अहिलेको अवस्था हेर्ने हो भने सामाजिक सञ्जालको प्रयोग नगर्ने सायद कोहि छैनौ होला। यसको प्रयोग बढ्दै गए संगै यस बाट हुने गैर कानूनी क्रियाकलापहरू पनि निरन्तर बढिरहेको छ । हामी आफ्नो छर-छिमेकमा पनि सामाजिक सञ्जालबाट यस्ता अवैध क्रियाकलापहरू भएको घटनाहरु सुनिरहेका हुन्छौ।
यस्ता अवैध क्रियाकलापहरूमा अश्लील भिडियो वा फोटोहरु सामाजिक सञ्जालमा राखेर कसैको चरित्र हत्या गर्ने गरेको धेरै घटनाहरु छन्। यी गतिविधिहरुले धेरै युवा-युवतीहरुको जीवनमा ठुलो नकारात्मक असर पार्छ। आहिलेको समयमा युवा-युवतीहरु यस्तै क्रियाकलापहरूका कारण एंजायटी डिसऑर्डर र डिप्रेसन जस्तो मानसिक रोगको शिकार भई आत्महत्या जस्तो ठुलो कदम उठाउन बाध्य भैरहेका छन्।
यस्ता धेरै घटना हाम्रो समाजमा घटीरहेको हुन्छ र यसका लागि व्यक्ति आफै पनि सचेत हुनु पर्छ। तर कल्पना गर्नुहोस् दुर्भाग्यवश कहिँ कतै यस्तो घटना हजुरको नजीकको मान्छेसंग हुन पुग्यो। यस्तो बेला तपाइले प्रबिधिको प्रयोग गरेर यो समस्याको समाधान गर्न सक्नु हुन्छ।
StopNCII.org एउटा यस्तो प्लेटफर्म हो जसले गैर-सहमतीमा अश्लील भिडियो वा फोटोहरु दुरुपयोग भएको छ भने त्यस्ता क्रियाकलापलाई रोक्ने काम गर्दछ। अन्तर्राष्ट्रिय परोपकारी संस्था SWGfLको एक अंश “रिभेन्ज पोर्न हेल्पलाइनद्वारा“ सञ्चालित यो प्लेटफर्मको फाइदा तपाइले पनि लिन सक्नुहुन्छ।
सामान्य भाषामा भनु पर्दा StopNCII.org ले तपाइको अश्लील भिडियो वा फोटोहरु सामाजिक सञ्जालमा कसैले राखेको छ भने, त्यस फोटो वा भिडियोलाई सबै प्ल्याटफर्मबाट हटाई दिन्छ। त्यस बाहेक कसैले तपाइको अश्लील भिडिओ वा फोटोहरु सामाजिक सञ्जालमा राखी चरित्र हत्या गर्दिन्छु भनेर ब्ल्याकमेल गर्छ भने, StopNCII.org बाट “hash” अर्थात् डिजिटल फिंगरप्रिन्ट सिर्जना गरेर उक्त फोटो र भिडियोहरु सामाजिक सञ्जालमा राख्नबाट रोक्न सक्नु हुन्छ।
यो पनि पढ्नुहोस्ः
- एनड्रोइद १४ मा आधारित “वान युआइ ६” कुन कुन सामसङ्ग फोनमा आउदै, यस्तो छ सुची
- एस्तो छ शाओमीको बायो-इन्सपायर्ड रोबोट “साइबरडग-२”
- एक लाख पैँसट्ठी हजारमा शाओमीको नयाँ फोल्डेबल फोन सार्वजनिक, के के छ विशेषता?
- “कर्भ डिस्प्ले” भएको मोटोरोलाको नया फोन “मोटो एज ४०” नेपालमा छिटै आउदै
stopncii.org कसरी पर्योग गर्ने ?
स्टेप १ : आफ्नो वेब ब्राउजरमा stopncii.org भनेर सर्च गर्नुहोस।
स्टेप २: यसको होम पेजमा “Create Your Case” लेखिएको बटन देख्नु हुने छ, त्यहाँ क्लिक गर्नुहोस्।
स्टेप ३: क्लिक गर्नु भए पछि एउटा नयाँ पेज खुल्छ, त्यहा सोधिएको सबै बिवरण भर्नुहोस् र “next” बटनमा क्लिक गर्नुहोस्।
स्टेप ४: यहाँ भने तपाइले आफ्नो दुरुपयोग भएको भिडियो वा फोटोहरु सेलेक्ट गर्नुस र तलको “next” बटनमा क्लिक गर्नुहोस्।
Note : तपाइले सेलेक्ट गरेको फोटो र भिडिओ यहाँ सेभ हुदैन। त्यो फोटो र भिडियोहरु स्क्यान मात्र हुन्छन र एउटा “Hash” अर्थात् डिजिटल फिंगरप्रिन्ट सिर्जना हुन्छ। आफ्नो ग्यालरीबाट फोटो र भिडिओ सेलेक्ट गर्दा सहि फोटो र भिडियो हो हैन र फाइल नाम ठिक छ छैन जाँच गर्नु होला।
स्टेप ५: त्यहाँ तपाईले आफ्नो पर्सनल आइडेंटिटी फिक्स नंबर अर्थात् “PIN” सिर्जना गर्नु पर्ने हुन्छ। तपाईंको PIN कम्तिमा ६-१० क्यारेक्टर लामो हुनुपर्छ। PIN सिर्जना गर्नु भए पछि तलको चेक-बक्समा “I also understand that if I lose my case number or my PIN, I will not be able to check my case status” लेखेको देख्नुहुने छ त्यसलाई सेलेक्ट गरि “next” बटनमा क्लिक गर्नुहोस्।
स्टेप ६: यहाँ तपाइले “I understand that by creating a case, I consent to my hash(es) being shared with participating companies” लेखिएको चेक-बक्स र “I’m Not a Robot” लेखिएको चेक-बक्सलाई सेलेक्ट गरि “Submit” बटनमा क्लिक गर्नुहोस्।
यति गरेपछि तपाईले एउटा केस नम्बर पाउनुहुनेछ जुन तपाईले सुरक्षित रूपमा राख्नु पर्ने हुन्छ। माथि भएको ”Check Case Status” मा क्लिक गरेर तपाइले आफ्नो केस नम्बर र PIN राखेर केस स्टाटस थाहा पाउन सक्नु हुन्छ।
साथै तल भएको “Withdraw case” बटनमा क्लिक गरेर केस रद्व गर्न पनि सक्नुहुन्छ। यी माथि भनिएका सबै प्रक्रिया पुरा गरिसके पछि आफ्नो नजीकको प्रहरी चौकीमा उजुरी पनि दिनु होला।
- फोन किन स्लो हुन्छ र यसो हुन नदिन के गर्ने भनेर हेर्न: