Redmi Note 10 Pro Max – विवरण, मुल्य र उपलब्धता 

Redmi Note 10 pro max

नेपालमा उपलब्ध हुने ३० हजार या ३५ हजार को सेरोफेरो अन्तर्गत रहेका फोनहरु मध्येमा Redmi Note 10 Pro Max ले सबैभन्दा राम्रो फोन बन्न सक्ने विशेषता बोकेको छ। २०२१ को मे महिनामा नेपाली मार्केटमा पनि रिलिज गरिएको थियो। कम्पनीले Redmi Note 10 Pro फोनको ग्लोबल भेरियन्टमा केहि परिवर्तन गरी यस मोबाइल फोनलाई Redmi Note 10 Pro Max को नामले नेपाली मोबाइल मार्केटमा प्रवेश गराएको थियो। 

यस मोबाइल फोनलाई हामीले ३५ हजार मुनिका १० उत्कृष्ट मोबाइल फोनहरु भन्ने आर्टिकलमा प्रथम स्थानमा समावेश गरेका थियौँ। रिलिज भएको दुई वर्षमा पनि यो मोबाइल फोन अझै पनि राम्रो छ। यस आर्टिकलमा हामीले Redmi Note 10 Pro Max मोबाइल फोनको विशेषताहरु, जनरल ओभरभ्यु र नेपालमा यसको मुल्य र उपलब्धताको बारेमा जानकारी दिएका छौँ।

मोबाइलमा रूचि राख्नुहुन्छ? यो पनि पढ्नुहोस्ः

Redmi Note 10 Pro Max को विशेषताहरु

डिमेन्सन र वजन (Dimension and Weight)१६४.५ x ७६.१५ x ८.१ मिलिमिटर, १९२ ग्राम
डिस्प्ले (Display)६.६७ इन्च Super AMOLED पन्च होल डिस्प्ले, FHD+ (2400x1080p) रेजोल्युसन, HDR 10 सपोर्ट, १२० हर्ट्ज स्क्रिन रिफ्रेस रेट, १२०० निट्स (1200 nits ब्राइटनेस), Corning Glass 5 प्रोटेक्सन 
प्रोसेसर (Processor)Qualcomm Snapdragon 732G (8 nm)
सिपियु र जिपियु (CPU and GPU)Octa-core@2.3 GHz CPU/ Adreno 618
ओएस र युआई (OS and UI)Android 11/ MIUI 12
ब्याक क्यामेरा (Back Camera)क्वाड क्यामेरा सेटप (108 MP f/1.9 प्राइमेरी, 8 MP f/2.2 FOV 118अल्ट्रावाइड क्यामेरा, 5 MP सुपर म्याक्रो क्यामेरा,  2 MP डेट्थ क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)16 MP f/2.45 फ्रन्ट सेल्फि क्यामेरा
मेमोरी र स्टोरेज (Memory and Storage)६/८ जिबि LPDDR4X RAM मेमोरी र ६४/१२८ जिबि इन्टर्नल मेमोरी 
छुट्टै मेमोरी कार्ड स्लट उपलब्ध (५१२ जिबि सम्म बढाउन सकिने)
UFS 2.2 स्टोरेज 
ब्याट्रि र चार्जिङ (Battery and Charging)5020 mAh ब्याट्रि, ३३ वाट वायर्ड चार्जिङ सपोर्ट
वायरलेस कनेक्टिभिटि (Wireless Connectivity)4G मोबाइल नेटवर्क कनेक्टिभिटि, Wi-Fi 802.11 a/b/g/n/ac dual band, Wi-Fi Direct, Bluetooth 5.0
अन्य फिचरहरु (Other Features)डुवल सिम (न्यानो सिम), साइड फिङ्गरप्रिन्ट स्क्यानर, स्टेरियो स्पिकर, Hi-Res Audio, ३.५ मिलिमिटर हेडफोन ज्याक, IR Blaster, USB Type-C चार्जिङ पोर्ट, OTG, IP53 dust and water resistant

बिल्ड र डिजाइन (Build and Design)

डिजाइनको कुरा गर्दा यस मोबाइलको डिजाइन निकै सरल तथा आकर्षक रहेको छ। यस मोबाइल फोनको समग्र बिल्ड क्वालिटिको कुरा गर्ने हो भने यसको अगाडिको भागमा ग्लास, छेउको लागि प्लास्टिक फ्रेम र पछाडिको भागमा पनि ग्लास प्रोटेक्सन नै प्रदान गरिएको छ।

डिजाइनको लागि यहाँ Redmi ले यसको अगाडिका Note सिरिजका मोबाइल फोनहरुमा प्रयोग गरिएको Aura डिजाइनको ठाउँमा एउटा नयाँ डिजाइन समावेश गरेको छ जसलाई कम्पनीले “Evol Design” भनेर नाम दिएको छ। यसको ८.२ मिलिमिटर उँचाइले यो फोन निकै पातलो रहेको छ भने यसको ठुलै डिस्प्ले भएको कारणले यसको वजन १९४ ग्राम रहेको छ। 

यहाँ अगाडिको भागमा पन्च होल स्क्रिन डिस्प्ले रहेको छ भने पछाडिको भागमा क्वाड क्यामेरा सेटप र LED फ्लास समावेश भएको भेट्न सकिन्छ। यसको साथै यस मोबाइलको पछाडिको भागको बायाँ छेउको तल्लो कुनामा तपाईँहरुले Redmi ब्रान्डको लोगो अंकित गरिएको छ। यस मोबाइलको दायाँ साइडको फ्रेममा फिङ्गरप्रिन्ट स्क्यानर समावेश गरिएको छ।

पानीबाट सुरक्षाको लागि तपाईँहरुले यहाँ फ्लागसिप फोनहरुमा पाइने जस्तो सुरक्षा नपाउनु भएतापनि धुलो र पानीको स्प्ल्याश (dust and water splash) को लागि IP53 रेजिस्टेन्ट सर्टिफिकेसन पाउनुहुनेछ। 

यस मोबाइल फोनको लागि दुईवटा कलर भेरियन्टहरु उपलब्ध रहेका छन् जसलाई Redmi ले भिन्टेज ब्रन्ज (Vintage Bronze) र ग्लेसियल ब्लु (Glacial Blue) भनेर नाम दिएको छ। दुवै कलर भेरिएन्टका मोबाइल फोनहरु निकै आकर्षक रहेका छन्।

design

डिस्प्ले (Display)

डिस्प्लेको लागि ६.६७ इन्चको Super AMOLED डिस्प्ले प्यानल समावेश गरिएको छ जुनले FHD+ (2400 x 1080p) रेजोल्युसन अफर गर्छ। यसको साथै यस फोनमा १२०० निट्स (1200 nits) को अधिकतम ब्राइटनेस पाउनुहुनेछ जसकारण डाइरेक्ट घाममा पनि तपाईँहरुले यस मोबाइललाई निर्धक्कसँग प्रयोग गर्न सक्नुहुनेछ।

यस मोबाइलको स्क्रिन-टु-बडि रेसियो (screen-to-body ratio) ८५.७% रहेको छ। अर्थात् यस फोनको अगाडिको भागको लगभग ८६% भाग चाहिँ स्क्रिन डिस्प्लेले ओगटेको छ। यस कारणले गर्दा यस मोबाइल फोनको साइड बेजलहरु (side bezels) पातला छन् जसले गर्दा तपाईँहरुले झन्डै मोबाइल स्क्रिन भरिको भिडियो डिस्प्ले पाउनुहुनेछ।

यसको साथै तपाईँहरुले यहाँ HDR 10 डिस्प्ले सपोर्ट पाउनुहुनेछ जसले भिडियो र मल्टिमिडिया कन्टेन्टको लागि राम्रो अनुभव प्रदान गर्छ। यस मोबाइल फोनले १२० हर्ट्जको स्क्रिन रिफ्रेस रेट अफर गर्दछ जसले गर्दा तपाईँहरुले राम्रो गेमिङ अनुभव प्राप्त गर्न सक्नुहुनेछ।  

display with refresh rate 

पर्फमेन्स र मेमोरी (Performance and Memory)

यस फोनमा Qualcomm Snapdragon 732G प्रोसेसर समावेश गरिएको छ। यस मुल्य सेग्मेन्टको लागि यो सबैभन्दा राम्रो प्रोसेसर नहोला तर यो प्रोसेसर पनि आफैँमा निकै राम्रो प्रोसेसर हो। गेमिङ र पर्फमेन्सको लागि यो फोन सबैभन्दा राम्रो फोन नभएतापनि समग्र पर्फमेन्सको लागि यो फोन एउटा ब्यालेन्स्ड (balanced) फोन हो।

processor

यो चिपसेट ८ न्यानोमिटर (8 nm) फेब्रिकेसन प्रक्रियाबाट तयार पारिएको चिपसेट हो। यस चिपसेटले २.३ गिगाहर्ट्जमा क्लक गरिएको २ वटा Kyro-470 Gold र १.८ गिगाहर्ट्जमा क्लक गरिएको ६ वटा Kyro 470 Silver कोर गरी अक्टा-कोर (Octa-core) सिपियु प्रदान गर्छ। जिपियुको लागि यहाँ Adreno 618 GPU समावेश गरिएको छ।

अपरेटिङ सिस्टमको लागि यहाँ Android 11 पाउन सकिन्छ र यसलाई MIUI 12 युजर इन्टरफेसले सपोर्ट गरेको छ। मेमोरीको लागि यहाँ तपाईँहरुले ६/८ जिबि LPDDR4x RAM र ६४/१२८ जिबि इन्टर्नल मेमोरी भेट्न सक्नुहुनेछ। स्टोरेजको लागि तपाईँहरुले यहाँ थप UFS 2.2 स्टोरेज भेट्नुहुनेछ जुन डाटा स्टोर गर्न र रिट्रिभ (retrieve) गर्न निकै छिटो छ। 

यहाँ तपाईँहरुले छुट्टै एक्सटर्नल मेमोरी कार्ड स्लट उपलब्ध भएको पाउनुहुनेछ र यसले गर्दा तपाईँहरुले यस फोनको मेमोरीलाई थप ५१२ जिबि सम्म बढाउन सक्नुहुनेछ।

क्यामेरा (Camera)

यस फोनमा ब्याक क्यामेराको लागि क्वाड क्यामेरा सेटप समावेश गरिएको छ। ती क्यामेराहरु १०८ मेगापिक्सलको f/1.9 सहितको प्राइमेरी क्यामेरा, ८ मेगापिक्सलको FOV 1120 सहितको अल्ट्रा-वाइड क्यामेरा, ५ मेगापिक्सलको सुपर म्याक्रो क्यामेरा र २ मेगापिक्सलको डेप्थ क्यामेरामा विभाजित छन्। यस बाहेक तपाईँहरुले यहाँ १६ मेगापिक्सलको f/2.45 सहितको फ्रन्ट क्यामेरा पनि पाउनुहुनेछ।

भिडियो रेकर्डिङको कुरा गर्दा तापईँहरुले यस मोबाइलको ब्याक क्यामेराबाट 30fps सम्मको 4K भिडियो रेकर्डिङ गर्न सक्नुहुनेछ भने फ्रन्ट क्यामेराबाट चाहिँ अधिकतम रुपमा 1080p रेजोल्युसनमा 30fps सम्मको मात्र भिडियो रेकर्डिङ गर्न सकिन्छ। यतिको मुल्यको लागि यस मोबाइल फोनको क्यामेरा सेग्मेन्ट राम्रो रहेको छ।   

camera 

ब्याट्रि र अन्य स्पेसिफिकेसन (Battery and Other Specifications)

ब्याट्रिको लागि यहाँ 5020 mAh को ब्याट्रि समावेश गरिएको छ। यस कारण फोनको ब्याट्रि चाँडो सकिएला भनेर तपाईँहरुले सोच्नुपर्ने छैन। उक्त ब्याट्रि चार्ज गर्न भने यहाँ ३३ वाटको वायर्ड चार्जर समावेश गरिएको छ।

अडियोको कुरा गर्ने हो भने यहाँ तपाईँहरुले Hi-Res सर्टिफिकेसन सहितको अडियो सपोर्ट र डुवल स्टेरियो स्पिकर समावेश भएको पाउनुहुनेछ। यसको साथै तपाईँहरुले ३.५ मिलिमिटरको हेडफोन ज्याक पनि यहाँ समावेश भएको पाउनुहुनेछ। 

सिम कार्डको लागि यहाँ तपाईँहरुले दुईवटा न्यानो सिम (nano sim) कार्ड स्लट पाउनुहुनेछ। कनेक्टिभिटिको लागि यहाँ तपाईँहरुले 4G नेटवर्क कनेक्सन सपोर्ट पाउनुहुनेछ भने अन्य वायरलेस कनेक्टिभिटि र पोर्टहरुको लागि यहाँ डुवल ब्यान्ड Wi-Fi (Wi-Fi 802.11a/b/g/n/ac), Bluetooth 5.0, USB Type-C चार्जिङ पोर्ट, OTG आदि उपलब्ध रहेको छ। 

Redmi ले अन्य डिभाइसमा पनि उपलब्ध गराउने Infrared Blaster तपाईँहरुले यहाँ पनि पाउनुहुनेछ जुन सेन्सरको प्रयोगमा तपाईँहरुले आफ्नो मोबाइल फोनलाई टिभि रिमोटको रुपमा पनि प्रयोग गर्न सक्नुहुनेछ।

मुल्य र उपलब्धता (Price and Availability)

यस फोनको ६ जिबि RAM र ६४ जिबि इन्टर्नल मेमोरी भेरियन्टको मुल्य रु. २९,९९९ भनेर अंकित गरिएको छ भने यस फोनको ६ जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरी भेरियन्टको मुल्य रु. ३३,९९९ भनेर अंकित गरिएको छ। त्यसैगरी यस फोनको ८ जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरी भेरियन्टलाई रु. ३६,९९९ भनेर अंकित गरिएको छ। 

दराज (Daraz) जस्ता ई-कमर्स प्लाटफर्म र नेपालमा रहेका Xiaomi ब्रान्ड मोबाइल फोनका आधिकारीक विक्रेताहरु मार्फत् तपाईँहरुले यो फोन खरीद गर्न सक्नुहुनेछ।  

मोबाइल भेरियन्ट (Mobile Variant)मुल्य (Price)
६ जिबि RAM र ६४ जिबि इन्टर्नल मेमोरीरु. २९,९९९
८ जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरीरु. ३३,९९९
१६ जिबि RAM र २५६ जिबि इन्टर्नल मेमोरीरु. ३६,९९९ 

अन्त्यमा,

Redmi Note 10 Pro Max मोबाइल फोन यसको मुल्य सेग्मेन्टको लागि सबै भन्दा उत्कृष्ट फोनहरुमा गनिन्छ। यो फोन पर्फमेन्सको क्षेत्रमा सबैभन्दा राम्रो नभए तापनि सफ्टवेयर, इन्टरफेस, क्यामेरा लगायत सबै कुराहरु हेर्ने हो भने यो फोन समग्र रुपमा धेरै राम्रो फोन हो।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.