लाईकाको ब्रान्डेड क्यामेराहरूको साथ लन्च गरियो “शाओमी १३ टि”

Xiaomi 13T Series Price in Nepal

शाओमीले विश्वव्यापी रूपमा आफ्नो नयाँ स्मार्टफोन शाओमी १३ टि र शाओमी १३ टि प्रो सार्वजनिक गरेको छ। उक्त स्मार्टफोनहरू बर्लिनमा आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरिएको हो । यस कार्यक्रममा शाओमीले आफ्नो स्मार्टफोनसंगै अन्य प्रोडक्टहरु पनि सार्वजनिक गरेको थियो । तर आज यस लेखमा भने हामी तपाइलाई शाओमी १३ टि सिरिजको विशेषता, डिस्प्ले डिजाइन, पर्फमेन्स, लगायत नेपालमा पर्न सक्ने मुल्यको (Xiaomi 13T Series Price in Nepal) बारेमा कुरा गर्ने छौ। 

‘शाओमी १३ टि  सिरिज’ विस्तृतमा:

शाओमी १३ टि र शाओमी १३ टि प्रो, यी दुवै स्मार्टफोनको डिजाइन हेर्ने हो भने यहाँ धेरै भिन्नता छैन। यी दुवै फोनमा ६.६७ इन्च १.५के एमोलेड डिस्प्ले, १४४ हर्ज़ रिफ्रेस रेट, ४८० हर्ज़ सम्मको टच स्याम्प्लिंग रेट, २६०० निट्स सम्मको ब्राइटनेस, ~४४६ पीपीआइ डेनसिटि जस्ता समान फिचरहरु पाउन सकिन्छ।  साथै फोनलाई स्क्र्याच र फोन खस्दा हुने क्षतिको जोखिमबाट बचाउन कॉर्निंग गोरिल्ला ग्लास ५ को प्रोटेक्सन र धुलो, पानिबाट जोगाउन आइपी६८ को रेटिंग दिएको छ। यससंगै फोनमा ग्रीन, ब्ल्याक र ब्लु गरि तिनओटा कलर अपसनहरु उपलब्ध छ। 

फोनको पर्फमेन्सकाे लागि भने कम्पनिले यहाँ फरक फरक चिपसेट प्रयोग गरेको छ। शाओमी १३ टि मा  मीडियाटेकको डिमेंसिटी ८२००-अल्ट्रा चिपसेट जडान गरिएको छ, जुन ४ न्यानोमिटर फेब्रिकेसन प्रक्रियामा निर्मित अक्टा-कोर भएको प्रोसेसर हो। यस्तै शाओमी १३ टि प्रो मा भने ४ न्यानोमिटर फेब्रिकेसन प्रक्रियामा निर्मित मीडियाटेकको डिमेंसिटी ९०००+ चिपसेट समावेश गरिएको छ। यो चिपसेट चारओटा एफिसेन्सी कोर, तिनओटा सुपर कोर र एउटा अल्ट्रा कोर भएको अक्टा-कोर प्रोसेसर हो। 

यो पनि पढ्नुहोस्ः

यस स्मार्टफोनको मुख्य आकर्षण भने यसको क्यामेरा रहेको छ। यहाँ लाईका ब्रान्डिङ सहितको ट्रिपल क्यामेरा सेटअप देख्न सकिन्छ, जसमा २४ एमएम बराबरको फोकल लेन्थ र ७पी एस्फेरिकल लेन्स सहितको ५० मेगापिक्सलको वाइड एंगल क्यामेरा, ५०एमएम बराबरको फोकल लेन्थ भएको ५० मेगापिक्सलको टेलिफोटो लेन्स र १५एमएम बराबर फोकल लेन्थ भएको १२ मेगापिक्सलको अल्ट्रा-वाइड-एंगल क्यामेरा रहेको छ। साथै अगाडी सेल्फी र भिडियो कलहरू गर्नको लागि पञ्च-होल डिजाइनमा २० मेगापिक्सलको फ्रन्ट क्यामेरा दिएको छ। 

यस्तैगरी शाओमी १३ टि मा ६७ वाट फास्ट वायर्ड चार्जिङ सहितको ५०००mAh ब्याट्रि जडान गरिएको छ, भने मेमोरी तर्फ ६ जीबी र्याम र २५६ जीबी स्टोरेज दिएको छ। साथै शाओमी १३ टि प्रो मा १२० वाट स्मार्ट हाइपर चार्ज वायर्ड टेक्नोलोजी सहितको ५०००mAh ब्याट्रि र १२/१६ जीबी र्याम र २५६/५१२ जीबी/१ टीबी स्टोरेज अफर गरिएको छ। यस्तै अपरेटिङ सिस्टममा तपाईंले एनड्रोइड १३ सहित “मियुआई १४” युजर इन्टरफेस पाउनु हुन्छ। यससंगै शाओमीले स्मार्टफोनहरूमा चार प्रमुख एन्ड्रोइड अपडेटहरू र पाँच वर्षको सिक्योरिटी अपडेटहरू दिने दाबी गरेको छ। 

शाओमी १३ ती सिरिजको बिशेषता:

डिस्प्ले (Display)६.६७ इन्च एमोलेड डिस्प्ले, १४४ हर्ज़ रिफ्रेस रेट
रिजोल्युसन(Resolution)२७१२ x १२२० पिक्सल, ~४४६ पीपीआइ डेनसिटि
प्रोसेसर (Processor)शाओमी १३ ती मीडियाटेक डिमेंसिटी  ८२००-अल्ट्रा (४ एनएम)
शाओमी १३ ती प्रोमीडियाटेक डिमेंसिटी ९०००+ (४ एनएम)
ओएस र युआई (OS and UI)एनड्रोइड १३ (MIUI 14)
क्यामेरा (Camera)५० मेगापिक्सल सोनी IMX ७०७  १/१.२८″ सेन्सर, f/१.९, OIS (वाइड)
५० मेगापिक्सल f/१.९ (२x टेलिफोटो क्यामेरा)
१२ मेगपिक्सल, f/२.२ (अल्ट्रा-वाइड-एंगल लेन्स)
फ्रन्ट क्यामेरा (Front Camera)२० मेगापिक्सल सोनी IMX ५९६, f/२.२ 
मेमोरी र स्टोरेज (Memory and Storage)शाओमी १३ ती ८ जीबी र्याम, २५६ जीबी स्टोरेज 
शाओमी १३ ती प्रो१२/१६ जीबी र्याम, २५६/५१२ जीबी / १ टीबी स्टोरेज
ब्याट्रि र चार्जिङ (Battery and Charging)शाओमी १३ ती ५०००mAh ब्याट्रि, ६७ वाट फास्ट वायर्ड चार्जिङ
शाओमी १३ ती प्रो५०००mAh ब्याट्रि, १२० वाट  स्मार्ट हाइपरचार्ज वायर्ड टेक्नोलोजी
सिक्योरिटी (Security)इन-डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर
कलर अपशन (Color Options)ग्रीन, ब्ल्याक, ब्लु

मूल्य र उपलब्धता (Xiaomi 13T Series Price in Nepal and Availability)

शाओमी १३ टि र शाओमी १३ टि प्रो को मूल्य युरोपमा € ६४९ र € ७९९  तोकिएको छ। नेपालमा भने यी फोनहरु तल देखिएको मूल्यमा लन्च हुने अपेक्षा गर्न सक्छौ। 

स्मार्टफोनयुरोपमा मूल्य (आधिकारिक)नेपालीमा रूपान्तरित मूल्य (Expected Xiaomi 13T Series Price in Nepal)
शाओमी १३ ती € ६४९ रु ९१,६१७
शाओमी १३ ती प्रो€ ७९९ रु १,१२,७९२

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.