Redmi Note 12 4G 8/256GB भेरियन्ट नेपालमा लन्च भएको छ

Redmi Note 12 Price in Nepal Availability Where to buy

Redmi ब्रान्डका फोनहरु मूल्य अनुसार राम्रो विशेषता बोक्ने फोनहरुमा गनिन्छन्। यस कारण नेपालमा Redmi मोबाइल फोनको माग धेरै छ। यस्तोमा Redmi ब्रान्डको Redmi Note 12 4G मोबाइल फोन २५ हजार भन्दा कम मूल्यको लागि एउटा राम्रो मोबाइल फोन हो। 

यस मोबाइल फोनलाई हामीले २५ हजार मुनिका १० उत्कृष्ट मोबाइल फोनहरु शीर्षकको आर्टिकलमा पहिलो स्थानमा समावेश गरेका थियौँ। यहि वर्ष अथवा मार्च २३, २०२३ मा अन्तर्राष्ट्रिय मार्केटमा रिलिज भएको यो फोन एप्रिल महिनामा नै नेपाली मार्केटमा पनि प्रवेश गरेको हो। 

तर यो मोबाइल अन्तर्राष्ट्रिय मार्केटमा ८ जिबि RAM सहित उपलब्ध भएतापनि नेपालमा भने यस मोबाइलको ८ जिबि RAM र २५६ जिबि इन्टर्नल मेमोरी भेरियन्ट उपलब्ध गराइएको थिएन। तर अब प्रतिक्षा टुङ्गिएको छ। केहि दिन अगाडि मात्र Redmi Note 12 4G फोनको ८ जिबि RAM र २५६ जिबि इन्टर्नल मेमोरी भेरियन्ट नेपालमा लन्च भएको छ।

यस आर्टिकलमा Redmi Note 12 4G फोनको विशेषता, मूल्य र उपलब्धताको बारेमा केहि जानकारी दिइएको छ।

Redmi Note 12 को विशेषताहरु

डिमेन्सन र वजन (Dimension and Weight)१६५.६६ x ७५.९६ x ७.८५ मिलिमिटर, १८३.५ ग्राम
डिस्प्ले (Display)६.६७ इन्चको AMOLED डिस्प्ले प्यानल, FHD+ 2400x1080p) रेजोल्युसन, डट ड्रप नच (dot drop notch) डिस्प्ले, १२० हर्ट्ज रिफ्रेस रेट, १२०० निट्स (1200 nits) अधिकतम ब्राइटनेस
प्रोसेसर (Processor)Snapdragon 4 Gen 1 (6nm)
सिपियु र जिपियु (CPU and GPU)Octa-core@2.8 GHz CPU/ Adreno 610 GPU
ओएस र युआई (OS and UI)Android 13/ MIUI 14
ब्याक क्यामेरा (Back Camera)ट्रिपल क्यामेरा सेटप
– 50 MP f/1.8 प्राइमेरी क्यामेरा
– 8 MP f/2.2, FOV 120 अल्ट्रा वाइड
– 2 MP f/2.4 म्याक्रो क्यामेरा)
फ्रन्ट क्यामेरा (Front Camera)13 MP f/2.45
मेमोरी र स्टोरेज (Memory and Storage)४/६/८ जिबि LPDDR4X RAM मेमोरी र १२८/२५६ जिबि UFS 2.2 स्टोरेज 
ब्याट्रि र चार्जिङ (Battery and Charging)5000 mAh ब्याट्रि ३३ वाट फास्ट चार्जिङ सपोर्ट
वायरलेस कनेक्टिभिटि (Wireless Connectivity)4G मोबाइल नेटवर्क कनेक्टिभिटि, Wi-Fi 802.11 a/b/g/n/ac, डुवल ब्यान्ड, Bluetooth 5.0
अन्य फिचरहरु (Other Features)डुवल सिम (न्यानो सिम), सिङ्गल स्पिकर, ३.५ मिलिमिटर हेडफोन ज्याक, IR Blaster, USB Type C, OTG

बिल्ड र डिजाइन (Build and Design)

यस फोनको बिल्ड क्वालिटिको कुरा गर्ने हो भने यसमा तपाईँहरुले अगाडिको लागि Gorilla Glass 3 प्रोटेक्सन र छेउ तथा पछाडिको लागि प्लास्टिक फ्रेम र प्लास्टिक ब्याक पाउनुहुनेछ। 

डिजाइनको कुरा गर्दा यस फोनको डिजाइन सरल भएतापनि आकर्षक रहेको छ। ७.८५ मिलिमटर उँचाइ रहेको यो फोन निकै पातलो रहेको छ र यसको वजन पनि १८३.५ ग्रामको मात्र रहेको छ। अगाडिको लागि यहाँ डट ड्रप (dot drop) डिस्प्ले रहेको छ भने पछाडिको लागि यहाँ तपाईँहरुले LED फ्लास सहितको तीनवटा क्यामेरा रिङ्गहरु रहेका छन् र Redmi लोगो भेट्नुहुनेछ।

यस मूल्य सेग्मेन्टको लागि यस फोनमा पानी र धुलोको सुरक्षाको लागि IP53 प्रोटेक्सन प्रदान गरिएको छ जुन धेरै राम्रो कुरा हो।

यस फोनको पावर बटनमा फिङ्गरप्रिन्ट स्क्यानर समावेश गरिएको छ। यस फोनको कलर भेरियन्टको कुरा गर्दा यो फोन तपाईँहरुले ओनिक्स ग्रे (Onyx Gray), आइस ब्लु (Ice Blue) र मिन्ट ग्रीन (Mint Green) गरी तीनवटा कलर अपसनहरुमा भेट्नुहुनेछ।   

redmi note 12 4g color options

डिस्प्ले (Display)

यहाँ ६.६७ इन्चको AMOLED डिस्प्ले प्यानल समावेश गरिएको छ। यस फोनमा डट ड्रप (dot drop) डिस्प्ले समावेश गरिएको छ। यस डिस्प्लेले FHD+ (2400x1080p) रेजोल्युसन अफर गर्छ। AMOLED डिस्प्ले भएको कारण तपाईँहरुले यहाँ निकै उत्कृष्ट मल्टिमिडिया अनुभव पाउनुहुनेछ। अगाडि स्क्रिनको लागि यहाँ Gorilla Glass 3 को स्क्रिन प्रोटेक्सन प्रदान गरिएको छ।

यस फोनमा १२० हर्ट्जको स्क्रिन रिफ्रेस रेट र २४० हर्ट्जको टच स्याम्प्लिङ रहेको छ जस कारण तपाईँहरुले यस फोनमा राम्रो गेमिङ अनुभव पाउनुहुनेछ भने फोनको सामान्य प्रयोजनमा पनि तपाईँहरुलाई यो फोन निकै छिटो लाग्नेछ। 

यस फोनमा तपाईँहरुले १२०० निट्स (nits) को अधिकतम ब्राइटनेस पाउनुहुनेछ जसकारण तपाईँहरुलाई डाइरेक्ट घाममा मोबाइल फोन चलाउन पनि केहि अप्ठ्यारो हुने छैन।   

display

पर्फमेन्स र मेमोरी (Performance and Memory)

यस फोनमा Snapdragon 4 Gen 1 4G चिपसेट समावेश गरिएको छ जुन यस मूल्य सेग्मेन्टको लागि एउटा राम्रो चिपसेट मान्न सकिन्छ। यो चिपसेट ६ न्यानोमिटर (6 nm) फेब्रिकेसन प्रक्रियाबाट तयार पारिएको हो।

यस चिपसेटले २.८ गिगाहर्ट्जमा क्लक गरिएको चारवटा Cortex-A73 कोर र १.९ गिगाहर्ट्जमा क्लक गरिएको चारवटा Cortex-A53 कोर गरी अक्टा-कोर (octa-core) सिपियु अफर गर्छ। ग्राफिक्सको लागि यहाँ Adreno 610 GPU प्रयोग गरिएको छ।

processor

अपरेटिङ सिस्टमको लागि यहाँ Android 13 समावेश गरिएको छ र यसलाई MIUI 14 युजर इन्टरफेसले सपोर्ट गरेको छ। 

मेमोरीको लागि यहाँ तपाईँहरुले ४/६/८ जिबि LPDDR4X RAM र १२८/२५६ जिबि इन्टर्नल मेमोरी भेट्न सक्नुहुनेछ। यसको साथै तपाईँहरुले यहाँ UFS 2.2 स्टोरेज पाउनुहुनेछ जुन eMMC स्टोरेजको तुलनामा डाटा रिड गर्न र डाटा लेख्न (write) गर्न निकै छिटो छ। 

यहाँ एक्सटर्नल मेमोरी कार्डको प्रयोग गरेर मेमोरी बढाउन छुट्टै मेमोरी कार्ड स्लट पनि उपलब्ध रहेको छ। यस फोनमा तपाईँहरुले १ टिबिसम्म मेमोरी बढाउन सक्नुहुनेछ।

क्यामेरा (Camera)

ब्याक क्यामेराको लागि यहाँ LED फ्लास सहितको ट्रिपल क्यामेरा सेटप भेट्न सकिन्छ। तीनवटा क्यामेरा अन्तर्गत यहाँ f/1.8 सहितको ५० मेगापिक्सलको मेन क्यामेरा, f/2.2 तथा FOV 120 सहितको ८ मेगापिक्सलको अल्ट्रा वाइड क्यामेरा र f/2.4 सहितको २ मेगापिक्सलको म्याक्रो क्यामेरा रहेका छन्। फ्रन्ट क्यामेराको लागि भने यहाँ तपाईँहरुले f/2.45 सहितको १३ मेगापिक्सलको एउटा सेल्फि क्यामेरा पाउनुहुनेछ।  

भिडियो रेकर्डिङको कुरा गर्ने हो भने तापईँहरुले यस मोबाइलको ब्याक क्यामेरा र फ्रन्ट क्यामेरा दुवैबाट 1080p रेजोल्युसनमा 30fps सम्मको भिडियो रेकर्डिङ गर्न सक्नुहुनेछ।

camera

ब्याट्रि र चार्जिङ (Battery and Charging)

ब्याट्रिको कुरा गर्ने हो भने यस फोनमा 5000mAh ब्याट्रि समावेश गरिएको छ। उक्त ब्याट्रि चार्ज गर्न यहाँ ३३ वाटको वायर्ड चार्जिङ चार्जिङ सपोर्ट प्रदान गरिएको छ। चार्जिङ पोर्टको लागि तपाईँहरुले यहाँ Type-C पोर्ट भेट्नुहुनेछ।

battery and charging

अन्य स्पेसिफिकेसन (Other Specifications)

अडियोको कुरा गर्ने हो भने यहाँ अडियो आउटपुट (audio output) को लागि यहाँ सिङ्गल स्पिकर समावेश गरिएको छ भने इयरफोन जडान गर्न यहाँ ३.५ मिलिमिटरको हेडफोन ज्याक पनि उपलब्ध रहेको छ।

सिम कार्डको लागि यहाँ तपाईँहरुले दुईवटा न्यानो सिम (nano sim) कार्ड स्लट पाउनुहुनेछ। कनेक्टिभिटिको लागि यहाँ तपाईँहरुले 4G नेटवर्क कनेक्सन सपोर्ट, डुवल ब्यान्ड Wi-Fi 5 (802.11 a/b/g/n/ac) सपोर्ट, Bluetooth 5.0 सपोर्ट पाउनुहुनेछ।

यसको साथै Redmi ब्रान्डले आफ्ना फोनहरुमा उपलब्ध गराउने IR Blaster पनि तपाईँहरुले यहाँ भेट्नुहुनेछ। यसले गर्दा तपाईँहरुले आफ्नो मोबाइल फोनलाई टेलिभिजन रिमोटको रुपमा पनि प्रयोग गर्न सक्नुहुनेछ। 

Redmi Note 12 मूल्य र उपलब्धता (Price and Availability)

नेपालमा यस फोनको सुरुवाती भेरियन्ट अर्थात् ४ जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरी भेरियन्टको मूल्य रु. २२,९९९ भनेर अंकित गरिएको छ। अन्य भेरियन्टको मूल्य सोहि अनुसार बढ्दै गएको छ। यो फोन दराज (Daraz), हुकुट (Hukut) लगायत अन्य ई-कमर्स प्लाटफर्म र Redmi ब्रान्डको आधिकारीक विक्रेताहरुबाट खरीद गर्न सकिन्छ।

मोबाइल भेरियन्ट (Mobile Variant)मूल्य (Price)
४ जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरीरु. २२,९९९
६ जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरीरु. २४,९९९
८ जिबि RAM र १२८ जिबि इन्टर्नल मेमोरीरु. २६,९९९
८ जिबि RAM र २५६ जिबि इन्टर्नल मेमोरीरु. २७,९९९

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.