध

oneplus nord 3 5g nepal

जुलाई ५, २०२३ मा अन्तर्राष्ट्रिय मार्केटमा रिलिज घोषणा गरिएको OnePlus Nord 3 5G फोन हाल नेपालमा पनि प्रि-बुकिङको लागि उपलब्ध भएको छ। यो मोबाइल फोन करिब दुई वर्ष अगाडि जुलाई २८, २०२१ मा रिलिज भएको OnePlus ब्रान्डको OnePlus Nord 2 5G मोबाइल फोनको उत्तराधिकारी (successor) हो।

नेपालमा OnePlus ब्रान्डका मोबाइल फोनहरु निकै नै चर्चित छन् जस कारण अन्तर्राष्ट्रिय रिलिज घोषणा लगतै नेपालमा पनि प्रि-अर्डर बुकिङको लागि उपलब्ध भएको छ। यस फोनले Nord सिरिज मध्येमा सबैभन्दा राम्रो फोन बन्न सक्ने विशेषताहरु बोकेको छ। यस आर्टिकलमा यस फोनको विशेषताहरु, मुल्य र उपलब्धताको बारेमा जानकारी दिइएको छ।

मोबाइलमा रूचि राख्नुहुन्छ? यो पनि पढ्नुहोस्ः

OnePlus Nord 3 5G फोनको मुख्य हाइलाइटहरु

  • Mediatek 9000 प्रोसेसर
  • ब्लोटवेयर एप (Bloatware apps) छैनन्
  • उत्कृष्ट डिजाइन तथा डिस्प्ले 
  • IR Blaster सेन्सर
  • ३ वर्षे एन्ड्रोइड अपडेट र ४ वर्षे सेक्युरिटि अपडेट 
  • जुलाई ७ देखि जुलाई १० सम्मको प्रि-बुकिङ अफर

OnePlus Nord 3 5G को विशेषताहरु

डिमेन्सन र वजन (Dimension and Weight)१६२.६ x ७५.१ x ८.१५ मिलिमिटर, १९३.५ ग्राम
डिस्प्ले (Display)६.७४ इन्च Super Fluid AMOLED पन्च होल डिस्प्ले, 1.5K (2772x1240p) रेजोल्युसन, HDR 10+ सपोर्ट, ४० – १२० हर्ट्ज डाइनेमिक रिफ्रेस रेट, १४४० निट्स (1440 nits) अधिकतम ब्राइटनेस, Dragontrail Glass फ्रन्ट प्रोटेक्सन 
प्रोसेसर (Processor)Mediatek Dimensity 9000 (4 nm)
सिपियु र जिपियु (CPU and GPU)Octa-core@3.05 GHz CPU, Mali-G710 MC10
ओएस र युआई (OS and UI)Android 13, Oxygen OS 13.1
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप (OIS/EIS सपोर्ट सहितको 50 MP f/1.8 Sony IMX890 मेन क्यामेरा, 8 MP f/2.2 FOV 112अल्ट्रावाइड (Ultrawide) क्यामेरा, 2 MP म्याक्रो (Macro) क्यामेरा), LED फ्लास
फ्रन्ट क्यामेरा (Front Camera)16 MP f/2.4 फ्रन्ट क्यामेरा, EIS सपोर्ट
मेमोरी र स्टोरेज (Memory and Storage)८/१६ जिबि RAM र १२८/२५६ जिबि इन्टर्नल मेमोरी (स्टोरेज बढाउन नसकिने)
UFS 3.1 स्टोरेज 
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000mAh ब्याट्रि, ८० वाट SUPERVOOC चार्जर
अन्य फिचरहरु (Other Features)डुवल सिम (न्यानो सिम), 5G मोबाइल नेटवर्क कनेक्टिभिटि, WiFi-6 (802.11ax), Bluetooth 5.3, NFC, अन्डर डिस्प्ले (under display) अप्टिकल फिङ्गरप्रिन्ट रिडर, स्टेरियो स्पिकर, Dolby Atmos अडियो, नोइज क्यान्सिलेसन (Noise Cancellation) सपोर्ट, Gorilla Glass 5 ब्याक प्रोटेक्सन, IP54 धुलो तथा स्प्लास रेजिस्टेन्ट

बिल्ड र डिजाइन (Build and Design)

यस फोनको डिजाइन निकै नै आकर्षक रहेको छ। यस मोबाइल फोनको समग्र बिल्ड क्वालिटिको कुरा गर्ने हो भने यसको अगाडिको भागमा ग्लास प्रोटेक्सन, छेउको लागि प्लास्टिक फ्रेम र पछाडिको भागमा पनि ग्लास प्रोटेक्सन समावेश गरिएको छ। अगाडिको लागि यहाँ Dragontrail Glass को प्रोटेक्सन दिइएको छ र पछाडिको लागि Gorilla Glass 5 को प्रोटेक्सन दिइएको छ।

यस फोनमा ओभरल प्रोटेक्सनको लागि तपाईँहरुले धुलो र पानीको प्रोटेक्सनको लागि IP54 सर्टिफिकेसन पनि पाउनुहुनेछ। हालाकि यो फ्लागसिप फोनहरुमा पाइने वाटरप्रुफ प्रोटेक्सन नभएतापनि यसले तपाईँहरुको स्क्रिनलाई केहि हदसम्म धुलो र पानीको छिटाबाट सुरक्षित राख्छ।

यहाँ अगाडिको भागमा पन्च होल स्क्रिन डिस्प्ले रहेको छ भने पछाडिको भागमा OnePlus ब्नान्डको लोगो सहित दुईवटा क्यामेरा रिङ्ग (ring) समावेश गरिएको छ। माथिल्लो क्यामेरा रिङ्गमा एउटा क्यामेरा रहेको छ भने तल्लो क्यामेरा रिङ्ग भित्र दुईवटा क्यामराहरु रहेका छन्। अर्थात् यहाँ तीनवटा क्यामेराको लागि दुईवटा क्यामेरा रिङ्गहरु उपलब्ध रहेका छन्।

यस मोबाइल फोनको लागि दुईवटा कलर भेरियन्टहरु उपलब्ध रहेका छन् जसलाई OnePlus ले मिस्टि ग्रीन (Misty Green) र टेम्पेस्ट ग्रे (Tempest Grey) भनेर नाम दिएको छ। दुईवटै कलर भेरियन्टका मोबाइल निकै आकर्षक देखिन्छन्। 

design

डिस्प्ले (Display)

यस मोबाइलको डिस्प्ले पनि यसको राम्रो पक्षमा पर्छ। यस मोबाइलमा ६.७४ इन्चको Super Fluid AMOLED डिस्प्ले प्यानल समावेश गरिएको छ। यो निकै ठुलो डिस्प्ले हो र यस डिस्प्लेले 1.5K रेजोल्युसन अफर गर्छ। अर्को कुरा भनेको तपाईँहरुले यस मोबाइल फोनमा १४४० निट्स सम्मको अधिकतम ब्राइटनेस पाउनुहुनेछ जसकारण डाइरेक्ट घाममा पनि तपाईँहरुले यो मोबाइललाई सरल रुपमा प्रयोग गर्न सक्नुहुनेछ।

यस मोबाइलको स्क्रिन-टु-बडि रेसियो (screen-to-body ratio) ९३.५% रहेको छ। अर्थात् यस फोनले झन्डै स्क्रिन भरिको डिस्प्ले ओगटेको छ। यस कारणले यस मोबाइल फोनको साइड बेजल (side bezels) निकै पातला छन्।

यसको साथै तपाईँहरुले यहाँ HDR 10+ डिस्प्ले सपोर्ट पाउनुहुनेछ जुनले भिडियो र मल्टिमिडियाको कन्टेन्टको लागि राम्रो अनुभव प्रदान गर्छ र यसको बेजलहरु पातला हुने हुँदा तपाईँहरुले यहाँ स्क्रिन भरिको भिडियो डिस्प्ले पाउनुहुनेछ।

यस मोबाइल फोनले १२० हर्ट्जसम्मको स्क्रिन रिफ्रेस रेट र १००० हर्ट्ज सम्मको टच रेस्पोन्स रेट (Touch Response Rate) अफर गर्दछ जसले गर्दा तपाईँहरुले धेरै राम्रो गेमिङ अनुभव प्राप्त गर्नुहुनेछ र गेम प्लेको बेलामा कुनै फ्रेम ल्याग नभएको महसुस गरी गेमिङको अनुभव लिन सक्नुहुनेछ।   

display 

पर्फमेन्स र मेमोरी (Performance and Memory)

यस मोबाइल फोनको सबैभन्दा राम्रो पक्षमा यस फोनको पर्फमेन्सलाई लिन सकिन्छ। यस फोनमा तपाईँहरुले प्रोसेसरको लागि MediaTek Dimensity 9000 चिपसेट समावेश भएको पाउनुहुनेछ। यो चिपसेट एउटा फ्लागसिप लेभलको फोनमा प्रयोग हुने चिपसेट हुनाले यो यस फोनको सबैभन्दा उत्कृष्ट फिचर मान्न सकिन्छ। तुलनाको लागि यो प्रोसेसर Qualcomm Snapdragon 8‌+ Gen 1 प्रोसेसर भन्दा पनि पावरफुल छ।   

यो चिपसेट ४ न्यानोमिटर (4 nm) फेब्रिकेसन प्रक्रियाबाट तयार पारिएको चिपसेट हो। यस चिपसेटले ३.०५ गिगाहर्ट्जमा क्लक गरिएको एउटा Cortex-X2 अल्ट्रा-कोर, तीनवटा २.८५ गिगाहर्ट्जमा क्लक गरिएको Cortex-A710 सुपर-कोर र चारवटा Cortex-A510 एफिसियन्सि कोर गरी जम्मा ८ वटा कोर अर्थात् अक्टा कोर सिपियु प्रदान गर्छ। जिपियुको लागि यहाँ Mali-G710 MC10 GPU समावेश गरिएको छ।

performance

अपरेटिङ सिस्टमको लागि यहाँ Android 13 पाउन सकिन्छ भने यसलाई OxygenOS 13.1 युजर इन्टरफेसले सपोर्ट गरेको छ। यस फोनमा तपाईँहरुले ३ वर्षको एन्ड्रोइड अपडेट र ४ वर्षको सेक्युरिटि अपडेट पनि प्राप्त गर्नुहुनेछ।

मेमोरीको लागि यहाँ तपाईँहरुले ८/16 जिबि LPDDR5x RAM र १२८/२५६ जिबि इन्टर्नल स्टोरेज भेट्न सक्नुहुनेछ। स्टोरेजको लागि तपाईँहरुले यहाँ थप UFS 3.1 स्टोरेज सिस्टम भेट्नुहुनेछ जुन डाटा स्टोर गर्न र रिट्रिभ (retrieve) गर्न निकै छिटो छ। यहाँको LPDDR5x RAM ले 7500 Mbps को सपोर्ट पाउनेहुँदा यो अन्य LPDDR5 RAM को तुलनामा २०% बढी पावर एफेसियन्ट (power efficient) छ।

एक्सटर्नल मेमोरी कार्डको लागि यहाँ कार्ड स्लट उपलब्ध रहेको छैन जस कारण तपाईँहरुले यस फोनमा मेमोरी बढाउन सक्नुहुनेछैन।

क्यामेरा (Camera)

यहाँ तपाईँहरुले ब्याक क्यामेराको लागि तीनवटा क्यामेरा पाउनुहुनेछ। यी क्यामेराहरु ५० मेगापिक्सलको f/1.8 सहितको मेन क्यामेरा, ८ मेगापिक्सलको f/2.2 र FOV 1120 सहितको अल्ट्रा-वाइड क्यामेरा र २ मेगापिक्सलको म्याक्रो क्यामेरा गरी तीनवटा क्यामेराहरु रहेका छन्। यति बाहेक तपाईँहरुले यहाँ १६ मेगापिक्सलको f/2.4 सहितको फ्रन्ट क्यामेरा पनि पाउनुहुनेछ।

मेन क्यामेराको लागि यहाँ तपाईँहरुले OIS र EIS सपोर्ट पाउनुहुनेछ जसले इमेज र भिडियो स्टेबलाइज (stabilize) गर्न मद्दत पुर्याउँछ। भिडियो रेकर्डिङको कुरा गर्दा तापईँहरुले यस मोबाइलको ब्याक क्यामेराबाट 30fps/60fps सम्मको 4K भिडियो रेकर्डिङ गर्न सक्नुहुनेछ भने फ्रन्ट क्यामेराबाट चाहिँ अधिकतम रुपमा 1080p रेजोल्युसनमा 30fps सम्मको भिडियो रेकर्डिङ गर्न सकिन्छ ।

खासमा भन्नु पर्दा यस मोबाइलको क्यामेरा सेग्मेन्ट यसको नकारात्मक पक्षमा पर्दछ। स्पेसिफिकेसनकै तुलनामा पनि यस फोनको क्यामेरा पर्फमेन्स त्यति स्तरिय छैन। मुख्यतया त यसको अल्ट्रावाइड क्यामेरा जुन निकै नराम्रो छ।      

back camera

ब्याट्रि र अन्य स्पेसिफिकेसन (Battery and Other Specifications)

ब्याट्रिको लागि यहाँ 5000 mAh को ब्याट्रि समावेश गरिएको छ। यस कारण ब्याट्रि चाँडो सकिने सोच नराखी तपाईँहरुले मोबाइल प्रयोग गर्न सक्नुहुनेछ। उक्त ब्याट्रि चार्ज गर्न भने यहाँ ८० वाटको वायर्ड चार्जर समावेश गरिएको छ।

अडियोको कुरा गर्ने हो भने यहाँ तपाईँहरुले Dolby Atmos अडियो सपोर्ट सहितको स्टेरियो स्पिकर समावेश भएको पाउनुहुनेछ तर यहाँ हेडफोन ज्याक भने उपलब्ध छैन।

सिम कार्डको लागि यहाँ तपाईँहरुले दुईवटा न्यानो सिम (nano sim) कार्ड स्लट पाउनुहुनेछ भने यहाँ एक्सटर्नल मेमोरी कार्डको लागि छुट्टै मेमोरी कार्ड स्लट उपलब्ध छैन। कनेक्टिभिटिको लागि यहाँ तपाईँहरुले 5G नेटवर्क कनेक्सन सपोर्ट पाउनुहुनेछ भने अन्य वायरलेस कनेक्टिभिटि र पोर्टहरुको लागि तपाईँहरुले यहाँ Wi-Fi 6 (802.11ax) , Bluetooth 5.3, USB Type-C चार्जिङ पोर्ट, OTG, आदि उपलब्ध भएको पाउनुहुनेछ। 

यहाँ तपाईँहरुले Rear Color Temperature र Infrared Blaster जस्ता नौला सेन्सरहरु पाउनुहुनेछ। यस फोनमा रहेको अर्को आश्चर्यजनक कुरा के भने तपाईँहरुले यहाँ Infrared Blaster पाउनुहुनेछ जुन प्रायजसो Redmi ब्रान्डका मोबाइलहरुमा देखिन्छ। यो सेन्सरको प्रयोगमा तपाईँहरुले आफ्नो मोबाइल फोनलाई टिभि रिमोटको रुपमा पनि प्रयोग गर्न सक्नुहुनेछ।

मुल्य र उपलब्धता (Price and Availability)

यस फोनको प्रि-अर्डर बुकिङ नेपालमा जुलाई १० सम्ममा मात्र उपलब्ध रहेको छ। त्यसैले ढिला नगरी यो मोबाइल फोन अर्डर गर्दा यस मोबाइलमा तपाईँहरुले केहि छुट प्राप्त गर्न सक्नुहुनेछ। हाल तपाईँहरुले दराज एपमा मात्र यस मोबाइलको प्रि-अर्डर डिल भेट्नसक्नुहुनेछ भने जुलाई १० देखि हुकुट (Hukut) तथा अन्य स्टोरले पनि यस मोबाइल फोन विक्रि गर्ने छन्।

नेपालमा OnePlus Nord 3 मोबाइल फोनको ८ जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरी भेरियन्टको मुल्य रु. ६९,९९९ भनेर अंकित गरिएको छ भने यस मोबाइल फोनको १६ जिबि RAM र २५६ जिबि इन्टर्नल मेमोरी भेरियन्टको मुल्य रु. ७४,९९९ भनेर अंकित गरिएको छ।

मोबाइल भेरियन्ट (Mobile Variant)मुल्य (Price)
८ जिबि RAM र १२८ जिबि स्टोरेजरु. ६९,९९९
१६ जिबि RAM र २५६ जिबि स्टोरेजरु. ७४,९९९ 

अन्त्यमा,

OnePlus को Nord सिरिजमा यो सबैभन्दा राम्रो फोन हो। तर यो कुरा Nord सिरिजमा मात्र सिमित छैन। यो फोनलाई मिडरेन्ज सेग्मेन्टका फोनहरुमा तुलना गर्ने हो भने पनि यो निकै नै राम्रो फोनको रुपमा ठहरिन्छ जसको एउटा मात्र सानो कम्प्रमाइज (compromise) भनेको क्यामेरा पर्फमेन्समा देखिन्छ।

तर यस मोबाइलको लागि यति धेरै पैसा खर्च गर्न उचित होला त? यो प्रश्न धेरैको मनमा लाग्न सक्छ तर यसको डिजाइन, डिस्प्ले र पर्फेमेन्सको कुरालाई हेर्ने हो भने मात्र पनि यो फोन फ्लागसिप लेभलका फोनहरुसँग तुलनात्मक रहेको छ जस कारण यस फोनको मुल्य जायज देखिन्छ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.