व्हाट्सएपले एन्ड्रोइडमा पासवर्ड-रहित ‘पासकी फिचर’ रोलआउट गर्ने

WhatsApp Passkeys

व्हाट्सएपले आफ्नो एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि पासवर्ड-रहित पासकी (WhatsApp Passkeys) सुविधा रोलआउट गर्ने योजना बारे घोषणा गरेको छ। कम्पनीले X (ट्विटर) मा पोष्ट गर्दै, आफ्नो यो सुविधा मार्फत प्रयोगकर्ताहरुले पासवर्डहरूमा भर नपरिकन सुरक्षित रूपमा लग-इन गर्न मिल्ने कुरा बताएको छ। 

यस प्रणालीबाट प्रयोगकर्ताहरू एसएमएस-आधारित टु-फ्याक्टर औथेन्टिकेशनको सट्टा आफ्नो अकाउन्टमा फिंगरप्रिन्ट स्क्यानिङ, फेस अनलक जस्ता बायोमेट्रिक्स वा पिनको प्रयोग गरेर लग-इन गर्न सक्ने कुरा व्हाट्सएपले बताएको छ। यस्तै व्हाट्सएपका अनुसार यो फिचरले प्रयोगकर्ताका लागि लग-इन प्रक्रियालाई सजिलो र सुरक्षित बनाउन पनि मद्दत गर्नेछ।

यस्तै व्हाट्सएपले यो फिचर पहिले नै आफ्नो बीटा च्यानलहरुमा प्रयोग गरीरहेको थियो, तर अब यो सामान्य एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि पनि उपलब्ध हुने भएको छ। यद्यपि आईओएस उपकरणहरूमा यो सुविधाको सम्भावित समावेशको बारेमा भने कम्पनीले अहेलेसम्म कुनै पनि जानकारीहरु उपलब्ध गराएको छैन। यस्तै गरी आगामी हप्ता र महिनाहरूमा क्रमशः पासकी फिचर व्हाट्सएपको सबै एन्ड्रोइड उपकरणहरूमा रोलआउट हुने अपेक्षा गरिएको छ।

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.