शाओमीको फ्ल्यागशिप फोन १४ सिरिज हाइपरओएस नामक नयाँ अपरेटिङ्ग सिस्टमको साथ आउने

Xiaomi new HyperOS

चिनियाँ स्मार्टफोन निर्माता कम्पनि शाओमीले १३ वर्षदेखि स्मार्टफोनहरूमा प्रयोग हुदै आएको मियूआई लाई नयाँ हाइपरओएस (HyperOS) द्वारा प्रतिस्थापन गर्ने भएको छ। यस बाहेक यो नयाँ अपरेटिङ सिस्टम शाओमी १४ सिरिजमा आधिकारिक रुपमा आउने  र २०२४ भित्रमा विश्वव्यापी रूपमा उपलब्ध हुने कुरा पनि कम्पनिले बताएको छ ।  

शाओमीका सीईओ लि जुनले (एक्स) X मा एउटा पोष्ट गर्दै, कम्पनीको नयाँ अपरेटिङ सिस्टम हाइपर ओएस हुने कुराको पुष्टि गरेका छन्। हालको लागि भने यो नयाँ ओएसको अन्य विवरणहरू बाहिरिएको छैन तर सीईओ लि जुनको पोष्टबाट यो नयाँ ओएसले स्मार्टफोन मात्र नभएर स्मार्ट होम डिभाइस, कार लगायतका २०० अन्य क्याटेगोरिजहरु पनि समेट्ने कुरा बुझ्न सकिन्छ। 

कम्पनीले २०१७ देखि नै हाइपरओएसमा काम गरिरहेको शाओमीका सीईओ लि जुनले बताएका छन् भने यस नयाँ ओएसले बिस्तारै हालका पुराना उपकरणहरूमा चलिरहेको मियूआईलाई हाइपरओएसबाट विश्वव्यापी रूपमै प्रतिस्थापन गर्ने भएको छ । साथै यो नयाँ ओएसले स्मार्टफोन र AIoT बीच हाइपर पर्फमेन्स, फ्ल्युडिटि र कनेक्टिभिटि प्रदान गर्ने विश्वास गरिएको छ। 

यहि अक्टोवरमा शाओमी १४ सिरिज लन्च हुने अनुमान गरिएको छ, र यो फोन लन्च हुदा उक्त नयाँ ओएस पहिले नै लोड भएर आउने छ । यस्तै २०२४ सम्ममा अन्य उपकरणहरुमा पनि रोलआउट हुने कुरा कम्पनीले जनाएको छ। तर, अहिलेसम्म यो ओएसको लूक्स र नयाँ फिचरबारे भने थप विवरणहरु प्राप्त भएको छैन। शाओमी १४ सिरिजको लन्च संगै यस ओएसको थप जानकारी पनि सार्वजनिक हुने अनुमान गर्न सकिन्छ । 

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.