नेपाली कम्पनी अल्टिमा लाइफस्टाइलले यही नोभेम्बर ६, २०२३ मा आफ्नो दुईओटा नयाँ प्रोडक्ट ‘अल्टिमा वाच नोभा प्रो’ र ‘अल्टिमा बुम १४१ एएनसी इयरबड’ लन्च गर्ने भएको छ। यस लेखमा भने हामी अल्टिमा वाच नोभा प्रो को विशेषता, डिस्प्ले डिजाइन, पर्फमेन्स, लगायत नेपालमा पर्ने मूल्यको (Ultima Watch Nova Pro Price in Nepal) बारेमा कुरा गर्नेछौ।
“अल्टिमा वाच नोभा प्रो” विस्तृतमा:
डिजाइनको कुरा गर्नु पर्दा, अल्टिमाले वाच नोभा प्रोमा बक्स जस्तो स्क्वायर लुक दिएको छ। साथै फ्रेममा भने प्रिमियम Zinc Alloy मेटल प्रयोग गरिएको छ। यस सँगै अल्टिमाले घडीमा छुट्याउन मिल्ने सिलिकन र स्टेनलेस स्टिल भएको रिस्ट स्ट्र्याप पनि दिएको छ। यस्तै यो वाचमा तपाइले ब्ल्याक, सिल्भर र पिङ्क तीनओटा कलर अपशन पाउनु हुन्छ।
यस्तै अगाडी डिस्प्लेमा भने ३६८ x ४४८ पिक्सल रिजोल्युसन, ८०० निट्स पीक ब्राइटनेस र अल्वेज अन डिस्प्ले (AOD) जस्ता फिचर भएको २.०४-इन्चको टीआरयू एमोलेड डिस्प्ले पुउन सकिन्छ। त्यस्तै घडीलाई धुलो र पानीबाट जोगाउन कम्पनीले आईपी ६८ रेटिङ पनि दिएको छ। यसको वाटरप्रुफ लेभल भने जम्मा एक मिटरको गहिराइ सम्म मात्र रहेको छ, यस कारण कम्पनीले पौडी खेल्दा घडी नलगाउन सुझाव दिएको छ।
यस्तैगरि घडीमा कनेक्टिविटी लागि ब्लुटुथ भि५.३ समावेश गरिएको छ, जसले गर्दा स्मार्टवाचबाटै फोन उठाउने, फोन काट्ने, कल रेकर्ड हेर्ने, कन्ट्याक्ट हेर्ने लगायतका विभिन्न कुराहरु गर्न मिल्छ। यसको लागि वाचमा बिल्ट-इन माइक र स्पिकर पनि जडान गरिएको छ। त्यस्तै घडीलाई आफ्नो फोन सँग कनेक्ट गरि स्मार्ट नोटिफिकेसन, म्युजिक र क्यामेरा कन्ट्रोल, भ्वाइस एसिस्टेन्स जस्ता सुविधाहरू प्रयोग गर्न पनि सकिन्छ।
यससँगै स्मार्टवाचमा SpO2 सेन्सर, हार्ट रेट सेन्सर, फिमेल हेल्थ ट्रयाकिङ्ग, स्ट्रेस मोनीटरिंग जस्ता थुप्रै स्वास्थ्य सुविधाहरू पाउन सकिन्छ। यसरी घडीबाट आफ्नो हेल्थ ट्रयाकिङ गर्नुको साथै घडीमा भएको विभिन्न स्पोर्ट्स मोडहरू छानेर कसरत गर्न पनि सकिन्छ।
यस्तै ब्याट्री तिर यहाँ २५०mAh को ब्याट्री जडान गरिएको छ, र कम्पनीका अनुसार केवल १० मिनेटको चार्जले दिनभरि प्रयोग गर्नको लागि पुग्ने छ। यस्तै एक पटकको चार्जमा धेरै प्रयोगमा पनि दुईदेखि तीन दिनसम्म र सामान्य प्रयोगमा तीनचार दिन सम्म चार्ज टिक्ने कम्पनीले दाबी गरेको छ ।
अल्टिमा वाच नोभा प्रो को बिशेषता:
डिस्प्ले (Display) | २.०४” टीआरयू एमोलेड डिस्प्ले, ३६८ x ४४८ पिक्सल, ८०० निट्स |
(Built) | प्रीमियम Zinc Alloy मेटल फ्रेम |
आईपी रेटिंग (IP Rating) | आइपी ६८ वाटरप्रूफ |
कनेक्टिभिटि (Connectivity) | ब्लुटुथ भी५.३ |
हेल्थ फिचर (Health Features) | हार्ट रेट, SpO2 सेन्सर, स्लिप मोनीटरिंग, फिमेल हेल्थ ट्रयाकिङ्ग, स्ट्रेस मोनीटरिंग, एक्सेलेरोमिटर |
Sports mode | १००+ |
एप्प (Companion App) | DaFit App |
ब्याट्रि लाइफ (Battery Life) | २५०mAh |
कलर (Color) | ब्ल्याक, सिल्भर र पिङ्क |
मूल्य (Ultima Watch Nova Pro Price in Nepal and Availability)
वाच नोभा प्रो को बजार मूल्य नेपालमा रु. ५,९९९ तोकिएको छ। यद्यपि, यो सीमित समय अवधिको लागि विशेष लन्च मूल्य रु. ३,९९९ मा उपलब्ध हुनेछ। यो स्मार्टवाच नोभेम्बर ६, २०२३ बाट विशेष रूपमा दराजमा खरिदको लागि उपलब्ध हुनेछ।
स्मार्टवाच | अफर मूल्य (Offer Price) | नेपालमा आधिकारिक मुल्य (Ultima Watch Nova Pro Price in Nepal) |
अल्टिमा वाच नोभा प्रो | रु. ३,९९९ | रु. ५,९९९ |
यो पनि पढ्नुहोस्ः
- भिभोको नयाँ स्मार्टफोन “V29e” नेपालमा प्रि-अर्डरको लागि उपलब्ध
- एप्पलको नयाँ एम३ चिपसेटको साथ “१४-इन्चको म्याकबुक प्रो” सार्वजनिक
- चिनियाँ स्मार्टफोन बजारमा “अनर” शीर्ष स्थानमा पुग्न सफल
- ओप्पोको नयाँ मिड-रेन्ज स्मार्टफोन “ओप्पो ए७९ ५जी”, मूल्य र विशेषता
- युट्युब अपडेट २०२३: नयाँ सुविधा, लुक र एनिमेटेड डिजाइनहरु
Watch