स्पटिफाइमा एआइमा आधारित डिजे फीचर आउँदै  

Spotify DJ

एआइले संसारमा तहल्का मच्चाउने क्रम जारी छ । तीन महिना अगाडि जुन कम्पनीले च्याटजिपिटि लञ्च गरेर तहल्का मच्चाएका थिए, त्यसैले अहिले स्पटिफाइमा एआइमा आधारित डिजे फिचर उपलब्ध गराएको छ र यो तपाईँको लागि तपाईँकै स्पटिफाइ-गतिविधिमा आधारित भएर personalized DJ बन्नेछ ।

हुन त स्पटिफाइले यसअघि नै आफ्ना ग्राहकको लागि डेलि मिक्स र डिस्कभरी विक्लि जस्ता स्व-सिर्जित प्लेलिष्ट (auto-generated playlist) लगायत अन्य थुप्रै personalized settings हरू प्रयोगमा ल्याइसकेको छ । 

तर अहिलेको डिजेको फरक चाहिं यसले स्पटिफाइको पर्सनलाइजेशन टेक्नोलोजी र ओपन एआइले बनाएको जेनेरेटिभ एआइलाई संयुक्त रूपमा जोडेर अभूतपूर्व अनुभव सिर्जना गरिदिन्छ । यसले तपाईँकै हातमा एआइ प्रविधि ल्याइदिन्छ ताकी तपाईँलाई मनपरेका गीतसङ्गीत, सर्जक वा विधाका बारेमा गहन जानकारीहरू तपाईँले पाउनुहुन्छ ।

मानव डिजेजस्तै यो स्पटिफाइको डिजेले पनि कुनै गीतसङ्गीत बजिरहेको बेलामा कमेन्टरी दिने काम पनि गर्छ । त्यो कामचाहिँ यसले शब्दलाई आवाजमा बदल्ने एआइ प्रविधिको प्रयोग गरेर गर्छ । प्रारम्भिक समयमा यसले डिजेको आवाज निकाल्नको लागि Xavier “X” Jernigan सँग पार्टनरसीप गरेको छ जसले “द गेट अप” नामक मर्निङ शो होष्ट गरेको थियो, स्पटिफाइमै ।

स्पटिफाइ डिजेले तपाईँको रूचिको आधारमा तपाईँलाई मनपर्न सक्ने अन्य गीतसङ्गीत निकाल्छ, तपाईँकै लागि पर्सनलाइज्ड गरिएको । यसले तपाईँलाई के मनपर्न सक्छ भनेर अनुमान गर्ने मात्र हैन तपाईँकै फीडब्याक अनुसार lineup अपग्रेड गर्ने काम पनि गर्छ ।

स्पटिफाइका चीफ अफिसर गुस्ताभ सोडेर्सट्रमले ट्विट गरेका छन् कि यो नयाँ डिजे फीचर भनेको “सिर्जनशील, अभिव्यक्तिशील र वास्तविक एआइ डिजे हो जसले म्युजिक र कमेन्टरीको पर्सनलाइज्ड लाइनअप प्रदान गर्छ ।”

भिडियो: स्पटिफाइ डिजेको विज्ञापन

स्पटिफाइ डिजेको सुविधा कसरी लिने ?

त्यसो भए यो सुविधा कसरी लिने भन्ने विचार तपाईँको मनमा आइरहेको होला । खासमा अहिलेको लागि यो सुविधा अमेरिका र क्यानडाका प्रिमियम ग्राहकहरूको लागि मात्र उपलब्ध छ । ती देशहरूमा एन्ड्रोइड वा आइफोनमा स्पटिफाइका प्रिमियम सब्सक्राइबरहरूको एपमा म्युजिक फीडमा जाँदा डिजे कार्ड देखिन्छ ।

त्यो डिजे कार्डमा ट्याप गरेपछि यसको डिजे एआइले तपाईँको रूचि अनुसारका गीतसङ्गीतमा ट्र्याक बजाउन र कमेन्टरी दिन सुरू गर्छ जुन यसअघि कहिल्यै नसुनिएको र अनुभव नगरिएको जस्तो तपाईँलाई लाग्छ ।

नेपालका प्रयोगकर्ताहरूले यो सुविधा कहिले पाउँछन् त्यो अहिले नै खुलाइएको छैन तर त्यो दिन टाढा छैन । आशा गरौँ, चाँडै नै त्यो दिन आउनेछ ।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.