पर्स जस्तै बोक्न मिल्ने अनरको नया  फोल्डेबल फोन

HONOR V Purse concept unveiled

अनरले केहिँ दिन अघि मात्र V पर्स नाम गरेको नयाँ फोल्डेबल फोनको कन्सेप्ट सार्बजनिक गरेको थियो । यो फोल्ड गर्न मिल्ने फोनमा अनरले क्लच ब्यागको डिजाइन दिएको छ, जसले गर्दा फोन हेर्दा पर्स जस्तो देखिन्छ। अर्थात् यहाँ कम्पनिले फोल्डेबल फोन र पर्सको मिश्रितबाट एउटा स्टाइलिश स्मार्टफोनको कन्सेप्ट तयार पारेको हो।

यो ग्याजेट बाहिर फोल्ड हुने र्‍यापराउन्ड डिस्प्ले, हटाउन सकिने स्ट्र्यापहरू र चेनहरुको साथ आउँछ, जसलाई तपाइले सजिलै आफ्नो इच्छा अनुसार परिवर्तन गर्न सक्नुहुन्छ। अनरको V पर्सले फोल्डिंग फोनमा नयाँ सम्भावनाहरु विस्तार गर्दछ र एउटा फ्याशनेबल एससरिजको रुपमा आत्म-अभिव्यक्तिको लागि असीमित अवसरहरू प्रदान गर्दछ। 

यो पनि पढ्नुहोस्ः

यो फोनको मुख्य आकर्षण भनेकै यसको पर्स जस्तै देखिने डिजाइन हो। यहाँ तपाइले विभिन्न स्ट्र्यापहरू फोन को हिंजमा जडान गर्न सक्नु हुन्छ, र फोनलाइ पर्स जस्तै बोकेर हिड्न सक्नु हुन्छ। तर यहाँ वस्तुहरू स्टोर गर्न भने मिल्ने छैन। यसबाहेक फोनको बाहिरको सधै-अन हुने स्क्रिनमा ह्यान्डब्याग जस्तै देखिने वालपेपरहरू राखेर फोनलाई अझै स्टाइलिश र फ्याशनेबल बनाउन मिल्छ। 

अनरले फोनमा विभिन्न वालपेपरहरू विकल्प दिएको छ, त्यसैले तपाईंले आफ्नो इच्छा अनुसार मिलाउन र परिवर्तन गर्न सक्नुहुन्छ। साथै फोनले यहाँ भएको जाइरोस्कोपको सहायताले यी वालपेपरको प्याटर्नहरु आफै परिवर्तन गर्न र मोसन अनि ग्रविटीलाई महसुस गरेर वालपेपरहरूमा तिनीहरूको प्रभावहरू प्रदशित गर्न सक्छ। 

अनरको अनुसार V पर्सको AOD (Always On Display) डिजाइन गर्न बर्बेरी मेन्सवेयर, युनुएन एस्पार्जा, सियाओ हुई वाङ जस्ता प्रसिद्ध डिजाइनरहरूसँग काम गरेका छन्। यससंगै कम्पनिले विश्वभरका AOD डिजाइनरहरूको लागि प्लेटफर्म खोल्ने योजना पनि बनाएको छ, जसले गर्दा डेभलपरहरु र डिजाइनरहरूले आफू अनुकूल डिजाइन सिर्जना गर्न सक्छन्। 

फोन स्टाइलिश हुनुको साथै, अनरले भि पर्सलाई वातावरणमैत्री पनि बनाएको छ। यहाँ स्ट्र्यापहरूको लागि दिगो जैविक सामग्रीहरूबाट बनेको आर्टिफिशियल, सिंथेटिक, वा “नक्कली” छाला प्रयोग गरिएकाे छ। यसको मोटाइ जम्मा ९ एमएम रहेको छ जुन अनरको पछिल्लो फोल्ड़ेबल फोन Magic V2 भन्दा पनि पातलो छ।

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.