RAM मेमोरीको बारेमा तपाईँहरुलाई केहि थाहा छैन भने पनि मोबाइल या ल्यापटप जस्ता डिभाइसहरुमा RAM मेमोरी हुन्छ भन्ने बारेमा पक्कै पनि अवगतै हुनुहुन्छ। यो पनि छैन भने RAM मेमोरीको बारेमा सुन्नुभएको पनि हुनसक्छ।
मोबाइल, कम्प्युटर, ल्यापटप र अन्य यस्ता इलेक्ट्रोनिक ग्याजेटहरुको एउटा महत्त्वपूर्ण पार्ट अथवा कम्पोनेन्ट हो। RAM मेमोरी बिना कम्प्युटर, ल्यापटप, मोबाइल जस्ता डिभाइसहरु RAM मेमोरी रहेकै हुन्छ। आजभोलि मोबाइल, कम्प्युटर जस्ता डिभाइस खरीद गर्नु अगाडि यसको RAM मेमोरी कति छ भनेर हेर्ने गरिन्छ।
RAM एउटा मेमोरीको प्रकार हो र यो सिपियुको इन्टर्नल मेमोरी हो।। कम्प्युटर, मोबाइल जस्ता डिभाइसहरु RAM मेमोरी, ROM मेमोरी र क्याश (cache) मेमोरीको साथ आउँछन् जसमध्ये RAM मेमोरीलाई सबैभन्दा महत्त्वपूर्ण मेमोरी अर्थात् प्राइमेरी मेमोरी (Primary) मेमोरीको दर्जा दिइन्छ।
RAM मेमोरी डिभाइसको स्मुथ (smooth) परिचालन र फास्ट प्रोसेसिङको लागि महत्त्वपूर्ण छ। RAM मेमोरीको डाटा स्टोर गर्ने क्यापासिटि र स्टोर गरिएको डाटालाई छिटो एक्सेस (access) गर्न सक्ने क्यापासिटि बिना कुनै पनि एप या प्रोग्रामहरु कार्यरत हुँदैनन्। यसले पनि RAM मेमोरीको महत्त्व झल्काउँछ।
यहाँ कम्प्युटरको RAM मेमोरीमा फोकस गरिएको छ। यस आर्टिकलमा RAM मेमोरी के हो, यसले के गर्छ, तपाईँहरुलाई कति RAM चाहिन्छ र RAM मेमोरी हार्ड ड्राइभ (hard drive) तथा SSD भन्दा कसरी भिन्न छ भन्ने कुराहरुको बारेमा जानकारी दिइएको छ।
RAM मेमोरी भनेको के हो ?
RAM को पूर्ण रुप रेन्डम एक्सेस मेमोरी (Random Access Memory) हो। कम्प्युटरको लागि RAM एउटा महत्त्वपूर्ण हार्डवेयर पार्ट हो र यो कम्प्युटरको मुख्य मेमोरी हो। यो एउटा सर्ट टर्म (short term) मेमोरी अर्थात् अस्थाई (temporary) मेमोरी हो जुनमा प्रोसेसरले हाल प्रयोग गरिरहेको डाटा स्टोर भएर बस्छ।
RAM मेमोरीले कम्प्युटर एप्लिकेसनहरुलाई छोटो तथा छिटो समयमा डाटा सटोर गर्न र उक्त डाटालाई एक्सेस गर्नलाई एउटा स्टोरेज लोकेसन प्रदान गर्छ।
अर्को तरिकाबाट बुझ्ने हो भने RAM मेमोरीले तपाईँहरुले अहिले प्रयोग गरिरहनुभएको डाटा स्टोर गर्छ। यो डाटा तपाईँहरुले प्रयोग गरिरहनुभएको कुनै प्रोग्राम हुनसक्छ, हेरिरहनु भएको कुनै वेबसाइट हुनसक्छ या कम्प्युटर स्क्रिनको एउटा भागबाट अर्को भागसम्म पुर्याउनुभएको माउस कर्सरको जानकारी पनि हुनसक्छ। यस्ता डाटाहरु RAM मेमोरीले सजिलो तरिकामा एक्सेस गर्न सकिने गरी स्टोर गरेको हुन्छ।
यस कारणले RAM मेमोरीको read/write स्पीड अर्थात् डाटा स्टोर गर्ने र सो डाटा एक्सेस गर्ने स्पीड हार्ड डिस्क ड्राइभ (hard disk drive/ HDD) र सलिड स्टेट ड्राइभ (solid state drive/ SSD) स्टोरेजको तुलनामा निकै छिटो हुन्छ।
तपाईँहरुले कम्प्युटरमा जस्तो कार्य गर्नुभएपनि त्यसमा धेरै प्रोसेसहरु जोडिएका हुन्छन्। यस्ता डाटाहरु RAM मेमोरीमा गएर स्टोर भएको हुन्छन्। वर्ड डक्युमेन्ट बनाउनुहोस्, गेम खेल्नुहोस्, भिडियो हेर्नुहोस् या केहि कार्य गर्नुहोस्, यी सबै टास्कहरुको पछाडि RAM संलग्न भएको हुन्छ।
प्रोसेसरले पनि कुनै डाटा खोज्नलाई पहिले RAM मेमोरीमा गएर खोज्दछ र त्यहाँ भेटिएन भने मात्र स्थाई मेमोरीमा गएर खोज्दछ। यस कारणले RAM मेमोरीमा भएका डाटा छिटो एक्सेस गर्न सकिन्छ। यस कारणले एप्लिकेसन र प्रोग्रामहरु चाँडो लोड हुने हुन्छन्।
RAM मेमोरी एउटा अस्थिर अथवा भोलाटाइल (volatile) मेमोरीको रुपमा चिनिन्छ। यसको कारण भनेको RAM मेमोरीमा त्यतिबेला सम्म डाटाहरु स्टोर भएर बसेको हुन्छ जतिबेला सम्म कम्प्युटर अन हुन्छ। अथवा कम्प्युटर अन भइरहन्जेल प्रोसेसरले RAM मेमोरीमा स्टोर भएका डाटाहरु एक्सेस गर्न सक्छ। तर कम्प्युटर अफ भएपछि या सट डाउन भएपछि यसमा स्टोर भएका डाटाहरु सबै हराउँछन्।
यसो हुँदा कम्प्युटर रिस्टार्ट भएपछि अपरेटिङ सिस्टम र अन्य फाइलहरु HDD या SSD जस्ता स्थाई मेमोरीबाट मात्रै अस्थाई मेमोरी अर्थात् RAM मेमोरीमा गएर लोड हुन्छ। त्यसैले कम्प्युटर रिस्टार्ट भएर कुनै प्रोग्राम लोड हुन तुलनात्मक रुपमा बढी समय लाग्छ।
RAM मेमोरीले के गर्छ?
समग्रमा बुझ्ने हो भने RAM मेमोरीले स्थाई रुपमा डाटा स्टोर गरेर कम्प्युटरमा एप लोड गर्ने, वेबसाइट ब्राउज गर्ने, डक्युमेन्ट एडिट गर्ने, गेम खेल्ने लगायत अन्य यस्ता महत्त्वपूर्ण कार्यहरु चलाउन मद्दत गर्छ। RAM मेमोरीले गर्दा तपाईँको कम्प्युटरले यस्ता कार्यहरुलाई छोटो समयमा एक्सेस गर्न र लोड गर्न सक्छ जस कारण एप्लिकेसन र प्रोग्रामहरु छिटो खोलिने र छिटो चल्ने गर्छन्।
अर्को कुरा भनेको कम्प्युटरमा एक समयमा एउटै मात्र काम गरिन्छ भन्ने छैन। भन्नुको अर्थ तपाईँहरु युट्युबमा गीत सुन्दै डक्युमेन्टहरु एडिट गर्न सक्नुहुन्छ या अझै त्यसमाथि एकै पटकमा कुनै फाइल पनि डाउनलोड गर्दै हुनुहुन्छ भने कम्प्युटरले एक या दुई कामहरु एकै साथ गर्नुपर्ने हुन्छ।
यस्तोमा RAM मेमोरीले तपाईँहरुले संचालन गर्नुभएको हरेक कार्य कुन स्थितिमा पुगेको छ भन्ने कुराको डाटा स्टोर गर्छ र तपाईँहरु एउटा प्रोग्रामबाट अर्को प्रोग्राममा जानुभएपनि त्यस प्रोग्रामको अन्तिम स्थितिबाट कार्य सुचारु गर्छ। यसरी तपाईँहरुले चलाइरहनुभएको एप्लिकेसनहरुको डाटा नहराइकन RAM मेमोरीले एउटा प्रोग्रामबाट अर्को प्रोग्राममा जाने र अन्तिम स्थितिबाट कार्य सुचारु गर्न सकिने वातावरण सिर्जना गर्छ।
उदाहरणको लागि तपाईँहरुले एउटा फिल्म हेर्दाहेर्दै बिचमा रोकेर अन्य काम गर्न थाल्नुभयो र फेरी केहि बेर पछाडि सोहि फिल्म हेर्न आउनुभयो भने तपाईँहरुले फिल्म जहाँ रोक्नुभएको थियो त्यहिँबाट सुचारु गर्न सक्नुहुन्छ। यस्तो हुँदैन कि त्यो फिल्म फेरी सुरुवातबाट प्ले हुन्छ। यसमा RAM मेमोरीले काम गरिरहेको हुन्छ। यसैगरी वेब ब्राउजरमा पनि तपाईँहरु एउटा वेबपेजबाट अर्कोमा जाँदा RAM मेमोरीले नै काम गरिरहेको हुन्छ।
RAM मेमोरीले कसरी काम गर्छ भन्ने बारेमा बुझ्न माइक्रोसफ्ट वर्ड र युट्युबको उदारहण लियौँ। तपाईँहरुले युट्युब र वर्ड एकैपटक प्रयोग गर्दै हुनुहुन्छ र यसको साथै युट्युब र वर्ड प्रोग्राम बिचमा साटासाट गर्दै हुनुहुन्छ भने यसमा RAM ले यी तिन प्रकारको काम गर्दछः
१) एप्लिकेसनहरु लोड गर्ने,
२) वर्डमा अहिले हुँदै गरेको एडिटहरु र युट्युबमा चलिरहेको कार्यको ट्राक राख्ने,
३) एउटा एप्लिकेसनबाट अर्को एप्लिकेसनमा जम्प गर्ने उक्त एप्लिकेसनमा अन्तिम कार्य के हुँदै थियो सोहि कार्यबाट हामीलाई काम अघि बढाउने वातावरण मिलाउने।
मुख्यतया RAM मेमोरी जति धेरै हुने गर्छ कम्प्युटरले त्यति नै राम्रो काम गर्छ, प्रोसेसिङ स्पीड बढ्छ र त्यति धेरै टास्कहरु एकपटकमा सम्हाल्न सक्छ अर्थात् मल्टिटास्किङ क्यापासिटि पनि बढ्छ।
तपाईँहरुलाई कति RAM आवश्यक पर्छ?
यो प्रश्न कुनै पनि नयाँ डिभाइस खरीद गर्न खोज्दा आउने प्रश्न हो। र यो प्रश्नको जवाफ के हो त? यसको जवाफ दिन अलिकति अप्ठ्यारो छ किनकी तपाईँहरुलाई कति RAM चाहिन्छ भन्ने कुराको जवाफ दिन तपाईँहरुले कस्तो प्रकारको कार्यको लागि कम्प्युटर प्रयोग गर्नुहुन्छ भन्ने कुरामा भर पर्छ।
माथि पनि यो कुराको जानकारी पाइसक्नुभयो होला तर जति धेरै RAM मेमोरी हुन्छ त्यति नै छिटो कम्प्युटरले काम गर्न सक्छ र मल्टिटास्किङ गर्न सक्छ। तर यस आधारमा सबै युजरहरुले १२ जिबि या १६ जिबि RAM भएको डिभाइस खरीद गर्ने कुरा आउँदैन। ४ जिबि RAM ले पर्याप्त हुने युजरहरुले १२ जिबि र्याम खरीद गर्नुभयो भने यो पैसाको खर्च मात्र हुन्छ।
हो, धेरै RAM ले प्रोसेसिङ क्यापासिटि बढ्छ तर यो भन्दैमा थोरै कार्यहरुको लागि ल्यापटपको प्रयोजन गर्ने मानिसहरुको लागि बढी RAM भनेको फजुलको खर्च मात्र हुन्छ। यसको ठाउँमा बरु बचेको पैसाले केहि अन्य कुरा नै खरिद गर्न सक्नुहुनेछ। त्यसैगरी ४ जिबि RAM ले पर्याप्त हुन्छ भनेर थोरै RAM भएको डिभाइस खरीद गर्नुभयो र सोहि अनुसार मल्टिटास्किङ गर्नुभयो भने यसलाई ८ जिबिको RAM आवश्यक हुने देखिन्छ।
त्यसैले तपाईँहरुको प्रयोजनको आधारमा RAM निर्भर हुने हुन्छ। तलको टेबलमा कस्तो प्रयोजनको लागि कति RAM आवश्यक पर्छ भन्ने कुराको जानकारी दिन खोजिएको छ। हालाकि यो जानकारीको आधारमा पनि त्यति RAM ले पुग्छ भन्ने हुँदैन तर तपाईँहरुलाई सामान्य जानकारी भने हुन्छ र यस आधारमा तपाईँहरुलाई यति RAM ले चाहिँ पर्याप्त हुन्छ भनेर निर्धारण गर्न सकिन्छ।
क्र.सं. | RAM | प्रयोजन |
१ | ४ जिबि | सामान्य एप्लिकेसनहरु चलाउन साधारण वेब ब्राउजिङ गर्न र मल्टिमिडिया प्रयोग गर्नसाधारण स्कुल पढ्ने विद्यार्थीको लागि र साधारण युजरहरुको लागि उपयुक्त हुने |
२ | ८ जिबि | हेभि मल्टिटास्किङको लागिसामान्य प्रोग्रामिङ्ग गर्न र लाइट भिडियो एडिटिङ एपको प्रयोग गर्नहल्का गेमिङको लागि काम गर्ने युजरहरुको लागि न्यूनतम आवश्यकता |
३ | १६ जिबि | भिडियो एडिटिङको लागि न्यूनतम आवश्यकताप्रोग्रामरहरुको लागि राम्रो रोजाइ सामान्य गेमिङ भन्दा माथिको लागि |
४ | ३२ जिबि | प्रोफेसनल 3D डिजाइन तथा प्रोग्रामिङहाइ लेभल गेमिङको लागिहेभि भिडियो एडिटिङको लागि |
RAM मेमोरी HDD र SSD को तुलनामा कसरी भिन्न छ?
RAM मेमोरी कम्प्युटरको हार्ड डिस्क ड्राइभ (HDD) र सलिड स्टेट ड्राइभ (SSD) भन्दा फरक छ। HDD र SSD मेमोरी दुवै सेकेन्डरी मेमोरी भएतापनि यिनीहरुमा फरक भनेको HDD मा म्याग्नेटिक प्लाटर (magnetic platters) हरुको प्रयोग गरिएको हुन्छ जुनलाई एउटा मोटरले चलाएको हुन्छ।
तर यसको तुलनामा SSD स्टोरेजले फ्लास मेमोरी (Flash Memory) को प्रयोग गरेको हुन्छ र HDD मेमोरीको यसमा कुनै चल्ने पार्टहरु हुँदैन। यस कारणले HDD मेमोरीको तुलनामा HDD मेमोरी निकै छिटो हुन्छ। तर यी दुईवटा ड्राइभहरु भिन्न भएतापनि दुवै सेकेन्डरी मेमोरीका प्रकार हुन् र यी दुवै ड्राइभहरु RAM भन्दा भिन्न छन्।
RAM मेमोरी HDD र SSD स्टोरेज भन्दा कसरी भिन्न छ भन्ने कुराको जानकारी तलको टेबलले देखाउन खोजिएको छ।
विवरण | RAM | HDD/SSD |
मेमोरी | RAM मेमोरीलाई कम्प्युटरको मुख्य मेमोरी अर्थात् प्राइमेरी मेमोरी पनि भनिन्छ। | HDD र SSD लाई माध्यमिक मेमोरी अर्थात् सेकेन्डरी मेमोरी पनि भनिन्छ। |
स्पीड | RAM मेमोरी HDD/SSD को तुलनामा फास्ट हुन्छ जसकारण यसमा डाटा सेभ हुने र एक्सेस हुने कार्य छिटो हुन्छ। | HDD र SSD स्टोरेज RAM मेमोरीको तुलनामा ढिलो हुन्छन् र यिनीहरुमा डाटा सेभ हुने र एक्सेस हुने कार्य ढिलो हुन्छ। |
डाटा एक्सेस | सिपियुले डाटा स्टोर गर्ने बेलामा सुरुमा RAM मा गएर खोज्छ। तर यो डाटा HDD/SSD बाटै RAM मा ट्रान्सफर भएको हुन्छ। | सिपियुले RAM मा डाटा भेटेन भने मात्र सो डाटालाई HDD या SSD मा गएर खोज्छ। |
स्टोरेज क्यापासिटि | HDD र SSD को तुलनामा RAM को डाटा स्टोरेज क्यापासिटि कम हुन्छ। | RAM मेमोरीको तुलनामा HDD/SSD को डाटा स्टोरेज क्यापासिटि बढी हुन्छ। |
डाटा लस (data loss) | RAM एउटा अस्थिर अथवा भोलाटाइल (volatile) मेमोरी हो किनभने तपाईँहरुले कम्प्युटर सट डाउन गर्नुभएपछि RAM मेमोरीमा स्टोर भएको डाटा हराउँछ। यसकारण यसलाई अस्थाई अर्थात् टेम्पोररी मेमोरी पनि भनिन्छ। | HDD/SSD स्टोरेजमा तपाईँहरुले कम्प्युटर सट डाउन गर्नुभए तापनि डाटा हराउँदैन। यस कारण यसलाई पर्म्यानेन्ट मेमोरी पनि भनिन्छ। |
कम्प्युटर स्पीडमा प्रभाव | RAM थोरै भयो भने यसले डाइरेक्ट कम्प्युटरको स्पीडमा प्रभाव पार्छ र कम्प्युटरलाई स्लो गर्छ। | HDD स्टोरेजले कम्प्युटरको स्पीडमा त्यति प्रभाव पार्दैन भने SSD स्टोरेजले पनि कम्प्युटरको स्पीड बढाउँछ। |