मोबाइल ह्याङ भइराख्छ? यसो गर्न सक्नुहुन्छ।

Fix phone freezing by doing this

मोबाइल ह्याङ हुने समस्या कुनै नयाँ समस्या हैन। यो पहिले देखि नै चलिरहेको मोबाइलमा देखिने समस्या हो। मोबाइल डिभाइसहरु पहिलाको तुलनामा नयाँ र राम्राे टेक्नोलोजीर फिचरकाे साथ निर्मित भए तापनि मोबाइल ह्याङको सम्स्या भने अझै पनि देखिन्छ।

नयाँ मोबाइल डिभाइस ह्याङ हुने कुरा उठ्दैन। केही समयसम्म मोबाइल डिभाइसको प्रयोग गर्नुभयो भने त्यसपछि बल्ल मोबाइल डिभाइस ह्याङ हुने समस्या देखिन थाल्छ। ह्याङ भइराख्ने मोबाइल डिभाइस केही तरिकाहरु अपनाइयो भने मोबाइल ह्याङको समस्यालाई निकै हदसम्म कन्ट्रोल गर्न सकिन्छ। मोबाइल डिभाइस ह्याङ हुनु अगावै यी तरिकाहरु अपनाइयो भने मोबाइल ह्याङ नै नहुने पनि बनाउन सकिन्छ।

यस आर्टिकलमा मोबाइल ह्याङ भई राख्दा के गर्न सकिन्छ भन्ने कुराको जानकारी दिइएको छ। तर यो जान्नु अघि मोबाइल ह्याङ हुनुको कारणहरु बारेमा पनि केही जानकारी थाहा पाइराखौँ।

मोबाइल ह्याङ हुनु पछाडिका कारणहरु के-के छन् ?

बिना केही कारण मोबाइल डिभाइस ह्याङ हुँदैन।  निम्न लिखित कुराहरुले गर्दा मोबाइल ह्याङ हुने कारणहरु निम्न लिखित छन्ः

मोबाइलको कम र्याम

कम र्याम भएको मोबाइलले थोरै संख्यामा सिमित भएर मात्र अ्यापहरु एकैसाथ प्रोसेस गर्न सक्छ। कम र्याम भएको मोबाइलमा धेरै अ्यापहरु एकै साथ प्रयोग गर्दै हुनुहुन्छ भने यसलाई तपाईँको डिभाइसले धान्न गार्हो पर्छ र मोबाइल ह्याङ हुन सक्छ। 

धेरै अ्याप बाहेक कम र्याम भएको मोबाइलमा ठूलो साइजको अ्याप र धेरै मोबाइल रिसोर्स खपत गर्ने जस्तो अ्यापको प्रयोगले पनि मोबाइल चाँडो ह्याङ हुन्छ।

मोबाइलको कम इन्टर्नल स्टोरेज

मोबाइल खरिद गर्दा नै मोबाइल डिभाइसमा हुने मेमोरी भनेको इन्टर्नल स्टोरेज हो। तपाईँहरुले खिच्नुभएको फोटो, भिडियो आदि मोबाइलमा बस्ने स्थान भनेको इन्टर्नल स्टोरेज हो। यसका साथै मोबाइल अ्यापहरु पनि डाइरेक्ट इन्टर्नल स्टोरेजमा नै डाउनलोड हुन्छन्।

इन्टर्नल स्टोरेजको पनि केही सिमित स्पेस हुन्छ। प्राय इन्टर्नल स्टोरेजको ८०-९० प्रतिशत भन्दा बढी खपत भएको छ भने मोबाइल ह्याङ हुने समस्या देखिन्छ।

मोबाइल भाइरस

आफूले नजानेको साइटबाट मोबाइस अ्याप डाउनलोड गर्दा मलवेर (Malware) अ्याप पनि डाउनलोड हुन सक्छ। मलवेर अ्याप भनेको ह्याकरले बनाएका हानिकारक अ्याप हुन्। यस्ता अ्यापहरुले फोनको पर्फमेन्समा असर पुर्याउँछन् र मोबाइल ह्याङ गराउँछन्।

मोबाइल बढी तात्नु

मोबाइलमा हेब्बी अ्यापहरुको (heavy apps) लगातार प्रयोगले वा मोबाइलमा धेरै समयसम्मको गेमिङ जस्ता कारणले मोबाइल तातिने समस्या देखिन्छ। मोबाइलको ब्याट्रिको तापक्रम धेरै बढ्यो भने मोबाइल ह्याङ हुने र रिस्टार्ट हुने समस्या देखिन्छ।

मोबाइल ह्याङ हुँदा के गर्न सकिन्छ?

यदि तपाईँहरुको मोबाइल ह्याङ भइराख्छ भने केहि तरिकाहरु प्रयोग गरेर मोबाइल ह्याङको समस्या कन्ट्रोल गर्न सक्नुहुन्छ। ती तरिकाहरु निम्नलिखित छन्।

मोबाइल  पुन स्टार्ट या स्विच अफ

तपाईँहरुको मोबाइल चलाउँदा चलाउँदै ह्याङ भयो र केही  पनि रेस्पोन्स दिएन अर्थात् स्क्रिन फ्रिज भयो भने यो तरिका अपनाउनुहोस्।  मोबाइलले रेस्पोन्स नै गरेको छैन र कसरी रिस्टार्ट गर्नु भनेर सोच्नुहुन्छ भने हरेक मोबाइलको साइडमा भोल्युम बटन जस्रै अर्को बटन प्रदान गरिएको हुन्छ जसको नाम हो पावर बटन।

पुरानो मोबाइल सेट छ भने पावर बटन थिचिरहँदा मोबाइल डाइरेक्ट स्विच अफ हुन्छ भने नयाँ सेटहरुमा पावर बटन थिचिरहँदा पावर अफ, रिस्टार्ट वा रिबुट जस्ता अप्सनहरु प्रदान गरिन्छ। यहाँबाट रिस्टार्ट सेलेक्ट गर्न सक्नुहुन्छ। 

पावर बटनले पनि भएन भने फोर्स रिस्टार्ट या फोर्स रिबुट गर्नुपर्ने हुन्छ। यसको लागि पावर बटन र भोल्युम अप बटन एकैसाथ थिचिरहनु पर्छ भने कुनै डिभाइसको लागि पावर बटन र भोल्युम डाउन बटन एकैसाथ थिच्नुपर्ने हुन्छ। फेरी पुराना डिभाइसमा भने पावर बटन र भोल्युम डाउन बटन एकैसाथ थिच्नाले फोर्स रिसेट हुन्छ जुन कुरा तल जानकारी दिइएको छ।  

तपाईँहरुको स्क्रिन फ्रिज भएको छैन तर मोबाइल ह्याङ हुने समस्या चाहिँ छभने तल लेखिएका तरिकाहरु मनन गर्नुहोस्।

अ्यापको डाटा र क्याश (Cache) डिलिट गर्ने

अ्यापहरु जति धेरै समय चलाउँदै गइन्छ त्यति नै अ्यापमा सेभ भएका डाटाहरुले तपाईँको इन्टर्नल स्टोरेजमा स्पेस ओगट्छन्। हामीलाई वास्ता पनि हुँदैन तर अ्याप चलाउँदै जाँदा अ्यापको डाटा र क्याश (Cache) ले इन्टर्नल स्टोरेजमा ओगट्ने स्पेस बढाउँदै जान्छ।

यसको लागि अ्यापको डाटा र क्याश रिमुभ गर्नुपर्ने हुन्छ। अ्यापको डाटा र क्याश स्पेस रिमुभ गर्न तल दिइएका स्टेपहरु पछ्याउनुहोस्।

१) मोबाइलको Settings खोल्नुहोस् र Apps मा प्रवेश गर्नुहोस्।

२) यहाँबाट डिभाइसको लागि फरक पर्छ। Apps मा ट्याप डाइरेक्ट अ्यापहरुको लिस्ट देखियो भने आफूले धेरै चलाउने अ्यापमा ट्याप गर्नुहोस्। त्यहाँबाट Storage वा Storage Data मा गएर Clear Data र Clear Cache मा ट्याप गर्न सक्नुहुन्छ।

यदि Apps मा ट्याप गर्दा अ्यापहरुको लिस्ट देखाएन भने यहाँ App Management पक्कै देख्नुहुनेछ। यसमा क्लिक गर्नुहोस् र अ्याप छानेर Storage वा Storage Data मा गई Clear Data तथा Clear Cache मा ट्याप गर्नुहोस्।  

धेरै मोबाइल रिसोर्स खपत गर्ने अ्याप प्रयोग नगर्ने

फेसबुक, मेसेन्जर आदि जस्ता सोसियल मिडिया अ्यापहरु र फ्रि फायर, पबजि जस्ता गेमिङ अ्यापहरुले धेरै रिसोर्स खपत गर्ने गर्दछन्। ४ जिबि भन्दा माथिको र्याम छ भने त्यति फरक नपर्ला तर ४ जिबि वा सो भन्दा कम र्याम भएकाे डिभाइसमा यस्ता अ्यापहरुबाट धेरै लोड परिरहेको हुन्छ किनकी यिनीहरुले ब्याकग्राउन्डमा पनि धेरै रिसोर्स खपत गरिरहेका हुन्छन्। यसले मोबाइलको लोड बढाउँछ र मोबाइललाई ह्याङ पनि पार्न सक्छ।

यसको बदलामा यस्ता अ्यापहरुको लाइट भर्जन प्रयोग गर्न सक्नुहुन्छ। रिसोर्स खपत कम गर्ने भएकाले नै यिनीहरुलाई “लाइट” भनिएको हो। फेसबुकको लागि फेसबुक लाइट, मेसेन्जरको लागि मेसेन्जर लाइट, पबजिको लागि पबजि लाइट, युट्युबको लागि युट्युब गो जस्ता लाइट अ्यापहरु तपाईँहरुले प्रयोग गर्न सक्नुहुनेछ। 

इन्टर्नल मेमोरी वा स्टोरेज खाली पार्ने

हामीले मोबाइलमा डाउनलोड गरेका अ्याप, मोबाइलबाट खिचेका फोटो र भिडियो सबै इन्टर्नल स्टोरेजमा बसेका हुन्छन्। माथि कारणमा भनिसके अनुसार इन्टर्नल स्टोरेज ८०-९० प्रतिशत स्पेस प्रयोग भइसके पछाडि मोबाइस स्लो हुने र ह्याङ पनि हुन सक्छ।

यस्तो हुँदा इन्टर्नल स्टोरेज खालि गर्नुपर्ने हुन्छ। गुगल फोटोजमा फोटो तथा भिडियो सिङ्क गरी मोबाइलबाट फोटो तथा भिडियोहरु डिलिट गरेर इन्टर्नल स्टोरेज खाली गर्न सक्नुहुनेछ। यस बाहेक आफूले थोरै मात्रामा प्रयोग गर्ने र धेरै स्पेस प्रयोग गर्ने अ्यापहरु पनि डिलिट गर्न सक्नुहुन्छ।

मेमोरी कार्ड प्रयोग गर्ने

४० हजार भन्दा बढी मूल्य पर्ने धेरै फोनहरुमा मेमोरी कार्डको लागि स्थान मोबाइलमा नराखिएको हुँदो हो तर कम दाम पर्ने फोनहरुमा मेमोरी कार्ड हाल्ने स्थान उपलब्ध गराइएको हुन्छ। 

मेमोरी कार्डको प्रयोग गरेर फोटो, भिडियो तथा अ्यापहरुलाई इन्टर्नल स्टोरेजबाट मेमोरी कार्डमा सार्न सकिन्छ जसले गर्दा इन्टर्नल स्टोरेज फ्रि हुन्छ र मोबाइल ह्याङ कन्ट्रोल गर्न सकिन्छ। पछाडि सार्नु भन्दा पनि फोटो र भिडियो स्वतः मेमोरी कार्डमा सेभ हुने पनि बनाउन सकिन्छ।

एन्टिभाइरस अ्यापको प्रयोग गर्ने

मोबाइलमा मालवेर वा भाइरस भित्रिएको कुरा हामीलाई थाहा हुँदैन। यस कारण एन्टिभाइरस सफ्टवेयर डाउनलोड गर्नुपर्ने हुन्छ। प्ले स्टोरबाट एन्टिभाइरस सफ्टवेयर इन्टल गरेर आफ्नो फोन स्क्यान गरी यदि भाइरस या मालवेर फेला परेको खण्डमा त्यस फाइललाई डिलिट गर्नुहोस्। 

मल्टिटास्किङ अर्थात् धेरै अ्यापहरु एकैपटक प्रयोग नगर्ने

धेरै मानिसको एउटा अ्याप चलाइसकेपछि त्यो अ्याप बन्द नगरी वा मिनिमाइज मात्र गरेर अर्को अ्याप चलाउने बानी हुन्छ। यस्तो हुँदा सबै अ्यापहरुले ब्याकग्राउन्डमा रिसोर्सको अन्यथा खपत गरिरहेका हुन्छन्। यसले गर्दा एक पटकमा एउटा या दुइवटा अ्यापहरु मात्र एकै पटक प्रयोग गर्दा रिसोर्स म्यानेजमेन्टको लागि राम्रो हुन्छ र मोबाइल ह्याङ पनि यसले कन्ट्रोल गर्न मद्दत गर्छ।

अ्याप अप्डेट गर्ने

पूरानो भर्जनको अ्याप र नयाँ भर्जन अ्यापमा फरक हुन्छ। अ्यापको नयाँ अपडेट अनुसार अ्याप त्यति नै कम रिसोर्स खपत गर्ने र कम पावर चाहिने हुन्छ। यसो हुँदा मोबाइलमा ब्याट्रि खपत हुन्छ र मोबाइलमा लोड पनि कम हुन्छ। त्यसैले अ्यापहरु समय-समयमा अप्डेट गराउनु पर्छ।

फ्याक्टरी रिसेट (Factory Reset) गर्ने

प्राय फ्याक्टरी रिसेट अप्सन अन्तिम अप्सनको रुपमा लिइन्छ। माथि उल्लेखित कुनै अप्सनहरुले काम गरेनन् भने मोबाइललाई रिसेट पनि गर्न सक्नुहुन्छ। यसलाई अन्तिम अप्सन भन्नुको कारण भनेको फ्याक्टरी रिसेट अप्सन प्रयोग गर्दा तपाईँहरुको मोबाइलबाट डाटाहरु उड्नेछ। 

यसको लागि डाटाहरु गूगल या अन्य सोर्समा ब्याकअप गराउनुपर्ने हुन्छ। यदि ब्याकअप नगरी फ्याक्टरी रिसेट गर्नुभयो भने पछि डाटा रिकभर गर्न गार्हो हुन्छ र नमिल्ने चान्स नै बढी हुन्छ। मोबाइलमा फ्याक्टरि रिसेट गर्न निम्नलिखित स्टेपहरु हेर्नुहोस्।

१) मोबाइलको Settings भित्र System Settings मा जानुहोस्।

२) तल तिर स्क्रोल गर्नुभयो भने Back up and reset लेखिएको देख्नुहुनेछ। यसमा ट्याप गर्नुहोस्।

३) यहाँ तपाईँहरुले डिभाइस अनुसार Factory Reset वा Reset Phone लेखिएको देख्नुहुनेछ। यसमा ट्याप गर्नुहोस्। यति स्टेपमा तपाईँहरुले Factory Reset गर्न सक्नुहुनेछ।

यदि फ्याक्टरी रिसेटको अप्सन डिभाइसमा छैन भने डाइरेक्ट रिसेट गर्नुपर्ने हुन्छ जुनलाई फोर्स रिसेट या हार्ड रिसेट भनिन्छ। फोर्स रिसेटको लागि पूरानो सेटहरुमा पावर बटन र भोल्युम डाउन बटन एकैसाथ थिचिराख्नु पर्ने हुन्छ भने नयाँ डिभाइसको लागि पहिला स्विन अफ गरेर खोल्ने खेरमा चाहिँ पावर बटन सँगै भोल्युम डाउन बटन थिच्नुपर्ने हुन्छ। 

मोबाइल ह्याङ हुँदा मात्र हैन, ह्याङ नहुँदा पनि डाटाहरु ब्याकअप गरेर बेलाबखतमा फ्याक्टरी रिसेट गरिरहँदा यसले सिस्टम पर्फमेन्सलाई रिफ्रेस गराउँछ।

अन्त्यमा, 

सिस्टम ह्याङ भएपछि पाइला चाल्नु भन्दा सिस्टम राम्रो अवस्थामा हुँदा नै केही  स्टेपहरु अपनाउनुभयो भने त्यसले सिस्टम ह्याङ हुने समस्या नै सिर्जना हुन दिँदैन।

माथि उल्लेखित स्टेपहरु प्रयोग गर्दा पनि डिभाइस ह्याङ हुन रोकिएन भने डिभाइसको हार्डवेयरमा पनि समस्या भएको हुन सक्छ भन्ने कुरा ध्यान राख्नुपर्ने हुन्छ।     

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.