वनप्लस प्याड गो: “मिडियाटेक हेलियो जी९९ प्रोसेसर भएको वनप्लसको नयाँ बजेट ट्याब्लेट सार्वजनिक”

OnePlus Pad Go Price in Nepal

वनप्लसले भर्खरै आफ्नो मिड रेन्ज ट्याब्लेट “वनप्लस प्याड” लन्च गरेसंगै अन्ततः आफ्नो नयाँ बजेट ट्याब्लेट “वनप्लस प्याड गो” पनि सार्वजनिक गरेको छ। यस लेखमा भने हामी वनप्लस प्याड गो को सम्पूर्ण विशेषता, डिस्प्ले डिजाइन, पर्फमेन्स, लगायत नेपालमा पर्न सक्ने मुल्यको (OnePlus Pad Go Price in Nepal) बारेमा बताउने छौँ। 

‘वनप्लस प्याड गो’ बिस्तृतमा

‘वनप्लस प्याड गो को डिजाइनबाट सुरु गर्नु पर्दा, यसको डिजाइन हेर्दा वनप्लस प्याड सँग मिल्दोजुल्दो देखिन्छ भने यो एउटा मात्र कलर अपसनमा उपलब्ध छ, ट्विन मिन्ट । यस्तै डिस्प्लेमा २४०८ x १७२० पिक्सल रेजुलेशनको साथ ११.३५ इन्चको एलसीडी प्यानल र ९० हर्ज़ रिफ्रेस रेट दिएको छ। साथै ट्याब्लेटमा १८० हर्ज़को टच सैंपलिंग रेट, ८६.४० % स्क्रीन-टू-बॉडी रेसियो, र ४०० निट्सको ब्राइटनेस जस्ता फिचरहरुका साथ आँखाको तनाव कम गर्नको लागि TUV राईनल्याण्ड सर्टिफिकेट लो ब्लु लाईट  टेक्नोलोजी समावेश भएको छ। 

यस्तै यो ट्याब्लेटलाई मीडियाटेकको हेलियो जी९९ चिपसेटद्वारा पावर गरिएको छ। ६ एनएम आर्किटेक्चरमा आधारित यो ४जि सिलिकनले २.२ गिगाहर्ट्जमा क्लक गरिएको दुइवटा काेर्टेक्स-ए७६ कोर र २.० गिगाहर्ट्जमा क्लक गरिएको छ वटा कोर्टेक्s-ए५५ कोरहरू अफर गर्दछ। यससंगै मेमोरीमा भने यहाँ ८ जीबी को LPDDR4X र्याम र २५६ जीबी सम्मको UFS 2.2 स्टोरेज दिएको छ। त्यसैगरि, ट्याब्लेटमा तपाइले अपरेटिङ सिस्टममा एन्ड्रोइड १३ र युजर इन्टरफेसमा अक्सिजन ओएस १३.२ पाउनु हुन्छ। 

अब यसको क्यामेराको कुरा गर्दा, यहाँ पछाडी EIS स्टेविलाईजेसन भएको ८ मेगापिक्सलको रियर क्यामेरा र अगाडी ८ मेगपिक्सलको फ्रन्ट क्यामेरा दिएको छ र यी दुवै क्यामेराहरुले ३०fps मा १०८० पी सम्मको भिडियो रेकर्ड सपोर्ट गर्दछ । यससंगै ब्याट्रिमा भने ३३वाट वायर्ड चार्जिङ सपोर्ट भएको ८०००mAh को ठुलो ब्याट्रि जडान भएको छ। यसबाहेक ट्याब्लेटमा तपाइले वाईफाइ ५, ब्लुटुथ ५.२, यूएसबी २.० टाइप-सी, फेस अनलक जस्ता टन्नै अरु फिचरहरुसंगै डल्बी एटमस ट्युनिङको साथ क्वाड-स्पीकर सेटअप पनि पाउनु हुन्छ। 

‘वनप्लस प्याड गो’ को बिशेषता:

डिस्प्ले (Display)११.३५ इन्च एलसीडी प्यानल, ९० हर्ज़ रिफ्रेस रेट, ४०० निट्स ब्राइटनेस
रिजोल्युसन(Resolution)२४०८ x १७२० पिक्सल, ~२६० पीपीआइ डेनसिटि
प्रोसेसर (Processor)मीडियाटेक हेलियो जी९९ (६ एनएम) 
जिपियु (GPU)Mali-G57 MC2 
ओएस र युआई (OS and UI)एनड्रोइड १३ (OxygenOS 13.2)
क्यामेरा (Camera)८ मेगापिक्सल
फ्रन्ट क्यामेरा (Front Camera)८ मेगापिक्सल
मेमोरी र स्टोरेज (Memory and Storage)८ जीबी र्याम, १२८/२५६ जीबी स्टोरेज
फिचर (Features)वाइफाइ ५, ब्लुटुथ ५.२, यूएसबी २.० टाइप-सी
ब्याट्रि र चार्जिङ (Battery and Charging)८,०००mAh ब्याट्रि, ३३वाट वायर्ड चार्जिङ 
कलर अपशन (Color Options)ट्विन मिन्ट

मूल्य र उपलब्धता (OnePlus Pad Go Price in Nepal and Availability)

वनप्लस प्याड गो को वाईफाइ भर्जन, ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको यो भेरियन्टको मूल्य भारतमा ₹ १९,९९९ रहेको छ। यहि भेरियन्टको मूल्य नेपालमा रु ३६,९९९ हुन्न सक्ने अनुमान गर्न सकिन्छ। 

वनप्लस प्याड गोभारतमा मूल्य (आधिकारिक)नेपालमा अपेक्षित मुल्य (Expected OnePlus Pad Go Price in Nepal)
८/१२८ जीबी (वाइफाइ)₹ १९,९९९रु ३६,९९९
८/१२८ जीबी (सेलुलर)₹ २१,९९९ रु ३९,९९९
८/२५६ जीबी (सेलुलर)₹ २३,९९९ रु ४४,९९९

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.