ओप्पोको नयाँ मिड-रेन्ज स्मार्टफोन “ओप्पो ए७९ ५जी”, मूल्य र विशेषता

Oppo A79 5G Price in Nepal

ओप्पोले हालै आफ्नो नयाँ मिड-रेन्ज स्मार्टफोन ओप्पो ए७९ ५जी भारतमा लन्च गरेको छ। यस लेखमा हामी तपाइलाई ओप्पो ए७९ ५जी को विशेषता, डिस्प्ले डिजाईन, पर्फमेन्स, लगायत नेपालमा पर्न सक्ने मुल्यको (Oppo A79 5G Price in Nepal) बारेमा बताउने छौ।

‘ओप्पो ए७९ ५जी’ बिस्तृतमा

स्मार्टफोनको मुख्य हाइलाइटहरू मध्य एक यसको डिजाइन पनि रहेको छ, जहाँ कम्पनिले फोनलाई स्टाइलिस र आकर्षक देखाउन स्लिम र ग्लोइङ्ग फेदर डिजाइन दिएको छ। यस्तै फोनको तौल जम्मा १९३ ग्राम रहेको छ भने, १६५.६ एमएम सम्मको उचाई र ७६ एमएम सम्मको चौडाई पाउन सकिन्छ। साथै फोनमा ग्रीन र ब्ल्याक गरी दुइओटा कलर अपसनहरु पनि पाउन सकिन्छ।  

डिस्प्ले तर्फ स्मार्टफोनमा ६.७२ इन्चको FHD+ एलसीडी डिस्प्ले संगै अगाडी फ्रन्ट क्यामेरामा पंच-होल कटआउट दिएको छ। यस्तै फोनमा ९०हर्ज़ रिफ्रेस रेट, ६८० निट्स ब्राइटनेस र ~३९१ पीपीआई डेनसिटि जस्ता फिचरहरु पनि यहाँ अफर गरिएको छ।  

पर्फमेन्सको लागि भने यहाँ मीडियाटेकको डिमेंसिटी ६०२० प्रोसेसर जडान गरिएको छ, जुन ७ न्यानोमिटर फेब्रिकेसन प्रक्रियामा निर्मित ओक्टा-कोर भएको प्रोसेसर हो। यो चिपसेटले २.२ गिगाहर्ट्जमा क्लक गरिएको दुईओटा कोर्टेक्स-ए७६ कोर र २.० गिगाहर्ट्जमा क्लक गरिएको छओटा कोर्टेक्स-ए५५ कोरहरु अफर गर्दछ। 

यस्तैगरी यी चिपसेट संगै फोनमा ८ जीबी र्याम र १२८ जीबी स्टोरेज पनि पाउन सकिन्छ, साथै फोनमा भर्चुअल र्याम र स्टोरेज बडाउन माइक्रोएसडी कार्डहरू पनि दिएको छ। यस्तै अपरेटिङ सिस्टममा एनड्रोइड १३ र युजर इन्टरफेसको लागि भने कलर ओएस १३.१ पाउन सकिन्छ। 

क्यामेराको लागि यहाँ f/१.८ एपर्चरका साथ ५० मेगापिक्सलको मुख्य क्यामेरा र f/२.४ एपर्चरका साथ २ मेगापिक्सलको डेप्थ सेन्सर गरी डुअल क्यामेरा सेटअप देख्न सक्छौ। सेल्फी र भिडियो कलहरूको लागि भने अगाडी पंच-होल कटआउटमा ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा दिएको छ। 

फोनको ब्याट्रिको कुरा गर्दा यहाँ ५०००mAh ब्याट्रि संगै ३३वाटको वायर्ड चार्जिङ दिएको छ। यस्तै गरी फोनमा ३.५ एमएम हेडफोन ज्याक, ब्लुटुथ ५.३, एम्बियन्ट लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, जियोम्याग्नेटिक सेन्सर लगायत अन्य थुप्रै फिचरहरु पनि रहेको छ। 

“ओप्पो ए७९ ५जी” को बिशेषता:

डिस्प्ले (Display)६.७२ इन्च एलसीडी प्यानल, ९० हर्ज़ रिफ्रेस रेट, ६८० निट्स ब्राइटनेस
रिजोल्युसन(Resolution)१०८० x २४०० पिक्सल, ~३९१ पीपीआइ डेनसिटि
प्रोसेसर (Processor)मीडियाटेक डिमेंसिटी ६०२० (७ एनएम)
ओएस र युआई (OS and UI)एनड्रोइड १३ (ColorOS 13.1)
क्यामेरा (Camera)५० मेगापिक्सल, f/१.८ (वाइड)
२ मेगापिक्सल, f/२.४ (देप्थ)
फ्रन्ट क्यामेरा (Front Camera)८ मेगापिक्सल (पंच-होल कटआउट)
मेमोरी र स्टोरेज (Memory and Storage)८ जीबी र्याम, १२८ जीबी स्टोरेज 
ब्याट्रि र चार्जिङ (Battery and Charging)५०००mAh ब्याट्रि, ३३वाट वायर्ड चार्जिङ 
अन्य फिचर (Other Features)३.५ एमएम हेडफोन ज्याक, ब्लुटुथ ५.३, एम्बियन्ट लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, जियोमैग्नेटिक सेन्सर
कलर अपशन (Color Options)ग्रीन, ब्ल्याक

मूल्य र उपलब्धता (Oppo A79 5G Price in Nepal and Availability)

ओप्पो ए७९ ५जी हालको लागि भारतमा मात्र खरिदको लागि उपलब्ध छ, र नेपालमा पनि चाँडै उपलब्ध हुन सक्ने आशा गर्न सक्छौं। यस्तै यस फोनको मूल्य भारतमा ₹ १९,९९९ तोकिएको छ भने नेपलामा यसको मूल्य रु ३५,०००  हुन सक्ने अपेक्षा गर्न सकिन्छ। 

ओप्पो ए७९ ५जीभारत मूल्यनेपालमा अपेक्षित मुल्य (Expected Oppo A79 5G Price in Nepal)
८/१२८ जीबी ₹ १९,९९९रु ३५,०००  

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.