ह्वाट्सएपमा उच्च रिजोल्युसन फोटोहरू कसरी पठाउने

how to send high quality photos in whatsapp

ह्वाट्सएप अहिलेको समयमा सबैभन्दा धेरै प्रयोग गरिने चर्चित म्यासेजिङ एप हो। र ह्वाट्सएप म्यासेजिङको लागि मात्र नभएर फोटो र भिडियाे पठाउन पनि प्रयोग गरिन्छ। 

यहि कुरालाइ ध्यानमा राखेर ह्वाट्सएपले “एचडी फोटो” पठाउन सकिने फिचर ल्याएको छ।  ह्वाट्सएपले हालै आफ्नो आईफोन र एन्ड्रोइड प्रयोगकर्ताहरूलाई उच्च रिजोल्युसनमा फोटोहरू पठाउन मिल्ने अपडेट जारी गरेको छ। 

यस फिचरबाट प्रयोगकर्ताहरू न्यूनतम कम्प्रेसनको साथ स्पष्ट फोटोहरू पठाउन सक्छन्। उदाहरणका लागि आइफोनबाट खिचीएको फोटो ह्वाट्सएपमा अब ३०४२ x ४०३२ रिजोल्युसनमा पठाउन सकिन्छ। यस अघि भने जम्मा ९२० x १२८० रिजोल्युसनमा मात्र पठाउन मिल्ने सुविधा दिएको थियो। 

यो पनि पढ्नुहोस्ः

ह्वाट्सएपमा HD फोटो कसरी पठाउने ?

स्टेप १ : यो फिचरको लाभ लिन सबै भन्दा पहिले तपाईंले आफ्नो एप अपडेट गर्नु पर्ने हुन्छ।


स्टेप २ : एप अपडेट भए पछि, तलको क्यामेरा आइकनमा क्लिक गरेर, पठाउन मन भएको फोटो सेलेक्ट गर्नुहोस्। 

स्टेप ४ : फोटो सेलेक्ट गर्नु भए पछि स्क्रीन माथि भएको HD आइकनमा ट्याप गर्नुहोस्। 

स्टेप ५ : येति गर्नु भए पछि स्क्रीनमा एउटा पप-अप आउछ, त्यहाँ एचडी क्वालिटी छान्नुहोस् र “done” बटनमा क्लिक गर्नुहोस्।


स्टेप ६ : अन्तिममा स्क्रीनको तल रहेको “Send” आइकनमा क्लिक गर्नुहोस्।

यति गर्नु भए पछि तपाइको फोटो एचडी क्वालिटीमा सेन्ड हुन्छ। यसरी पठाएको फोटोहरुमा सानो “HD” लेखिएको लोगो देखिन्छ, जसले फोटो एचडी क्वालिटीमा गएको छ वा छैन भनेर थाहा दिन्छ। साथै ह्वाट्सएपमा पठाएका सबै उच्च रिजोल्युसनका फोटो ह्वाट्सएपको  “end-to-end encryption” अन्तर्गत सुरक्षित रहने छन्। 

त्यस बाहेक मेटाका अनुसार, फोटो पठाउन केही बढी डेटा खपत हुने भएको हुदा प्रयोगकर्ताहरुले कम ब्यान्डविथको इन्टरनेट सेवा प्रयोग गरि रहेको बेला सामान्य क्वालिटीको फोटो प्राप्त गर्नेछन्। तर उक्त फोटोलाई पछि उच्च रिजोल्युसनमा प्राप्त गर्न पनि मिल्ने छ। 

  • एनड्रोइड  फोनमा ब्लोटवेयर कसरि हटाउने भनेर हेर्न:

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.