मिडियाटेक डिमेन्सिटी ६१००+ प्रोसेसर भएको “रियलमी ११x फाइभ जी” नेपालमा सार्बजनिक

Realme 11X 5G Price in Nepal

रियलमीले आफ्नो नया फोनो रियलमी ११x फाइभ जी हालै नेपालमा पनि लन्च गरेकोको छ। यस लेखमा भने हामी रियलमी ११x फाइभ जीको सम्पूर्ण विशेषता, डिस्प्ले डिजाइन, पर्फमेन्स, लगायत नेपालमा पर्ने मुल्यको (Tecno Phantom V Fold Price in Nepal) बारेमा बताउने छौँ।

‘रियलमी ११x फाइभ जी’ बिस्तृतमा

स्मार्टफोनको डिजाइनको बारेमा कुरा गर्नुपर्दा, यहाँ तपाइले पछाडि आकर्षक गोलाकारको क्यामेरा कट-आउट पाउनु हुन्छ। यस संगै फोनमा ग्रेडियन्ट फिनिसको साथ पातलो ग्लास ब्याक पनि दिएको छ, जसले एकदमै प्रीमियम अनुभव दिन्छ। यो फोनमा तपाइले “मिडनाइट ब्ल्याक” र “पर्पल दवं” गरि जम्मा दुइओटा कलर अप्शन पाउनु हुन्छ। यसबाहेक यसको डिस्प्लेको कुरा गर्दा, यहाँ ६.७२ इन्च आईपीएस एलसीडी डिस्प्ले, १२० हर्ज़को रिफ्रेस रेट, १४०० निटस सम्मको ब्राइटनेस, ~४०९ पीपीआइ डेनसिटि जस्ता फिचर हरु पाउनु हुन्छ। 

क्यामेराको कुरा गर्दा, यहाँ f/१.८ एपर्चरका साथ ६४ मेगापिक्सलको मुख्य क्यामेरा र f/२.४ का साथ ८ मेगापिक्सलको डेप्थ सेन्सर गरी डुअल क्यामेरा सेटअप दिएको छ। साथै सेल्फी र भिडियो कलहरूको लागि अगाडी पञ्च-होल डिजाइनमा एउटा ८ मेगापिक्सल फ्रन्ट क्यामेरा पाउनु हुन्छ। 

पर्फमेन्सकाे लागि भने, फोनमा मीडियाटेक डिमेंसिटी ६१००+ को चिपसेट जडान गरिएको छ। ६ न्यानोमिटर फेब्रिकेसन प्रक्रियामा निर्मित डिमेंसिटी को यो नयाँ ५ जी सिलिकन चिपसेटले २२००मेगाहर्ट्जमा दुइओटा Cortex-A76 core र २००० मेगाहर्ट्जमा छ ओटा Cortex-A55 कोर फिचर प्रदान गर्दछ।

यो पनि पढ्नुहोस्ः

साथै फोनको सफ्टवेयरमा भने तपाइले अपरेटिङ सिस्टममा एनड्रोइड १३ र युजर इन्टरफेसको लागि भने रियलमी युआइ ४.० पाउनु हुने छ।  यस्तै यो फोन ८ जीबी र्याम र २५६ जीबी स्टोरेज साथ उपलब्ध हुने छ। यस बाहेक फोनको स्टोरेज बडाउन छुट्टै SD कार्ड स्लट पनि दिएको छ, जसमा १ टीबी सम्मको SD कार्ड सपोर्ट गर्दछ। यससंगै ब्याट्रिमा ५०००mAh को ब्याट्रि र ३३वाटको SUPERVOOC चार्जिङ सपोर्ट पाउनु हुन्छ। 

रियलमी ११x फाइभ जी को बिशेषता:

डिस्प्ले (Display)६.७२ इन्च आईपीएस एलसीडी डिस्प्ले, १२० हर्ज़ रिफ्रेस रेट, १४०० निटस ब्राइटनेस
रिजोल्युसन(Resolution)२४०० x १०८० पिक्सल, २०:९ रेसिओ, ~४०९ पीपीआइ डेनसिटि
प्रोसेसर (Processor)मीडियाटेक डिमेंसिटी ६१००+ (६ एनएम)
जिपियु (GPU)माली(Mali)-G57 MC2 
ओएस र युआई (OS and UI)एनड्रोइड १३ (रियलमी युआइ ४.०)
क्यामेरा (Camera)६४ मेगापिक्सल, f/१.८, २५ एमएम (वाइड)
२ मेगापिक्सल, f/२.४ (देप्थ)
फ्रन्ट क्यामेरा (Front Camera)८ मेगापिक्सल, f/२.१, २६ एमएम (वाइड)
मेमोरी र स्टोरेज (Memory and Storage)८ जीबी र्याम, २५६ जीबी स्टोरेज
ब्याट्रि र चार्जिङ (Battery and Charging)५०००mAh ब्याट्रि, ३३वाट वायर्ड चार्जिङ

मूल्य र उपलब्धता (Realme 11x 5G Price in Nepal and Availability)

यसको फोनको ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य नेपालमा रु रु ३९,९९९ तोकिएको छ।   

रियलमी ११x फाइभ जीनेपालमा अपेक्षित मुल्य (Expected Realme 11x 5G Price in Nepal)
८/२५६ जीबी रु ३९,९९९

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.