सामसङ ग्याल्याक्सि S23 Ultra कस्तो छ? नेपालमा प्रि-अडर गर्नेलाई अफर!!!

Galaxy S23 Ultra

लो रेन्जका फोनहरुका लागि खासै चर्चित नहुने सामसङ ब्रान्ड हाई रेन्ज अर्थात फ्लागसिप फोनहरुको लागि भने धेरै चर्चित हुने गरेको छ। पहिले देखि नै प्रिमियम फोनहरुको लागि सामसङ ब्रान्डले निकै नै प्रसंशा बटुल्दै आएको छ।

गत वर्षनै (२०२२ मा) पनि सामसङले S22 Ultra निकालेको थियो जुन् फोनले धेरै प्रसंशा बटुल्न सफल भएको थियो। नहोस् पनि कसरी जब यस फोनले गत वर्षको सबैभन्दा लोकप्रिय फोन आइफोन १३ प्रो म्याक्स (iphone 13 pro max) लाई झन्डै बराबरको टक्कर दिन खोजेको थियो।  

२०२३ फेब्रुवरी १७ मा सामसङ ब्रान्डले S23 सिरिज रिलिज गर्दै छ जुनमा S23, S23+ र S23 Ultra पर्छन्। S23 Ultra मा S22 Ultra भन्दा तुलनात्मक रुमपा केहि कुराहरु फेरिएका छन्। 

समग्रमा सामसङ ग्याल्याक्सि S23 Ultra कस्तो रहेको छ त? आउनुहोस् बिस्तारमा हेरौँः-

डिजाइन र बडि

यसको डिजाइन केहि नयाँ हुनेछ भनेर सोच्नुभएको छ भने यसमा पक्कै तपाईँहरुलाई निरासा लाग्नेछ किनकी डिजाइनमा खासै केहि परिवर्तन भएको छैन र S22 Ultra सँग मिल्दोजुल्दो डिजाइन रहेको छ। बाहिरबाट हेर्दा S22 Ultra र S23 Ultra ठम्याउन गार्हो पर्छ।

तर यसमा फरक नै नभएको भन्ने होइन। यसमा पछाडि रहेको रियर क्यामेराको रिङ साइज S22 Ultra को भन्दा ठुलो रहेको छ भने  रङको प्रकार पनि थपिएको छ र डिस्पले चेप्ट्याइएको छ। 

डिमेन्सन

यो S22 Ultra सँग मिल्ने 163.4 x 78.1 x 8.9mm (6.43 x 3.07 x 0.35 in) डिमेन्सन भएको फोन हो । 

वजन

S22 Ultra को तुलनामा यसमा थोरै वजन थपिएको छ। यसको वजन २३४ ग्राम रहेको छ।

बिल्ड क्वालिटि

बिल्ड क्वालिटिको कुरा गर्दा यसमा अगाडि र पछाडि दुबै तिर पहिलो पटक गोरिल्ला ग्लास भिक्टस २(Gorilla Glass Victus 2) को प्रोटेक्सन प्रदान गरिएको छ जुन S22 Ultra को भिक्टस प्लसको अपग्रेड हो। छेउछाउको लागि भने पहिले जस्तै अलुमिनियम फ्रेमकै प्रयोग गरिएको छ।

सिम

सिममा पनि केहि फरक छैन र पहिले जस्तै न्यानो र ईसिमको लागि डुवल सिम ट्रे प्रदान गरिएको छ।

डिस्प्ले

प्रकार

डिस्प्लेको लागि पहिलाकै १२० हर्ट्जको रिफ्रेस रेट भएको डाइन्यामिक एमोलेड २एक्स (Dynamic AMOLED 2X) प्यानल र एचडिआर १०‌ प्लस(HDR 10+)  डिस्प्लेको प्रयोग गरिएको छ।

ब्राइटनेस

पहिलेकै सरह यसको ब्राइटनेस पनि बढिमा १७५० निट्स(1750 nits) सम्म पुग्न सक्छ भने रातिको लागि यसको ब्राइटनेस S22 Ultra भन्दा अझै कम रहेको छ। 

स्क्रिन रेजोल्युसन

यो फोनको रेजोल्युसन पनि परिवर्तन भएको छैन र १४४० x ३०८८ पिक्सेल्स(3088 x 1440 pixels) कै रहेको छ।

चिपसेट र सफ्टवेयर

चिपसेट

चिपसेटको प्रयोगमा पहिले भन्दा ठुलो फरक देख्न सकिन्छ। S22 Ultra ले प्रयोग गरेको एक्जिनस २२०० (Exynos 2200) र स्न्यापड्रागन ८ जेन १(Snapdragon 8 Gen 1) चिपसेटमा ठुलो फड्को मारेर S23 Ultra मा स्न्यापड्रागन ८ जेन २(Snapdragon 8 Gen 2) को प्रयोग गरिएको छ। 

जेन १(Gen 1) भन्दा जेन २(Gen 2) निकै नै पावरफुल चिपसेट भएकोले एप्सहरुलाई त्यति नै छिटो प्रोसेस गर्न सक्छ। यस चिपमा ३.३६GHz मा क्लक गरिएको प्राइम Cortex-X3 भएको हुनाले यो बजारकै सबैभन्दा छिटो चल्न सक्ने फोनहरुमधये एउटा हो।

यस्तो पनि पहिलो पटक हेँदै छ कि सामसङले सँधै युज गरिरहेको एक्जिनस चिपसेट छोडेर स्न्यापड्रागनलाई मात्र फोकस गरेको छ।

अपरेटिङ सिस्टम र इन्टर्फेस

S22 Ultra को एन्ड्रोइड १२(Android 12) लाई युज नगरी हालै निक्लेको एन्ड्रोइड १३(Android 13) लाई युजमा ल्याउँदै S23 Ultraले बजार प्रवेश गर्ने भएको छ।

इन्टर्फेसमा पनि S22 Ultra मा प्रयोग भएको वान युआई ५(One UI 5) लाई अप्ग्रेड गरेर वान युआई ५.१(One UI 5.1) ल्याएको छ।

क्यामेरा

क्वाड क्यामेरा सेटप

प्राइमेरी लेन्स

अर्को कुनै ठाउँमा यदि S23 Ultra लाई अप्ग्रेड गरिएको छ भने त्यो हो यसको मेन क्यामेरा। S22 Ultra को १०८ एमपि/एफ १.८ (108 MP/f1.8) भएको मेन क्यामेरा नभई यसमा २०० एमपि/एफ १.७ (200 MP/f1.7)को मेन क्यामेरा रहेको छ। 

फोटोहरु हेर्नुभयो भने यसमा S22 Ultra भन्दा अझ बढी राम्रो स्किन टोन भएको र राम्रो खुलेको फोटोहरु पाउनुहुनेछ।

अन्य फिचर्सहरुमा त्यति भिन्नता छैन। यो बाहेक यसमा भिडियो 8K@30/24fps मा रेकर्ड गर्न सकिन्छ जुन S22 Ultra मा 8K@24fps सम्म मात्र मिल्थ्यो। तर युजको क्रममा खासै फरक देखिँदैन। 

यस बाहेक यसमा 4K@30/60fps, 1080p@30/60/240fps र 720p@960fps मा भिडियो खिच्न मिल्छ।

प्राइमेरी लेन्सको अर्को विशेषता भनेको ओआइएस(OIS) हो जुनले भिडियोहरु खिच्दा हात हल्लिँदा पनि स्थिर भिडियो बनाउँछ।

अल्ट्रा वाइड एङ्गल लेन्स

यो लेन्सले १२०डिग्री सममको वाइड भिउ भएको फोटो निकाल्छ। नर्मल फोटो खिच्दा फ्रेम भित्र समावेसश गर्न सकिएन भने यसको काम आउँछ।

यो लेन्स तपाईँहरुले १२ एमपि /एफ २.२(12 MP/f2.2)को पाउनुहुनेछ। यसमा ओआइएस(OIS) को सपोर्ट पनि हुन्छ।

टेलिफोटो लेन्स

यहाँ दुईवटा टेलिफोटो लेन्सको प्रयोग गरिएको छ जुनमा एउटा टेलिफोटो लेन्सले ३x(3x) अप्टिकल जुम दिन्छ भने अर्को पेरिस्कोप टेलिफोटो लेन्सले १०x(10x) अप्टिकल जुम दिन्छ।

टेलिफोटो लेन्स १० एमपि/ एफ २.४(10 MP/f2.4) को हुन्छ भने पेरिस्कोप टेलिफोटो लेन्स १० एमपि/एफ ४.९(10 MP/f4.9) को हुन्छ।

दुवै टेलिफोटो लेन्समा आइएस(OIS) को सपोर्ट हुन्छ।

सेल्फि क्यामेरा

सेल्फि क्यामेरामा भने मेन क्यामेराको फरक मामला रहेको छ। यहाँ सेल्फि क्यामेरा १२ एमपि(12 MP) को रहेको छ जुन S22 Ultra मा ४० एमपि(40 MP) को थियो।

तर आस्चर्यको कुरा यो छ कि फोटो स्याम्प्लिङ गर्दा S22 Ultra बाट लिइएको सेल्फि भन्दा S23 Ultra बाट लिइएको सेल्फिको क्वालिटि राम्रो देखिन्छ।

डुवल भिडियो कल, अटो एचडिआर(Auto HDR), एचडिआर १०‌‌ प्लस(HDR 10+) जस्ता फिचरहरु पनि सेल्फि क्यामेरामा प्रदान गरिएको छ।

मेमोरी र स्टोरोज

यस लेभलका अन्य फोनहरु जस्तै यसमा पनि एक्स्टर्नल मेमोरीको लागि डेडिकेटेड स्पेस उपलब्ध गराइएको छैन। यसको र्याम र इन्टर्नल मेमोरीको आधारमा यो फोनको चारवटा भेरियन्टहरु तपाईँहरुले भेट्न सक्नुहुन्छ। ती भेरियन्टहरु निम्नलिखित रहेका छन्ः-

८ जिबि र्याम र २५६ जिबि इन्टर्नल मेमोरी

१२ जिबि र्याम र २५६ जिबि इन्टर्नल मेमोरी

१२ जिबि र्याम र ५१२ जिबि इन्टर्नल मेमोरी

१२ जिबि र्याम र १ टिबि इन्टर्नल मेमोरी

स्टोरेजमा पनि S22 Ultra को युएफएस ३.१()UFS 3.1) स्टोरेजलाई अप्ग्रेड भएर युएफएस ४.०(UFS 4.0) स्टोरेजको युज गरिएको छ।

कनेक्टिभिटि

S23 Ultra ले ५जि(5G), वाइफाइ यथावत नै राख्दै कनेक्टिभिटि अन्तर्गत सेटलाइट कम्युनिकेशन थपेको छ र ब्लुटुथको भर्जन ५.३ समावेश गरेको छ। 

ब्याट्रि र चार्जिङ

ब्याट्रि र चार्जिङमा पनि अप्ग्रेड नहुने हुँदा यसको ब्याट्रि पनि ५००० एमएएच(5000 mAh) मा यथावतनै छ र चार्जिङको लागि ४५वाटको वायर्ड, १५ वाटको वायरलेस र ४५ वाटको रिभर्स वायरलेस चार्जर प्रदान गरिएको छ।

मुल्य

१२ जिबि र्याम र २५६ जिबि इन्टर्नल मेमोरी भएको भेरियन्टको तुलना गर्ने हो भने S22 Ultra को मुल्य नेपाली रु.१,७९,९९९ पर्थ्यो भने S23 Ultra को त्यहि भेरियन्ट (जुन बेस भेरियन्ट पनि हो) को मुल्य नेपाली रु.१,९१,९९९ रहेको छ।

५१२ जिबि इन्टर्नल मेमोरी भएको भेरियन्टको मुल्य नेपाली मार्केटमा रु. २,०९,९९९ रहेको छ।

अन्य विशेषताहरु

  • सिपियुः अक्टा-कोर (Octa-core:1×3.36 GHz Cortex-X3 + 2×2.8 GHz Cortex-A715 + 2x Cortex-A710 + 3×2.0 GHz Cortex-A510)
  • जिपियुः अड्रेनो ७४०(Adreno 740)
  • सेक्युरिटिः अन्डर डिस्प्ले अल्ट्रासोनिक फिङ्गरप्रिन्ट सेन्सर
  • स्पिकरः स्टेरियो स्पिकर्स
  • सेन्सरः एक्सेलेरोमिटर, जाइरो, प्रक्सिमिटि, कम्पास, ब्यारोमिटर
  • नेपालमा कलर अप्सनः ग्रीन, क्रीम, फ्यान्टम ब्ल्याक, ल्याभेन्डर
  • नेटवर्कः जिएसएम(GSM), सिडिएमए(CDMA), एचएसपिए(HSPA), इभिडिओ(EVDO), एलटिइ(LTE), ५जि(5G) 
  • रेटिङः आइपि६८ (IP68) रेटिङ प्राप्त

प्रि-अर्डर अफर

नेपालमा फेब्रुवरी २ बाट फेब्रुवरी २२ सम्म यस फोनको प्नि-अर्डर गर्न सकिन्छ। सामसङ नेपालले S23 Ultra को पर्चेजमा ०% ईएमआई(EMI) र एक वर्षको ब्रेकेज इन्स्युरेन्स(breakage insurance) दिने भएको छ।

यस बाहेक पनि नेपालबाट सामसङ ग्याल्याक्सि प्रि-अर्डर गर्नेहरुलाई तीनवटाअफरहरु छुट्याइएका छन् जुनमध्ये कुनै एक अफरको फाइदा तपाईँहरुले लिन पाउनुहनेछ।

डबल मेमोरी अप्ग्रेड र समार्ट कभर फ्रिः

यसको अर्थ भनेको यदि तपाईँहरुले २५६जिबिको सेट अर्डर गर्नुभएको छ भने सोहि मुल्यमा ५१२जिबिको सेट पाउन सक्नुहुनेछ र ५१२ जिबिको सेट मगाउनुभएको छ भने त्यो सेट २५६जिबिको रेन्जमा पाउन सक्नेहुनेछ।

ग्याल्याक्सि ट्याब ए८ एलटिइ(Galaxy Tab A8 LTE)मा भारी छुटः

नेपाली रु.४२,४९९ मुल्य पर्ने यो ट्याब तपाईँहरुले मात्र रु.९,९९९ मा भेट्न सक्नुहुनेछ।

ग्याल्याक्सि वाच ५ प्रो(Galaxy Watch 5 Pro)मा आधा भन्दा बढी छुटः

नेपाली रु.६४,९९९ मुल्य पर्ने यो वाच तपाईँहरुले मात्र रु.२९,९९९ मा पाउन सक्नुहुनेछ। 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.