ह्वाट्सअ्यापमा अब सजिलै अपरिचित कलहरू बेवास्ता गर्न सकिने ! तरिका यस्तो छ !

BLOCK WHATSAPP UNWANTED CALLS NOW!

बेलाकुबेला चिन्नु न जान्नुका मान्छेहरूले फोन गरेर हैरान पार्ने काम नयाँ हैन र यस्तो प्रवृत्ति शायद रहिरहनेछ । खासगरी आफ्नो सेवा र उत्पादनको बारेमा जानकारी दिनको लागी अनेक खाले कम्पनीहरूले तात्तो न भुत्लोको मार्केटिङ गर्न फोन गर्ने काम धेरै हुन्छ । 

झन् ह्वाट्सअ्यापमा त काम नपाएकाहरूलाई के चाहियो र ? मन लाग्दी जो पायो त्यहिलाई कल गरेर टाउको खानेहरू धेरै हुन्छन् । 

स्प्याम मेसेजहरू टन्नै हुन्छन् जसलाई बेवास्ता गर्न सकिने व्यवस्था ह्वाट्सअ्यापले पहिल्यै ल्याएको थियो । ह्वाट्सअ्यापमा तपाईँले जान्नैपर्ने अन्य फिचरहरू पनि छन् जुन ज्यादै उपयोगी हुन्छ ।

तर हामी यो लेखमा तपाईँलाई ह्वाट्सअ्यापले ल्याएको नयाँ फिचरको बारेमा जानकारी दिदैछौँ स्प्याम कलहरू वा अपरिचित मानिसले गरेका कलहरू सजिलै कसरी बेवास्ता गर्ने भनेर । साथै त्यो कसरि गर्ने भन्ने तरिका पनि सिकाउनेछौँ । 

एउटा ध्यानमा राख्नुपर्ने कुरा के भने तपाईँले ती कलहरू बेवास्ता गरेतापनि त्यसको नोटिफिकेशन चाहिँ आउँछ र कललाई लिष्टमा पनि देखाउँछ ।

यसले तपाईँलाई ह्वाट्सअ्यापमा थप सुरक्षा र शान्ति पक्कै दिन्छ र बेलाकुबेला तपाईँको मुड बिगार्ने अनिश्चित घटनाहरूबाट टाढै राख्छ ।

यो पनि पढ्नुहोस्: अ्याप पर्मिशन: कस्तो अ्यापलाई कस्ता अनुमति दिने र कस्ता अनुमति चाहीँ नदिने ?

अपरिचित कलहरू कसरी बेवास्ता गर्ने ?

अपरिचित कलहरू बेवास्ता गर्नको लागी स्वाभाविक रूपमा तपाईँले ह्वाट्सअ्याप खोलेर सबैभन्दा पहिले त्यसको दायाँपट्टिको तीनवटा तेर्सो थोप्लामा ट्याप गरेर Settings मा ट्याप गर्नुपर्छ ।
Whatsapp Choose Settings

त्यसपछि आउने सेटिङ्सको पेजमा Privacy मा ट्याप गर्नुस् ।
Tap Privacy Settings Whatsapp

त्यसपछि प्राइभेसी पेजमा स्क्रोल गरेर तलतिर रहेको Calls मा ट्याप गर्नुस् ।
Tap Calls Privacy Whatsapp

अब Calls पेजमा तपाईँले Silence unknown callers को दायाँपट्टि रहेको टगल अन गर्नुस् । 
Toggle On Silence Unknown Callers

यत्ति हो तपाईँले गर्नुपर्ने । अब तपाईँलाई अपरिचित कलहरू आउँदैनन् । केबल नोटिफिकेशन आउँछ र कलहरू लिष्टमा गएर बस्छन् । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.