PDF फाइलको साइज कसरी घटाउने ? [७ तरिका]

Reduce PDF Size

PDF अर्थात पोर्टेबल डकयुमेन्ट फर्म्याट एउटा प्रख्यात डक्युमेन्ट फर्म्याट हो। PDF डक्युमेन्ट्सहरु सरल र कम्प्याक्ट हुनुका साथै मुख्यतया अलग-अलग प्लाट्फर्ममा सेयर गर्दा यस फर्म्याटका फाइलहरु जस्ताको त्यस्तै रहन सक्ने विशेषताले यसलाई एउटा चर्चित डक्युमेन्ट फर्म्याटको रुपमा संसारभरि प्रयोग गरिन्छ।

माइक्रोसफ्ट वर्डको डक्युमेन्टहरु सेयर हुँदा मोडिफाइ हुने कारणले गर्दा मानिसहरु PDF डक्युमेन्ट्सहरु नै रुचाउने गर्छन्। त्यसैले कतै आफ्नो डक्युमेन्टहरु अपलोड गर्नु परेको छ भने त्यसलाई पहिला PDF मा बदलेर मात्रै अपलोड गर्ने गरिन्छ।

कुनै सरकारी निकायको, उदाहरणको लागि लोकसेवाको, अनलाईन एप्लिकेसन फर्म भर्दै हुनुहुन्छ भने त्यहाँ PDF डक्युमेन्टकै अपलोड सोधिरहेको हुन्छ। तर धेरै जसो यस्ता फर्महरु भर्दा डक्युमेन्टको सानो  साइज मागिएको हुन्छ। प्राय जसो डक्युमेन्ट्स १ एमबि भन्दा कम र कुनै डक्युमेन्ट्स त २०० केबि भन्दा सानो अपलोड गर्नुपर्ने हुन्छ। त्यसैले यस्ता PDF डक्युमेन्टहरुको साइज घटाउनुपर्ने हुन्छ।

यस आर्टिकलमा PDF फाइलको साइज कसरी घटाउन मिल्छ भन्ने बारेमा लेखिएका छौ। यसलाई हामी अनलाइन मोडको लागि कम्प्युटरको युज गरेर  र मोबाइलको लागि भनेर दुई तरिकाबाट हेर्नेछौँ। आउनुहोस् यसलाई बिस्तारमा हेरौँ।

कम्प्युटरबाट अनलाइनमा पिडिएफ फाइल साइज कम्प्रेस गर्न 

अहिले इन्टर्नेटको सुविधा घरघरमा छ। सहरी क्षेत्रमा त पहिले देखि नै इन्टर्नेटको पहुँच थियो भने अहिले इन्टर्नेट गाउँघरमा पनि पसिसकेको छ। यो हुँदा अनलाइनबाट PDF फाइलहरुको साइज घटाउन सकिन्छ। 

अनलाइनमा PDF साइजहरु घटाउनको फाइदा भनेको यसमा कुनै एप्लिकेसनहरु डाउनलोड गर्नु पर्दैन र डाइरेक्ट साइज घटाुन मिल्नु हो। अनलाइनमा PDF फाइल साइज घटाउन तलका निम्नलिखित साइटहरुको प्रयोग गर्न सकिन्छ।

एडब एक्रोब्याट पिडिएफ कम्प्रेसर (Adobe Acrobat PDF Compressor)

ADOBE PDF COMPRESS
Adobe PDF Compress

एडब PDF फाइलहरु खोल्न तथा मोडिफाइ गर्न निकै प्रख्यात छ। त्यस्तै एडबको पिडिएफ फाइल कम्प्रेसर पनि हामी अनलाइनमा भेट्न सक्छौँ। एडब एक्रोब्याट पिडिएफ कम्प्रेसरले ठुला सा[जका पिडिएफ फाइलालाई त्यसको क्वालिटिमा असर नपर्ने गरी सानो साइजमा कम्प्रेस गरेर यसलाई सेयर गर्ने पनि सुविधा दिन्छ।

आफ्नो गुगल सर्च बारमा एडब पिडिएफ कम्प्रेसर लेखेर सर्च गर्नुभयो भने तपाईँहरुले एडबको पिडिएफ कम्प्रेसरको लिंक पाउनुहुनेछ। यहाँ तपाईँहरुले केहि स्टेप्सहरुमा नै आफ्नो पिडिएफ फाइलको साइज घटाउन सक्नुहुन्छ। ती स्टेप्सहरु हेरौँ।

१) यहाँ Select a file लेखिएको ठाउँमा क्लिक गर्नुहोस् र आफुलाई साइज घटाउनु परेको पिडिएफ फाइल ब्राउज   गरेर सेलेक्ट गर्नुहोस् या त्यो फाइल ड्राग गरेर ड्रप पनि गर्न सकिन्छ।

२) यसमा फाइल अपलोड भएपछि कम्प्रेसन लेभल छान्नुहोस्। कम्प्रेसन लेभल भनेर तपाईँहरुले यहाँ हाइ, मिडियम र लो गरी तीनवटा लेभल भेट्हुहुनेछ। 

३) आफुलाई मन लागेको कम्प्रेसन लेभल छानेर कम्प्रेसमा थिच्नुहोस्। कम्प्रेस भएको फाइललाई तपाईँहरुले डाउनलोड गर्न सक्नुहुन्छ। नत्र लिंक कपि गरेर लिंक पनि सेयर गर्न सक्नुहुन्छ। यसबाहेक कम्प्रेस भएको पिडिएफ फाइलमा थप एडिट पनि तपाईँहरुले यहाँ गर्न सक्नुहुन्छ।

यसको एक मात्र उराम्रो पक्ष भनेको यसमा एक पटकमा एउटा फाइलमात्र अपलोड गर्न पाउनु हो।

एडब एक्रोब्याट पिडिएफ कम्प्रेसर मा जानुहोस

आइलभपिडिएफ पिडिएफ कम्प्रेसर (ilovepdf pdf compressor)

I LOVE PDF
ilovepdf

आइलभपिडिएफमा एकैपटकमा धेरै पिडिएफ फाइलहरु एकै साथ कम्प्रेस गर्न सकिन्छ। यसको यस विशेषताले यसलाई एडबको पिडिएफ कम्प्रेसर भन्दा राम्रो तुल्याएको छ।

आइलभपिडिएफमा पिडिएफ डक्युमेन्टहरु कम्प्रेस गर्न तल उल्लेखित स्टेप्सहरु प्रयोग गर्न सकिन्छ।

१) Select PDF Files मा थिचेर आफुलाई चाहिएको पिडिएफ फाइल अपलोड गर्नुहोस् वा त्यस फाइललाई ड्राग र ड्रप गर्नुहोस्। एउटा फाइल सेलेक्ट भएपछि यसले अरु फाइल अपलोड गर्न पनि अपसन प्रदान गर्छ। यसरी एकैसाथ यसमा धेरै पिडिएफ फाइलहरु अपलोड गर्न सकिन्छ।

२) साइज कम्प्रेसनको लागि यसमा एक्स्ट्रिम कम्प्रेसन, रेकमेन्डेड कम्प्रेसन र लेस कम्प्रेसन गरी तीनवटा अप्सनहरु प्रदान गरिएको हुन्छ। आफुलाई चाहिने फाइल साइज अनुसार कुनै एक अप्सन छान्नुहोस्।

३) कम्प्रेस भएका डक्युमेन्टहरु सेभ गर्नुहोस् या माई ड्राइभमा अपलोड गर्नका साथै सेयर पनि गर्न सक्नुहुनेछ।

आइलभपिडिएफ पिडिएफ कम्प्रेसर मा जानुहोस

पिडिएफ2गो (pdf2go)

PDF2GO
PDF2GO

अनलाइन पिडिएफ साइज कम्प्रेसरमा अर्को नाम रहेको छ पिडिएफ2गो। यसमा पनि एकैसाथ धेरै पिडिएफ फाइलहरु अपलोड गर्न सकिन्छ। 

पिडिएफ2गो प्रयोग गर्न निम्नलिखित स्टेप्सहरु पछ्याउनुहोस्।

१) Choose Files बाट फाइल ब्राउज गर्नुहोस् वा त्यस फाइललाई ड्राग र ड्रप पनि गर्न सकिन्छ। एउटा फाइल अपलोट भएपछि फेरी Choose Files मा क्लिक गरेर अर्को फाइल पनि अपलोड गर्न सकिन्छ।

२) यसमा बेसिक कम्प्रेसन र स्ट्रङ्ग कम्प्रेसन गरी दुई थरीका कम्प्रेसन अपसनहरु तपाईँहरुले पाउनुहुनेछ। आफुलाई मिल्ने अप्सन छान्नुहोस्।

३) Start मा क्लिक गर्नुहोस् र कम्प्रेस भएको फाइल आफ्नो कामको लागि प्रयोग गर्नुहोस्। 

पिडिएफ2गो  मा जानुहोस

पिडिएफ कम्प्रेसर (pdfcompressor)

PDF Compressor

यो पनि एउटा अनलाइन कम्प्रेसर हो। पिडिएफ कम्प्रेसरमा Upload Files मा थिचेर फाइल एक पटकमा एउटा गरी धेरै पटक युज गरेर निकैवटा फाइल्सहरु अपलोड गर्न सकिन्छ।

फाइलहरु अपलोड हुने बित्तिकै यसले अटोमेटिक फाइलको साइज कन्भर्ट गर्दिन्छ। यसले गर्दा यसमा फाइल 

कम्प्रेसनको लागि कुनै अपसन प्रदान गरिएको हुँदैन।

पिडिएफ कम्प्रेसर मा जानुहोस

मोबाइलका लागि केहि फ्रि पिडिएफ कम्प्रेसर 

हरेक पटक हामी कम्प्युटरको पहुँचमा नहौँला। यस्तो बेलामा हामीलाई मोबाइलबाट फाइल साइज कम्प्रेस गर्नु पर्ने हुन्छ। मोबाइलको लागि केहि राम्रा पिडिएफ फाइल साइज कम्प्रेसरहरुमा प्रकास पारौँ।

कम्प्रेस पिडिएफ फाइल (Compress PDF File)

Compress PDF File
Compress PDF File

यो एउटा एन्ड्रोइड सिस्टम एप हो जसबाट तपाईँहरुले आफ्नो पिडिएफ फाइलको साइज घटाउन सक्नुहुन्छ। ५ एमबिको मात्र साइज भएकोले तपाईँको स्टोरेजमा यसले न्युन स्पेस ओगट्छ भने यो पिडिएफ फाइलको साइज कम्प्रेस गर्न मात्र बनाइएको हो।

यसमा फाइल साइज कम्प्रेस गर्न निकै सजिलो छ र निम्नलिखित स्टेप्सहरु पछ्याउँदै तपाईँहरुले आफ्नो पिडिएफ फाइलको साइज घटाउन सक्नुहुन्छ।

१) यस एप भित्र तपाईँहरुले Open PDF लेखिएकोठाउँमा क्लिक गर्नुहोस् र आफुलाई कम्प्रेस गर्न चाहिएको फाइल ब्राउज गर्नुहोस्।

२) फाइल अपलोड भएपछि एक्स्ट्रिम कम्प्रेसन, रेकमेन्डेड कम्प्रेसन तथा लेस कम्प्रेसनमध्ये कम्प्रेस गर्दा चाहिने फाइल साइजको लागि कुनै एउटा कम्प्रेसन सेलेक्ट गर्नुहोस्। सबैभन्दा सानो साइजको लागि एक्स्ट्रिम कम्प्रेसन सेलेक्ट गर्नुहोला।

३) कम्प्रेसन लेभल सेलेक्ट गर्नुभएपछि Compress मा थिच्नुहोस्। कम्प्रेस भएपछि नयाँ फाइल पुरानो फाइलकै लोकेसनमा गएर सेभ हुन्छ।

कम्प्रेस पिडिएफ फाइल डाउनलोड गर्नुहोस।

पिडिएफअप्टिम (PDFOptim)

PDFOptim
PDFOptim

यो एपबाट पनि तपाईँहरुले आफ्नो पिडिफ फाइलको साइज घटाउन सक्नुहुन्छ। यो पनि एउटा लाइटवेट एप हो र यसले मात्र १० एमबिको साइज बोकेको छ।

यो एपबाट निम्नलिखित स्टेपहरु पछ्याउँदै आफ्नो पिडिएफ फाइलको साइज कम्प्रेस गर्न सक्नुहुन्छ।

१) यस एपभित्र तलतिर दायाँतिर देखिने ‍‌‌(+) आइकनमा थिच्नुहोस् र कम्प्रेस गर्नुपर्ने फाइल ब्राउज गर्नुहोस्।

२) फाइल अपलोड भएपछि स्क्रिनको माथिल्लो भागको दायाँतिर रहेको कम्प्रेस आइकनमा थिच्नुहोस्। 

३) आफुलाई चाहिएको जति रेजोल्युसन र क्वालिटि मिलाएर Optimize मा ट्याप गर्नुहोस्। यति गरेपछि तपाईँहरुको पिडिएफ फाइलको साइज कम्प्रेस हुनेछ।

पिडिएफअप्टिम डाउनलोड गर्नुहोस।

स्मलपिडिफ (Smallpdf)

Small PDF
Small PDF

स्मल पिडिएफ प्रयोग गरेर पनि पिडिएफ फाइलको साइज घटाउन सकिन्छ। यसमा साइज कम्प्रेस गर्नुका साथै अन्य विभिन्न सुविधाहरु पनि यसमा प्रदान गरिएको हुँदा यो फाइल कम्प्रेसरको रुपमा मात्र सिमित नभइ अन्य विभिन्न प्रयोजनको लागि पनि काममा आउँछ।

स्मलपिडिएफ बाट पिडिएफ फाइलको साइज कम्प्रेस गर्नलाई निम्नलिखित स्टेपहरु हेर्नुहोस्।

१) एप स्क्रिनमा तल ‌(+) आइकनको दायाँपटि रहेको Tools ट्याबमा थिच्नुहोस्।

२) टुल्स ट्याब भित्र रहेको लिस्टमा Compress PDF मा क्लिक गर्नुहोस्।

३) Add Files मा क्लिक गर्नुहोस् र आफुले कम्प्रेस गर्न खोज्नुभएको पिडिएफ फाइल छान्नुहोस्। 

४) फाइल अपलोड भएपछि त्यस फाइललाई सेलेक्ट गर्नुहोस् र Next मा दाब्नुहोस्।

५) तपाईँहरुलाई Strong Compression र Basic Compression गरि दुईवटा अप्सनहरु प्रदान गरिनेछ जुनमा Strong Compression चलाउन प्रो भर्जनको सब्सक्रिप्सन लिनुपर्ने हुन्छ भने हालको लागि Basic Compression मात्र चलाउन पाउनु हुनेछ।यति गर्दा यसले तपाईँहरुको पिडिएफ फाइलको साइज घटाउँछ।

एडोब एक्रोब्याट, आइ लभ पिडिएफ र अन्य विभिन्न मोबाइल एप्लिकेसनहरु पनि उपलब्ध छन् जसमा पिडिएफ फाइलको साइज कम्प्रेसन बाहेक अरु थुप्रै सुविधाहरु रहेका हुन्छन्। तर यस्ता एपहरुमा पिडिएफ फाइल कम्प्रेसनका लागि सब्सक्रिप्सन लिनु पर्ने हुन्छ। त्यसैले पिडिएफ फाइल कम्प्ररेसनको लागि मात्रै काम गर्नलाई माथिका फ्रि एपहरुकै प्रयोग गर्नु उचित हुन्छ।  

स्मलपिडिफ डाउनलोड गर्नुहोस।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.