अब अनलाइनबाटै जन्म दर्तालाई एप्लाइ गर्न सकिने!!!

birth certifiacte nepal

नेपालमा जन्मे देखिको समयबाट जन्म दर्ता सर्टिफिकेट देखि १८ वर्षमा नागरिकता, विवाह पुष्टिको लागि वैवाहिक सर्टिफिकेसेट (Marriage Certificate), बसाईँ सरेको खण्डमा बसाईँ सराइ सर्टिफिकेट लगायत अन्य महत्त्वपूर्ण सर्टिफिकेटहरु समय अनुसार तयार पार्नुपर्छ।

यसमा सबैभन्दा महत्त्वपूर्ण भनेको नागरिकाता नै हुन जान्छ किनकी धेरै कामहरुमा अन्य सर्टिफिकेटहरु या अन्य डक्युमेन्ट आवश्यक नभएतापनि नागरिकताको आवश्यकता परिरहेको हुन्छ। तर नागरिकता १८ वर्ष पछि मात्र तयार पार्न पाइने हुनाले नागरिकताको साटोमा जन्मदर्ता सर्टिफिकेटको पनि उति नै आवश्यक हुन्छ।

तर जन्मदर्ता सर्टिफिकेट तयार पार्ने वडा कार्यलय नै धाउनु पर्ने र स्थाई ठेगानामा गएर नै जन्म दर्ता गराउनुपर्ने कुरा अहिलेको समय र परिस्थिति अनुसार निकै नराम्रो कुरा हो। 

यो समस्यालाई केहि सहज बनाउँदै नेपाल सरकारले अन्य धेरै सरकारी कार्यहरु डिजिटल माध्यम तिर सारे जस्तै अब जन्म दर्तालाई पनि डिजिटल माध्यमबाट एप्लाइ गर्न सकिने बनाएको छ। अर्थात् अब देखि जन्म दर्तालाई पनि अनलाइन माध्यमबाट एप्लाइ गर्न सकिन्छ।  

यद्यपी जन्म दर्ता सर्टिफिकेट लिन चाहिँ तपाईँहरु सम्बन्धीत वडा कार्यालय नै जानु पर्ने हुन्छ। तापनि नेपाल सरकारले चलाएको यो कदमलाई राम्रो ठान्नुपर्छ। भविष्यमा जन्म दर्ता सर्टिफिकेट पनि अनलाइनबाटै लिन सकिने दिन नआउला पनि भन्न सकिँदैन।

यहि विषयको सेरोफेरोमा रही यस आर्टिकलमा अनलाइनबाट जन्म दर्ताको लागि कसरी एप्लाई गर्न सकिन्छ भन्ने कुराको जानकारी दिइएको छ।

अनलाइनबाट जन्म दर्ताको लागि कसरी एप्लाइ गर्ने?

अनलाइनबाट जन्म दर्ताको लागि एप्लाइ गर्न निम्नलिखित स्टेपहरु हेर्नुहोस्ः

१) नेपाल सरकारले अनलाइन घटना दर्ता प्रणालीको लागि तयार पारेको वेबसाइटमा जानुहोस्।

२) यस वेबसाइटको होम पेजमा तपाईँहरुले घटना दर्ताको लागि यहाँ थिच्नुहोस् (Click here to register) लेखिएको देख्नुहुनेछ। यसमा क्लिक गर्नुहोस्।

ghatna darta pranali

३) यहाँबाट तपाईँहरु गृह मन्त्रालयको राष्ट्रिय परिचय र नागरिक दर्ता विभागको पेजमा पुग्नुहुनेछ। यहाँ तपाईँहरुले एउटा बक्सा भित्र व्यक्तिगत दर्ता फारम लेखिएको देख्नुहुनेछ। 

यो बक्सामा तपाईँहरुले तपाईँले यो फारम के को लागि भर्दै हुनुहुन्छ?लेखिएको दायाँ तिर हेर्नुभयो भने —फारम दर्ता प्रयोजन लेखिएको एउटा ड्रपडाउन बक्स देख्नुहुनेछ। यस ड्रपडाउन बक्समा क्लिक गर्नुहोस् र यहाँबाट जन्म दर्ता सेलेक्ट गर्नुहोस्।

personal identity form

४) यति गर्नुभएपछि तपाईँहरुले व्यक्तिगत परिचय फाराम लेखिएको ठाउँको तल व्यक्तिगत विवरण लेखिएको एउटा फर्म देख्नुहुनेछ। यो फर्म भर्नुहोस्। फर्म भर्दा रातो रङले अंकित गरिएका बक्साहरु अनिवार्य रुपमा भर्नुपर्ने हुन्छ। 

form fill up

५) पूरा फर्म भर्नुभएपछि फर्मको तल रहेको Submit बटनमा क्लिक गर्नुहोस्।

form submit

६) पेश सफल भएपछि तपाईँहरुको मोबाइलमा एउटा टोकन नम्बरको मेसेज आउनेछ। उक्त टोकन नम्बर लिई ३५ दिन भित्रमा तपाईँहरु सम्बन्धित वडा कार्यलयमा जानुपर्ने हुन्छ।

यति गर्नुभएपछि तपाईँहरुले अनलाइनबाटै जन्म दर्ताको लागि एप्लाई गर्न सक्नुहुन्छ।

फर्मको विवरण

माथिको पाचौँ स्टेपमा लेखिएझैँ तपाईँहरुले यहाँ फर्म भरेर त्यसलाई पेश गर्नुपर्ने हुन्छ। यहाँ तपाईँहरुको सरलताको लागि फर्ममा के-कस्ता विवरणहरु भर्नुपर्ने हुन्छ भन्ने कुराको जानकारी दिइएको छ। ती विवरणहरु यस्ता रहेका छन्।

व्यक्तिगत विवरण

personal information

फर्मको सबैभन्दा माथि तपाईँहरुले व्यक्तिगत विवरण लेखिएको देख्नुहुनेछ। यहाँ तपाईँहरुले जन्म दर्ता बनाउनुपर्ने शिशुको विवरण दिनुपर्ने हुन्छ। 

यहाँ तपाईँहरुले शिशुको नाम, जन्म मिति, जन्मेको स्थान (घर, अस्पताल या संस्थान), जन्म सहयोगी (डाक्टर, नर्स, स्वास्थ्य कर्मी र अरु), लिङ्ग, जाती, जन्म प्रकार (एकल, जुम्ल्याहा या अन्य), शिशुको वजन, अपाङ्ग हो या हैन जस्ता विवरणहरु भर्नुपर्ने हुन्छ।

शिशु अपाङ्ग भएको खण्डमा तपाईँहरुले Is Handicapped लेखिएको तल रहेको चेकबक्समा क्लिक गरी त्यसलाई सेलेक्ट गर्नुपर्ने हुन्छ।

शिशुको जन्म ठेगानाको विवरण (Birth Address)

birth address

व्यक्तिगत विवरण पछि तपाईँहरुले शिशुको जन्मेको ठाउँको विवरण दिनुपर्ने हुन्छ। यहाँ तपाईँहरुले शिशु जन्मिएको ठाउँ, जिल्ला, नगरपालिका या गाविस र वडा नम्बरको जानकारी दिनुपर्ने हुन्छ।

शिशु विदेशमा जन्मिएको खण्डमा तपाईँहरुले यहाँ शिशु जन्मेको ठेगानाको सिधा दायाँ तिर Is Foreign लेखिएको देख्नुहुनेछ। Is Foreign लेखिएको साइडमा रहेको चेकबक्समा क्लिक गर्नुभयो भने तपाईँहरुले नयाँ विवरणको जानकारी दिनुपर्ने हुन्छ जुनमा देशको नाम र ठेगानाको विवरण दिनुपर्ने हुन्छ।

आमाबाबुको विवरण (Parent’s Details)

parents details

फर्मको यो सेक्सनमा तपाईँहरुले अहिले सम्म जन्मेका बच्चाको संख्या, अहिले जिवित रहेका बच्चाको संख्या, विवाह रेजिस्ट्रेसन नम्बर र विवाह मिति जस्ता विवरणहरु भर्नुपर्ने हुन्छ।

हजुरबुबाको विवरण (Grandfather’s Details)

grandfather details

यस पछाडि तपाईँहरुले फर्ममा Grandfather सेक्सन देख्नुहुनेछ। यहाँ तपाईँहरुले हजुरबुबाको नामको विवरण सहित नागरिकताको विवरण दिनुपर्ने हुन्छ जस अन्तर्गत नागरिकता नम्बर, जारी मिति र जारी गरिएको जिल्ला पर्छ।

यहाँ पनि हजुरबुबा विदेशको नागरिक हुनुहुन्छ भने Is Foreign को छेउमा उपस्थित चेकबक्सलाई सेलेक्ट गरी देशको नामको विवरण भर्नुपर्ने हुन्छ।

बुबाको व्यक्तिगत विवरण (Father’s Details)

father details

हजुरबुबाको विवरण पछि तपाईँहरुले Father सेक्सन देख्नुहुनेछ। यहाँ तपाईँहरुले बुबाको नाम, जन्म मिति, देश, शिक्षा, पेशा, धर्म, मातृ भाषा जस्ता विवरण सहित नागरिकताको विवरण दिनुपर्ने हुन्छ। बुबा नेपाली नागरिक नै हुनुहुन्छ भने स्थाई ठेगानाको विवरण पनि दिनुपर्ने हुन्छ। 

बुबा यदि वैदेशिक नागरिक हुनुहुन्छ भने Is Foreign को छेउमा रहेको चेकबक्स सेलेक्ट गरेर देश, पासपोर्ट नम्बर र नेपालको ठेगानाको विवरण दिनुपर्ने हुन्छ।

आमाको व्यक्तिगत विवरण (Mother’s Details) 

mother details

बुबाको विवरण पछि तपाईँहरुले फर्ममा Mother सेक्सन देख्न सकिन्छ। यस सेक्सनमा तपाईँहरुले बुबाको विवरण जस्तै आमाको नाम, जन्म मिति, देश, शिक्षा, पेशा, धर्म, मातृ भाषा जस्ता विवरण सहित नागरिकताको विवरण दिनुपर्ने हुन्छ। त्यसै गरी आमा नेपाली नागरिक नै हुनुहुन्छ भने स्थाई ठेगानाको विवरण पनि दिनुपर्ने हुन्छ।

आमाको नागरिकता विवाह अगाडि नै बनेको हुन सक्छ जसकारणले बुबाको स्थाई ठेगानाको विवरण भन्दा आमाको स्थाई ठेगाना फरक पर्न सक्छ। विवरण नागरिकता अनुसार लेख्नुपर्ने हुनाले यति बेलामा होस गर्नुपर्ने हुन्छ।

आमा यदि वैदेशिक नागरिक हुनुहुन्छ भने Is Foreign को छेउमा रहेको चेकबक्स सेलेक्ट गरेर देश, पासपोर्ट नम्बर र नेपालको ठेगानाको विवरण दिनुपर्ने हुन्छ।

फर्म भर्ने व्यक्तिको विवरण (Applicant’s Details)

applicants details

यस पछाडि फर्ममा Applicant’s Details सेक्सन देख्न सकिन्छ। यो सेक्सनमा जन्म दर्ताको लागि एप्लाइ गर्ने मानिसको विवरण भर्नुपर्ने हुन्छ। यो सेक्सनमा तपाईँहरुले नाम भर्नुपर्ने ठाउँ भन्दा माथि Grandfather, Father र Mother को चेकबक्स देख्नुहुनेछ। 

यदि फर्म भर्ने व्यक्ति आमा, बुबा वा हजुरबुबा मध्येमा कोहि हुनुहुन्छ भने तपाईँहरुले चेकबक्समा सेलेक्ट गर्न सक्नुहुन्छ। यसो हुँदा फर्मको माथि नै भरिएका विवरणहरु अटोमेटिक रुपमा यहाँ भरिनेछन्। तर यो बाहेक कोहि अन्य व्यक्तिले नै फर्म भर्दै हुनुहुन्छ भने जो व्यक्तिले भर्दै हुनुहुन्छ वहाँले आफ्नै विविरण भर्नुपर्ने हुन्छ।

यहाँ तपाईँहरुले फर्म भर्ने व्यक्तिको नाम र बच्चासँगको सम्बन्धको विवरण भर्नुपर्ने हुन्छ। यसै गरी नागरिकाताको विवरण र नागरिकता अनुसारको स्थाई ठेगानाको विवरण भर्नुपर्ने हुन्छ। वैदेशिक नागरिक हुनुभएको खण्डमा Is Foreign को छेउमा रहेको चेकबक्समा क्लिक गरी देश, पासपोर्ट नम्बर र नेपालको ठेगानाको विवरण दिनुपर्ने हुन्छ। 

अन्य विवरण

final section

फर्मको अन्तिम सेक्सनको लागि तपाईँहरुले रिमार्क्स र मोबाइल नम्बरको विवरण भर्नुपर्ने हुन्छ। रिमार्क्सको विवरण रातोले अंकित नभएतापनि मोबाइल रातो बक्साले अंकित हुने हुनाले यसको विवरण तपाईँहरुले भर्नु नै पर्ने हुन्छ। यति भर्नुभएपछि तपाईँहरुले फर्म पेश गर्न Submit बटनमा क्लिक गर्नसक्नुहुन्छ। फर्म रद्द गर्न मन भएमा Submit सँगै रहेको Cancel बटनमा पनि क्लिक गर्न सक्नुहुनेछ।

*Online Janma Darta

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.