सार्क राष्ट्रिय भित्र नेपालको इन्टरनेट स्पीड सबैभन्दा छिटो

Saarc countries broadband speed

ओक्लाले हालै सार्वजनिक गरेको ग्लोबल ब्रोडब्यान्ड इन्टरनेट स्पीड रिपोर्ट अनुसार फिक्स्ड ब्रोडब्यान्ड श्रेणीमा नेपालको  इन्टरनेट स्पीड सार्क क्षेत्रमा सबैभन्दा छिटो रहेको पाइएको छ। अर्थात् फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट स्पिडको मामिलामा इंडिया जस्ता छिमेकी देशहरुलाई उछिन्दै नेपाल सार्क क्षेत्रमा शीर्ष स्थानमा पुग्न सफल भएको छ । यस्तै नेपाल फाइबर इन्टरनेट स्पिडको रिपोर्टमा ५५.५७ एमबीपीएस डाउनलोड स्पीडका साथ १८२ राष्ट्रमध्ये ८२औँ स्थानमा रहेको छ। यसबाहेक रिपोर्टलाई हेर्ने हो भने, नेपालको अपलोड स्पीड ५०.०३ एमबीपीएस र लेटेंसी ५ मिलिसेकेन्ड रहेको देख्न सकिन्छ। 

यो पनि पढ्नुहोस्ः

सार्क राष्ट्र भित्र हेर्ने हो भने, लामो समय सम्म पहिलो स्थानमा रहेको इंडियालाइ पछि पार्दै नेपाल सबैभन्दा बढी औसत डाउनलोड स्पीड ५५.५७ एमबीपीएसका साथ पहिलो स्थानमा आउन सफल भएको हो। यस्तै ५३.४२ एमबीपीएस डाउनलोड स्पीडका साथ इंडिया सार्क राष्ट्र भित्र दाेस्रो र ग्लोबलमा भने ८५ औं स्थान रहेको छ। यस संगै औसत डाउनलोड स्पीड ३७.९२ एमबीपीएससँग बंगलादेश तेस्रो स्थानमा र त्यसपछि श्रीलंका १९.५३ एमबीपीएसको साथ चौथाे स्थानमा रहेकाे छ। साथै पाकिस्तान र भुटानकाे औसत डाउनलोड स्पीड ११.३० एमबीपीएस र १०.७७ एमबीपीएस सहित क्रमशः पाँचौं र छैटौं स्थानमा छन्।

त्यस्तै, सार्क राष्ट्र भित्र पर्ने भित्र पर्ने माल्दिभ्स ९.८४ एमबीपीएस डाउनलोड स्पीडका साथ सातौं स्थानमा छ भने सबै भन्दा थोरै औसत डाउनलोड स्पीड २.७२ एमबीपीएसका साथ अफगानिस्तान सार्क भित्र अन्तिम र ग्लोबलमा १८१औं स्थानमा रहेको छ। 

देशडाउनलोड स्पीड (Mbps )सार्क ग्लोबल
नेपाल५५.५७१ ८२ 
भारत५३.४२ २ ८५ 
बंगलादेश३७.९२३ १०६ 
श्रीलंका१९.५३४ १३७ 
पाकिस्तान११.३०५ १५० 
भुटान१०.७७६ १५२ 
माल्दिभ्स९.८४७ १५८ 
अफगानिस्तान२.७२८ १८१ 

ग्लोबल रैंकिंगको कुरा गर्ने हो भने, नेपाल ८२औँ, भारत ८५औँ, बंगलादेश १०६औँ, श्रीलंका १३७औँ, माल्दिभ्स १५८औँ, पाकिस्तान १५०औँ, भुटान १५२औँ र अफगानिस्तान १८१औँ स्थानमा छन् ।

नेपालले पछिल्लो समय यता फिक्स्ड ब्रोडब्यान्ड श्रेणीमा सुधार गर्दै आइरहेको छ, यहि कुरा रिपोर्टमा पनि स्पष्ट रूपमा देख्न सकिन्छ। यसो हुनुको कारण इन्टरनेट सेवा प्रदायकहरु बीच बढ्दो प्रतिस्पर्धा र इन्टरनेट सेवाको लागि लाग्ने कम मूल्य हुन सक्ने अनुमान गर्न सकिन्छ। सुधारिएको इन्टरनेट स्पीड नेपाली व्यवसाय र उपभोक्ताहरूका लागि खुसीको खबर हो। यसले गर्दा व्यवसायहरू आफ्ना व्यवसाय अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सक्षम हुनेछन् र उपभोक्ताहरूले पनि राम्रो अनलाइन अनुभवको आनन्द लिन सक्नेछन्।

तर, अझै पनि केहिँ समस्या र चुनौतीहरू भने छन्, जस्तै कि इन्टरनेट सेवा देशभर समान रूपमा वितरण भएको छैन र देशका केही भागहरूमा मात्र राम्रो इन्टरनेट स्पीड छ। यसबाहेक इन्टरनेट सेवाको गुणस्तर, प्रदायक अनुसार पनि फरक पर्ने गर्छ।

जहाँ नेपालले फिक्स्ड ब्रोडब्यान्ड श्रेणीमा राम्रो सुधार गरी इन्टरनेट सेवा प्रयोग अनुभवलाई पनि परिवर्तन गरेको छ । मोबाइल ब्रोडब्यान्ड श्रेणीमा भने नेपालको प्रदर्शन निराशाजनक रहेको छ। ओक्लाको रिपोर्ट अनुसार मोबाइल डेटामा नेपाल १३.९६ एमबीपीएस डाउनलोड र ९.४८ एमबीपीएस अपलोड स्पीडका साथ १४३ राष्ट्रमध्ये १२७ औं स्थानमा छ। 

  • ई-पासपोर्टको लागि आवेदन कसरी भर्ने यहाँ हेर्नुहोस्:

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.