चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ओप्पोले आफ्नो नयाँ बजेट फोन ओप्पो ए२x सार्वजनिक गरेको छ। यस लेखमा हामी तपाइलाई ओप्पो ए२x को विशेषता, डिस्प्ले डिजाईन, पर्फमेन्स, लगायत नेपालमा पर्न सक्ने मुल्यको (Oppo A2x Price in Nepal) बारेमा बताउने छौ।
‘ओप्पो ए२x’ बिस्तृतमा
ओप्पो ए२x को मुख्य आकर्षण भनेकै यसको डिजाईन रहेको छ। प्रिमियम र आकर्षक डिजाइन भएको यस स्मार्टफोनमा कम्पनिले ब्ल्याक, गोल्ड र पर्पल गरी तिनओटा कलर अपशनहरुमा उपलब्ध गराएको छ। यस्तै अगाडी ९० हर्ज़को रिफ्रेस रेट र ७२० निट्स सम्मको ब्राइटनेस सहितको ६.५६ इन्चको एचडी रिजुलुशन भएको एलसीडी प्यानल अफर गरिएको छ। त्यस्तै फोनको डाइमेन्सन र तौलको कुरा गर्दा फोनको उचाइ १६३.३ एमएम, चौडाइ ७५.१ एमएम र मोटाई ८.१२ एमएम छ भने वजन १८५ ग्राम रहेको छ।
पर्फमेन्सको लागि भने फोनमा मिडियाटेकको डिमेन्सिटी ६०२० प्रोसेसर जडान गरिएको छ। उक्त प्रोसेसर ७ एनएम प्रक्रियामा आधारित ओक्टा-कोर भएको चिपसेट हो, जहाँ २.२ गिगाहर्ट्जमा क्लक गरिएको दुईवटा काेर्टेक्स-ए७६ कोर र २.० गिगाहर्ट्जमा क्लक गरिएको छ वटा काेर्टेक्स-ए५५ कोरहरू रहेको छ। साथै फोन ६ जीबी र्याम, १२८ जीबी स्टोरेज र ८ जीबी र्याम, २५६ जीबी स्टोरेज गरि दुइओटा भेरियन्टहरुमा उपलब्ध छ, जहाँ भर्चुअल र्याम संगै स्टोरेज एक्सपान्सको विकल्प पनि दिएको छ।
यस्तै गरि क्यामेरामा भने डुअल क्यामेराको जस्तै कटआउट देख्न सकिन्छ जहाँ एउटा कटआउटमा f/२.२ एपर्चरको साथ १३ मेगापिक्सलको लेन्स र अर्को क्यामेरा कटआउटमा फ्ल्यास लाईट रहेको छ। यससंगै अगाडी वाटरड्रप नचको साथ ५ मेगापिक्सलको सेल्फी क्यामेरा दिएको छ।
यो पनि पढ्नुहोस्ः
- वनप्लस प्याड गो: “मिडियाटेक हेलियो जी९९ प्रोसेसर भएको वनप्लसको नयाँ बजेट ट्याब्लेट सार्वजनिक”
- “आईफोन १५” अब नेपालमा आधिकारिक रुपमा खरिदको लागि उपलब्ध, कति होला मूल्य ?
- “आइफोन १५ प्रो” नेपाली बजारमा खरिदको लागि उपलब्ध, कति होला मूल्य ?
यसबाहेक फोन ५,००० mAh को ब्याट्री संगै नाइटटाईम स्ट्यान्डबाई पावर कन्जपसन अप्टिमाईजेसन एल्गोरिदमको साथ आउँछ भने चार्जिङ स्पीडको बारेमा भने कम्पनिको तर्फबाट केहि आधिकारिक जानकारी आएको छैन। यस्तै फोनको सफ्टवेयरमा एन्ड्रोइड १३ संगै युजर इन्टरफेसमा कलरओएस १३.१ पाउन सकिन्छ, भने डुअल-सिम डुअल-स्ट्यान्डबाई, ५जी, वाईफाइ ३.५ एमएमको अडियो ज्याक, फिंगरप्रिन्ट स्क्यानर जस्ता अन्य थुप्रै फिचरहरु पाउन सकिन्छ।
“ओप्पो ए२x” को बिशेषता:
डिस्प्ले (Display) | ६.५६ इन्च एलसीडी प्यानल, ९० हर्ज़ रिफ्रेस रेट, ७२० निट्स ब्राइटनेस |
रिजोल्युसन(Resolution) | १६१२ x ७२० पिक्सल, ~२६९ पीपीआइ डेनसिटि |
प्रोसेसर (Processor) | मीडियाटेक डिमेंसिटी ६०२० (७ एनएम) |
ओएस र युआई (OS and UI) | एनड्रोइड १४ (ColorOS 13.1) |
क्यामेरा (Camera) | १३ मेगापिक्सल मोनो क्यामेरा |
फ्रन्ट क्यामेरा (Front Camera) | ५ मेगापिक्सल |
मेमोरी र स्टोरेज (Memory and Storage) | ६/८ जीबी र्याम, १२८/२५६ जीबी स्टोरेज |
कनेक्टिभिटि (Connectivity) | डुअल-सिम डुअल-स्ट्यान्डबाइ, ५जी, वाइफाइ |
ब्याट्रि र चार्जिङ (Battery and Charging) | ५०००mAh ब्याट्रि, १०वाट वायर्ड चार्जिङ |
कलर अपशन (Color Options) | पर्पल, गोल्ड, ब्ल्याक |
मूल्य र उपलब्धता (Oppo A2x Price in Nepal and Availability)
हालको लागि यो फोन चिनमा मात्र उपलब्ध छ र अन्तर्राष्ट्रिय बजारहरूमा उपलब्ध हुने कुनै विवरणहरू कम्पनिले अहिले सम्म खुलाएको छैन। यसको मूल्यको कुरा गर्दा, ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य चिनमा ¥ १,०९९ रहेको छ। यहि भेरियन्टको मूल्य नेपालमा भने रु २५,००० हुन सक्ने अपेक्षा गर्न सक्छौ।
ओप्पो ए२x | चिनियाँ मूल्य | नेपालमा अपेक्षित मुल्य (Expected Oppo A2x Price in Nepal) |
६/१२८ जीबी | ¥ १,०९९ | रु २५,००० |
८/२५६ जीबी | ¥ १,३९९ | रु ३०,००० |
यो पनि पढ्नुहोस्ः
- “पिक्सल ८”: ७ वर्षको ओएस अपडेटको साथ सार्वजनिक भयो गुगलको नयाँ फ्ल्यागशीप स्मार्टफोन
- मेड बाई गुगल २०२३: पिक्सल ८ र पिक्सल वाच २ लन्च इभेन्ट लाइभ कसरी हेर्ने
- “गुगल पिक्सल ८ प्रो” बारे हामीलाई थाहा भएको सबै कुरा
- प्रि-बूकिंगका लागि उपलब्ध अल्टिमा वाच म्याजिक प्रो
- “वाच सर्कल”: आकर्षक प्रि-बूकिंग अफरको साथ नेपालमा सार्वजनिक हुदै अल्टिमाको स्मार्टवाच
- लाईकाको ब्रान्डेड क्यामेराहरूको साथ लन्च गरियो “शाओमी १३ टि”