“X” मा अब छिटै भिडियो र अडियो कलको सुविधा आउँदै

Audio and video calls are coming to X (Twitter), confirms Musk

ट्विटरका मालिक एलन मस्कले ट्विटरलाई “X” मा रिब्रान्ड गरेको कुरा त हामी सबैलाई थाहा छ। मस्कले आफ्नो “Everything App” को लक्ष्य हासिल गर्ने उद्देश्यका साथ, एपमा लगातार ठूलो परिवर्तनहरू गरेका छन् । यसका साथै कतिपय मस्कले गरेका निर्णय र परिवर्तनहरू विवादास्पद पनि भएका छन् । त्यस्तै लामो समयदेखि ट्विटर प्रयोग गर्दै आएका धेरै प्रयोगकर्ताहरू नयाँ परिमार्जनहरूसँग असन्तुष्ट छन्। जसले गर्दा प्रख्यात माइक्रोब्लगिङ साइटको रुपमा परिचित ट्विटर अर्थात् “X” को लागि प्रयोगकर्ताहरूमा मिश्रित भावनाहरू उत्पन्न भएको छ । 

यस बीच, मस्कले X मा चाँडै नै अडियो र भिडियो कलिङ सुविधा सुरु हुने कुरा आफ्नो एक्स पोष्ट(ट्वीट) मार्फत बताएका छन्।

हालकाे लागी कम्पनीले अडियो र भिडिओ कलिङ क्षमताहरूलाई प्लेटफर्ममा ल्याउने काम गरिरहेको छ यद्यपि, यो फिचरको सार्वजनिक रिलीज मिति भने अझै घोषणा गरिएको छैन। उक्त फिचर लन्च हुनासाथ X प्रयोगकर्ताहरुले आफ्नो आइफोन, एन्ड्रोइड फोन, म्याक अथवा विन्डोज कम्प्युटरहरु मार्फत एक अर्कालाइ भिडिओ र अडियो कल गर्न मिल्ने छ। 

यो पनि पढ्नुहोस्ः

यस सेवाको मुख्य फाइदा भनेको यस प्लेटफर्म मार्फत कल गर्दा तपाईंले आफ्नो फोन नम्बर प्रयोग गर्न आवश्यक पर्दैन। मस्कको पोस्ट अनुसार, भिडियो र अडियो कलकाे प्लेटफर्ममा ‘effective global address book’ को रूपमा काम गर्दैछ। यसको मतलब प्रयोगकर्ताहरूले बिना फोन नम्बर नै प्रयोगकर्ताको नाम हेरेर एक अर्कालाई कल गर्न सक्षम हुनेछन्।

यससंगै X मा डिजाइनरको रुपमा काम गरिरहेकी एन्ड्रिया कोनवेले पनि उक्त फिचरको डेमो मकअप आफ्नो पोस्ट मार्फत सार्वजनिक गरेकी थिइन। यस पोष्ट अनुसार दुबै अडियो र भिडियो कलिङ सुविधाहरू DM विन्डोको माथिल्लो दायाँ कुनामा उपलब्ध हुन सक्ने देखिन्छ,  र तपाईं सजिलैसँग तिनीहरू बीच स्विच गर्न सक्नु हुन्छ। 

यो फिचर सार्वजनिक भए संगै मस्कको “Everything App” को भिजनले एउटा आकार पाउने छ । प्रयाेगगकर्ताहरुले पनि अडियो र भिडियो च्याटहरूको लागि फरक एप प्रयोग गरि राख्नु पर्दैन। यद्यपि कलहरू इन्ड-टु-इन्ड ईन्क्रिप्टेड हुनेछ कि छैन भन्ने कुरा अझै पनि स्पष्ट हुन सकेकाे छैन। अहिलेको लागि भने उक्त फिचरको बारेमा धेरै आधिकारीक जानकारीहरु उपलब्ध भएको छैन। यसबाहेक यो फिचरले कसरी इन्स्टाग्राम र व्हाट्सएप जस्ता प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्नेछ भनेर हेर्न बाँकी नै छ। 

  • एनड्रोइड  फोनमा ब्लोटवेयर कसरि हटाउने भनेर हेर्न:

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.