Redmi A2 नेपालमा औपचारिक रूपमा लन्च – मूल्य र विशेषताहरू कस्ता छन्?

redmi a2 nepal

२० हजार मुल्य भित्रमा पाइने मोबाइलहरुमा जति प्रतिस्पर्धा हुन्छ सायदै अन्य मुल्य सेग्मेन्टकाे फोनहरुमा होला। Redmi, Realme, Infinix, Tecno, Samsung लगायत अरु थोरै ब्रान्डहरुले मात्र कम मुल्य सेग्मेन्टमा राम्रा मोबाइल फोनहरु निकाल्ने गरेका छन्।

अहिले यस मुल्य सेग्मेन्टमा यति धेरै प्रतिस्पर्धा बढेको छ कि १५ हजार भन्दा कम मुल्यमा पनि राम्रा स्पेसिफिकेशन भएको मोबाइल फोनहरु बजारमा निक्लिन थालेका छन्। Redmi ले हालै नेपालमा रिलिज गरेको Redmi A2 मोबाइल फोनले पनि यस्तै विशेषता बोकेको छ।

अन्तर्राष्ट्रिय मार्केटमा मार्च २४, २०२३ मा रिलिज गरिएको यो स्मार्टफोन केहि दिन अगावै मात्रै नेपालमा पनि लन्च भएको छ। यो फोन गत वर्ष रिलिज गरिएको Redmi A1 मोबाइल फोनको उत्तराधिकारी (successor) हो। यस आर्टिकलमा Redmi A2 मोबाइल फोनको विशेषताहरु, मूल्य र उपलब्धताको बारेमा केहि जानकारी दिइएको छ।    

२० हजार भन्दा कम मूल्य पर्ने फोनको यी आर्टिकलहरु पढ्नुहोस्ः

Redmi A2 को विशेषताहरु

डिमेन्सन र वजन (Dimension and Weight)१६४.९ x ७६.७५ x ९.०९ मिलिमिटर, १९२ ग्राम
डिस्प्ले (Display)६.५२ इन्च IPS LCD डट ड्रप (dot drop) डिस्प्ले, HD+ 1600x720p) रेजोल्युसन, 20:9 aspect ratio
प्रोसेसर (Processor)Mediatek Helio G36 (12 nm)
सिपियु र जिपियु (CPU and GPU)Octa-core@2.2 GHz CPU/ IMG PowerVR GE8320 GPU
ओएस र युआई (OS and UI)Android 12 (Go Edition)
ब्याक क्यामेरा (Back Camera)डुवल क्यामेरा सेटप (8 MP f/2.0 मेन क्यामेरा, QVGA लेन्स)
फ्रन्ट क्यामेरा (Front Camera)5 MP f/2.2 फ्रन्ट सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory and Storage)२/३ जिबि LPDDR4X RAM मेमोरी र ३२ जिबि इन्टर्नल मेमोरी 
छुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (१ टिबि सम्म बढाउन सकिने)
eMMC 5.1 स्टोरेज 
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि, १० वाट वायर्ड चार्जिङ सपोर्ट
वायरलेस कनेक्टिभिटि (Wireless Connectivity)4G मोबाइल नेटवर्क कनेक्टिभिटि, 2.4 GHz सिङ्गल ब्यान्ड WiFi सपोर्ट, Bluetooth 5.0
अन्य फिचरहरु (Other Features)डुवल सिम (न्यानो सिम), ३.५ मिलिमिटर हेडफोन ज्याक, FM Radio सपोर्ट (हेडफोन आवश्यक), micro USB चार्जिङ पोर्ट 

डिजाइन (Design)

यस फोनको डिजाइन सरल भएतापनि निकै राम्रो रहेको छ। गत वर्षको Redmi A1 फोनसँग तुलना गर्ने हो भने तपाईँहरुले यी दुवै फोनहरुको डिजाइनमा केहि अन्तर भेट्नु हुनेछैन। यस फोनको अगाडिको भागमा डट ड्रप नच (Dot Drop Notch) सहितको स्क्रिन डिस्प्ले रहेको छ भने पछाडिको भागमा डुवल क्यामेरा र LED फ्लास सेटप सहित कम्पनीको लोगो भेट्न सकिन्छ।

यस फोनको डाइमेन्सनमा पनि केहि फरक छैन र Redmi A1 जस्तै यहाँ तपाईँहरुले ९.०९ मिलिमिटरको उँचाई र १९२ ग्रामको वजन नै भेट्नुहुनेछ। त्यसैगरी यहाँ पनि फिङ्गरप्रिन्ट सक्यानर समावेश गरिएको छैन। 

कलर उपलब्धतामा पनि यहाँ केहि परिवर्तन भएको छैन र तपाईँहरुले यस मोबाइललाई हल्का निलो (Light Blue), हल्का हरियो (Light Green) र कालो (Black) गरी तीनवटा कलर भेरियन्टमा भेट्न सक्नुहुनेछ।

redmi a2 design and colors

डिस्प्ले (Display)

यस फोनको डिस्प्लेमा पनि खासै परिवर्तन भएको छैन। यहाँ पनि Redmi A1 झैँ ६.५२ इन्चको IPS LCD डिस्प्ले प्यानल सहित डट ड्रप (dot drop) डिस्प्ले समावेश गरिएको छ जुनले HD+ (1600x720p) रेजोल्युसर अफर गर्छ। यस बाहेक तपाईँहरुले यस फोनको डिस्प्लेमा 20:9 को आस्पेक्ट रेसियो (aspect ratio) भेट्नुहुनेछ। 

तपाईँहरुले यस फोनमा करीब ८१% को स्क्रिन-टु-बडि रेसियो (screen-to-body ratio) प्राप्त गर्नुहुनेछ। यसको स्क्रिन साइज र HD+ रेजोल्युसन सपोर्ट गर्ने IPS LCD डिस्प्ले प्यानलले गर्दा तपाईँहरुले यहाँ राम्रो भिजुवल (visual) अनुभव प्राप्त गर्न सक्नुहुनेछ।

स्क्रिन ब्राइटनेस लेभल यहाँ नखुलाइए तापनि यस फोनमा पनि Redmi A1 झैँ ४०० निट्स (400 nits) को ब्राइटनेस होला भनेर आंकलन गर्न सकिन्छ। 

redmi a2 display  

पर्फमेन्स र मेमोरी (Performance and Memory)

Redmi A1 को तुलनामा यदि यस फोनमा केहि परिवर्तन छ भने त्यो यसको पर्फमेन्स क्षेत्रमा देखिन्छ। यस फोनमा Mediatek Helio G36 प्रोसेसर समावेश गरिएको छ जुन यस मुल्यको मोबाइल फोनको लागि राम्रो प्रोसेसर मान्न सकिन्छ। यस फोन भन्दा केहि महँगा फोनहरुमा पनि यस प्रोसेसर भन्दा थोरै राम्रो प्रोसेसर Mediatek Helio G35 समावेश गरिएको हुन्छ। 

मुल्यको अनुसार यो प्रोसेसर राम्रो भए तापनि यो प्रोसेसर त्यति उत्कृष्ट प्रोसेसर भने हैन। तापनि साधारण गेमिङ र प्रयोजनको लागि यसमा कुनै समस्या देखा पर्ने छैन। 

यो चिपसेट १२ न्यानोमिटर (12 nm) फेब्रिकेसन प्रक्रियाबाट तयार पारिएको चिपसेट हो। यस चिपसेटले २.२ गिगाहर्ट्जमा क्लक गरिएको चार वटा Cortex-A53 र १.७ गिगाहर्ट्जमा क्लक गरिएको ४ वटा Cortex-A53 कोर गरी अक्टा-कोर (Octa-core) सिपियु प्रदान गर्छ। जिपियुको लागि पुरानै IMG PowerVR GE8320 GPU समावेश गरिएको छ।

redmi a2 processor

अपरेटिङ सिस्टमको लागि यहाँ Android 12 Go-Edition समावेश गरिएको छ भने यसलाई MIUI युजर इन्टरफेसले सपोर्ट गरेको छ। यस फोनमा तपाईँरुले २ वर्ष सम्मको सेक्युरिटि अपडेटहरु पनि भेट्नुहुनेछ। 

मेमोरीको लागि यहाँ तपाईँहरुले २/३ जिबि LPDDR4x RAM र ३२ जिबि इन्टर्नल मेमोरी भेट्न सक्नुहुनेछ। स्टोरेजको लागियहाँ eMMC 5.1 स्टोरेज प्रयोग गरिएको छ।

यस फोनले २ जिबि RAM एक्सटेन्सन (extension) पनि सपोर्ट गर्छ। यसको साथै तपाईँहरुले यहाँ छुट्टै एक्सटर्नल मेमोरी कार्ड स्लट उपलब्ध भएको पाउनुहुनेछ भने एक्सटर्नल मेमोरी कार्ड प्रयोग गरेर तपाईँहरुले यस फोनको मेमोरीलाई १ टिबिसम्म पनि बढाउन सक्नुहुनेछ।

क्यामेरा (Camera)

क्यामेराको क्षेत्रमा यहाँ केहि परिवर्तन भएको छैन। Redmi A1 झैँ तपाईँहरुले यसमा पनि LED फ्लास सहितको डुवल ब्याक क्यामेरा सेटप भेट्नुहुनेछ। यसमा तपाईँहरुले मेन क्यामेराको लागि f/2.0 सहितको ८ मेगापिक्सलको (8 MP) मेन क्यामेरा र एउटा QVGA सेन्सर पाउनुहुनेछ। त्यसैगरी अगाडिको लागि यहाँ f/2.2 सहितको ५ मेगापिक्सलको (5 MP) फ्रन्ट सेल्फि क्यामेरा समावेश गरिएको छ।

भिडियो रेकर्डिङको कुरा गर्ने हो भने तापईँहरुले यस मोबाइलमा दुवै फ्रन्ट र ब्याक क्यामेराबाट 1080p रेजोल्युसनमा 30 fps सम्मको भिडियो रेकर्डिङ गर्न सक्नुहुनेछ।   

redmi a2 camera

ब्याट्रि र अन्य स्पेसिफिकेसन (Battery and Other Specifications)

ब्याट्रिको लागि यहाँ 5000 mAh को ब्याट्रि समावेश गरिएको छ। यस कारण तपाईँहरुले लामो ब्याट्रि लाइफको मजा लिन सक्नुहुनेछ। उक्त ब्याट्रि चार्ज गर्न भने तपाईँहरुले यहाँ १० वाटको micro USB चार्जिङ सपोर्ट भेट्नुहुनेछ। 

redmi a2 battery

अडियोको कुरा गर्ने हो भने यहाँ तपाईँहरुले यहाँ सिङ्गल स्पिकर भेट्नुहुनेछ भने यस बाहेक यहाँ ३.५ मिलिमिटरको हेडफोन ज्याक पनि समावेश गरिएको छ। 

सिम कार्डको लागि यहाँ तपाईँहरुले दुईवटा न्यानो सिम (nano sim) कार्ड स्लट पाउनुहुनेछ। कनेक्टिभिटिको लागि यहाँ तपाईँहरुले 4G नेटवर्क कनेक्सन सपोर्ट, 2.4 GHz सहितको सिङ्गल ब्यान्ड Wi-Fi, Bluetooth 5.0, FM Radio आदि पाउनुहुनेछ।

मुल्य र उपलब्धता (Price and Availability)

Redmi A1 को तुलनामा Redmi A2 को मूल्यमा केहि परिवर्तन भएको छ। यो फोन अझै सस्तो भएको छ। यस फोनको २ जिबि RAM र ३२ जिबि इन्टर्नल मेमोरी भेरियन्टको मुल्य रु. १०,४९९ भनेर अंकित गरिएको छ। यस बाहेक Redmi ले यस फोनमा २ वर्षे वारेन्टि (2 year warranty) पनि दिएको छ।

हुकुट (Hukut) लगायत ई-कमर्स प्लाटफर्महरु र नेपालमा रहेका Xiaomi ब्रान्ड मोबाइल फोनका आधिकारीक विक्रेताहरु मार्फत् तपाईँहरुले यो फोन खरीद गर्न सक्नुहुनेछ।  

Redmi A2मुल्य
२ जिबि RAM र ३२ जिबि इन्टर्नल मेमोरीरु. १०,४९९

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.