अब तपाईँको फोन ५ मिनेटमै चार्ज

World Fastest Charger

अहिलेका चाइनिज सेटहरुले २०० वाट फास्ट चार्जिङ स्पिडको आँकडा पनि पार गरिसकेका छन्। एकातिर एपल (Apple), सामसङ (Samsung) जस्ता ब्राण्डहरुको फ्लागसिप लेभल फोनहरुले पनि ५० वाटको चार्जिङ स्पिड छोएका छैनन् भने अर्को तिर रेड्मि (redmi), रियलमि (realme) जस्ता ब्राण्डहरुले मिड रेन्जको फोनहरुमा नै ६५ देखि ८० वाटको चार्जिङ स्पिड प्रदान गरिरहेका छन्। 

गत वर्ष २०२२ को नोभेम्बर १ मा रिलिज भएको Redmi Note 12 Discovery फोनले २१० वाटको चार्जिङ स्पिड मार्केटमा भित्र्याएको थियो जुन २०० वाटको आँकडा पार गर्ने पहिलो फोन बनेको थियो भने गत फेब्रुवरीमा नै यसको प्रतिस्पर्धी रियलमिले यसलाई मात दिँदै ४६०० एमएएच (4600 mAh) ब्याट्रि १० मिनेट भित्र चार्ज गर्न सक्ने २४० वाटको चार्जिङ स्पिड भएको Realme GT Neo 5 वा Realme GT3 फोनको घोषणा गर्यो जुन यही मार्चमा रिलिज गरिने अनुमान छ। 

रेड्मिले केही  दिन अगाडि फेरि एउटा डेमो भिडियो रिलिज गरेको छ। उक्त डेमो भिडियोमा ४१०० एमएएचको Redmi Note 12 Discovery एडिसन फोनलाई ३०० वाट चार्जरले ५ मिनेट भित्रमा चार्ज भएको देखाइएको छ। 

डेमो भिडियो अनुसार ५०% चार्ज हुन २ मिनेट र १२ सेकेन्ड लागेको थियो भने ५ मिनेटको केही सेकेन्ड यता १००% चार्ज भएको थियो। रेड्मिले ३०० वाटको स्पिड तोकेपनि डेमोमा देखाइएको पावर मिटरमा २९०.६ वाटको उच्चतम पावर मापन गरिएको थियो भने २८० वाटको औसतमा यो २ मिनेट भन्दा बढी समयसम्म बस्न सकेको थियो । यो आफँमा एउटा प्रभावशाली उपलब्धी हो।    

अ्याडाप्टर आफैँ डबल जिएएन (Double GaN) टेक्नोलोजिमा निर्मित छ। GaN अर्थात् ग्यालियम नाइट्राइड (Gallium Nitride) हो। GaN पावर अ्याड्याप्टरले सिलिकनको ठाउँमा ग्यालियम नाइट्राइड प्रयोग गर्छन् जसको कारण यो पुरानो चार्जरहरु भन्दा इनर्जि एफिसियन्ट (energy efficient) हुनुको साथै अझै सानो र छिटो पनि हुन्छ।  

यस कारणले ३०० वाट सपोर्ट गर्दा पनि यो अ्याड्यापटर साइजमा सानो र छरितो छ।

“अ्याडाप्टर आफैँ Double GaN टेक्नोलोजिको साथ आउँछ र यसमा ५० भन्दा बढी सेफ्टी प्रोटेक्सनहरु छन् तापनि यसको साइज सानो छ। ”, रेड्मिले भन्यो। 

कम्पनीले न त यसले चार्जिङ साइकलमा पार्ने असर बारेमा केही  खुलाएको छ, न त यो टेक्नोलोजी  मार्केटमा कहिले भित्रिन्छ भन्ने कुरा नै। अहिले मात्र यति कुरा थाहा छ कि ३०० वाट चार्जिङ स्पिड सम्भव छ।  भविष्यमा यसको अपडेट राम्रो आउँछ या नराम्रो आउँछ भन्ने कुराको अनुमान गर्न अहिले सकिँदैन। तर यो भन्दैमा यो कुरा पनि नकार्न मिल्दैन कि मोबाइल फोनको चार्जिङ स्पिड क्षेत्रमा यो एउटा नयाँ र प्रभावकारी उपलब्धता हो।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.