कमाण्ड प्रम्प्टको प्रयोग गरेर वाइफाइ पासवर्ड कसरी थाहा पाउने ?

wifi password windows

कहिलेकाहीँ नयाँ डिभाइसमा पासवर्ड हाल्दा अचानक बिर्सिइन सक्छ । कहीँ टिपेर राखेका नोट वा मेमोहरु पनि हराउन वा डिलिट हुनसक्छ । यस्तो अवस्थामा लास्टै रिस उठ्नु स्वभाविक हो । खासगरी पाहुना वा साथीको अगाडी पासवर्ड बिर्सेको कुरा गर्नु साह्रै लज्जाको विषय हो किनकी उनीहरुले यसलाई “अर्कै तरिकाले” लिन सक्छन् ।

वा आफ्नै नयाँ डिभाइसमा पनि पासवर्ड हाल्न खोज्दा बिर्सन पुग्दा धेरै काम नहुनसक्छ । यस्तो अवस्थामा वाइफाइकै पासवर्ड परिवर्तन गर्नुपर्ने हुन्छ । 

तर त्यो काममा धेरै झण्झट हुन्छ किनकी अब वाइफाइमा जोडिएका हरेक डिभाइसमा पासवर्डहरु फेरी हालिदिनुपर्ने हुन्छ । यो सानो मामिला हो तर कतिपयले यसलाई ठूलै फण्डा पनि बनाइदिन्छन् । इन्टरनेेटको लतका कारण त्यो सामान्य पनि हो ।

यस्तै समस्या समाधानको लागी आज हामीले तपाईँलाई विन्डोज कम्प्युटरमा कमाण्ड प्रम्प्ट (command prompt) प्रयोग गरेर सजिलै वाइफाइ पासवर्ड कसरी थाहा पाउने भन्ने बारे जानकारी दिदैछौँ । यो गर्न निकै सजिलो छ । तपाईँ कम्प्युटरको किरा हुनुपर्दैन । 

यसका लागी तलका कदमहरु क्रमश: पछ्याउनुस् ।

१. स्टार्टमा थिचेर CMD टाइप गर्नुस् र इन्टर गर्नुस् । तपाईँले Run as administrator छानेर खोल्न पनि सक्नुहुन्छ यदी सिधै Open गर्दा भएन भने ।
Open Command Prompt

२. त्यसपछि कमाण्ड प्रम्प्ट विन्डो देखाउँछ । त्यसमा तपाईँले Netsh wlan show profile name=”Wi-Fi name” key=clear टाइप गर्नुस् । “WiFi name” को ठाउँमा तपाईँले आफ्नो वाइफाइको नाम राखेर अरु सबै कुरा उही टाइप गर्नुपर्ने हुन्छ । जस्तै तलको फोटोमा वाइफाइको नाम aadim123 छ । त्यसपछि किबोर्डमा Enter थिच्नुहोस् ।
WiFi Name Command Prompt

३. अब तपाईँको वाइफाइको बारेमा विभिन्न सूचनाहरु दिइएको विन्डो देखापर्छ । यसमा तपाईँले पासवर्ड हेर्नको लागी Security Settings अन्तर्गत रहेको Key Content मा हेर्नुपर्छ । त्यही नै तपाईँको वाइफाइको पासवर्ड हो । 
Security Settings Key Content

४. यो स्टेप चाहीँ अतिरिक्त हो किनकी यदी तपाईँलाई अहिलेसम्म तपाईँको कम्प्युटरमा जोडिएका सबै वाइफाइको पासवर्ड हेर्नुपर्यो भने तल उल्लिखित कमाण्ड टाइप गरेर Enter थिच्नुहोस् ।

for /f “skip=9 tokens=1,2 delims=:” %i in (‘netsh wlan show profiles’) do @echo %j | findstr -i -v echo | netsh wlan show profiles %j key=clear
All WiFi Passwords Command Prompt

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.