आइ फोन १५ ले नयाँ रेकर्ड राख्ने !!!

iPhone 15 new record

“आइफोन” मोबाइल जगतलाई सर्वाधिक चलेको नाम मध्येमा एक हो। सन् २००७ मा आइफोन पहिलो पटक रिलिज हुँदा नै यसले मोबाइल जगतमा तहल्का मचाएको थियो। आइफोनले २००७ को रिलिज सँगै समार्टफोनमा नयाँ सम्भाव्यता देखियो र यसले अहिलेका डिभाइसको लागि एउटा बाटो खुलायो।

सबैभन्दा पहिलो छरितो स्क्रिनटच स्मार्टफोन हो आइफोन। यस बाहेक स्क्रिनटचको लागि ठूलो स्क्रिन, टच र स्वाइपको युजर इन्टरफेस, अ्याप स्टोर, किप्याडको ठाउँमा एउटा बटन जस्ता फिचरहरु पनि आइफोनले पहिलो पटक निकालेको थियो। 

यसरी आइफोनले लञ्च हुँदै स्मार्टफोनकाे लागि नयाँ सम्भाव्यता देखाएको थियो। अहिलेका सबै स्मार्टफोनहरु यिनै फिचरहरुका आधारमा निर्मित हुने गरेका छन्। आइफोनले गर्दा नै एन्ड्रोइडको जन्म पनि भयो जुन अहिले आइफोनको प्रतिस्पर्धी छ।

यसरी स्मार्टफोन इन्डस्ट्रिलाई नै एउटा बाटो देखाउने आइफोन फोनले अहिलेसम्म स्मार्टफोन जगतमा धेरै राम्रो रेकर्डहरु राखेको छ। यसको क्यामेरा पर्फमेन्सलाई अझै पनि कुनै स्मार्टफोनले भेट्न गार्हो छ। क्यामेरा मात्र हैन यसको र्याम म्यानेजमेन्ट, प्रोसेसिङ जस्ता कुरामा पनि यो पहिले देखि नै राम्रो छ।

आइफोन १५ को नयाँ रेकर्ड

आइफोन १४ ले राम्रो प्रशंसा बटुलेको कारणले आइफोन १५ मा पनि धेरै अपेक्षा राखिएको छ। यस्तै रेकर्ड राख्ने क्रममा आइफोनको २०२३ को सेप्टेम्बरमा रिलिज गरिने अपग्रेड आइफोन १५ ले नयाँ रेकर्ड राख्ने भइसकेको छ। यो रेकर्ड आइफोनले सबैभन्दा पातलो बेजल्स (bezels) को लागि राख्ने देखिएको छ। 

बेजलसँग परिचित हुनुहुन्न भने, बेजल भन्नाले मोबाइलको स्क्रिन या डिस्प्ले लाई अडाउने फ्रेम भनेर जानिन्छ। मोबाइलको डिस्प्लेमा या स्क्रिनमा याद गर्नुभयो भने स्क्रिनको छेउछाउमा देखिने पातलो कालो भाग भनेको बेजल हो।

आइफोन १५ ले सबेभन्दा पातलो बेजलको लागि नयाँ रेकर्ड राख्ने भएको छ। यो भन्दा अगाडि सबैभन्दा पातलो बेजलको रेकर्ड Xiaomi 13 को नाममा रहेको थियो। Xiaomi 13 ले माथिल्लो बेजलको लागि १.६१ मिलिमिटर र तल्लो बेजलको लागि १.८१ मिलिमिटर गरी सबैभन्दा पातलो बेजलको लागि रेकर्ड कायम गरेको थियो।

तर यो रेकर्ड आइफोन १५ ले तोड्ने देखिएको छ। यो खबर पहिलो पटक आइस युनिभर्सले लिक गरेको थियो। आइस युनिभर्स (Ice Universe) ले अगाडि पनि आइफोनको लागि पोस्ट गरेका जानकारी सबै ठिक भएकाले यस विषयमा पनि अन्यथा नहोला। 

२०२३ मार्च १७ मा आइस युनिभर्सले आइफोन १५ प्रो म्याक्स (iPhone 15 Pro Max) ले आफ्नो बेजल साइज कम गर्ने जानकारी तथा सामसङ ग्यालेक्सि एस २३ अल्ट्रा (Samsung Galaxy S23 Ultra) र आइफोन १४ प्रोको बेजल साइज तुलना गर्दै ट्विटरमा नयाँ पोस्ट अपलोड गरेको थियो जुन यसप्रकार छ।

Xiaomi 13 र Samsung Galaxy S23 Ultra सँग तुलना गर्ने हो भने यो निकै पातलो छ भने आइफोन १४ प्रो सँग तुलना गर्ने हो भने आइफोन १५ ले आइफोन १४ भन्दा २८ प्रतिशत बेजल साइज घटाउने देखिन्छ। 

सबैभन्दा पातलो बेजल राख्नु स्मार्टफोन टेक्नोलोजि जगतलाई नै प्रभाव पार्ने परिवर्तन त भने हैन तर बेजल साइज थोरै हुँदा अझ बढी डिस्प्लेको अनुभव भने पक्के गर्न सकिन्छ।

अन्त्यमा, 

आइस युनिभर्स विश्वाशनीय प्लाट्फर्म भए तापनि आइफोनले नै खुलासा गर्नु अघि निष्कर्षमा पुगिहाल्नु पनि हुँदैन। आइस युनिभर्सको खबर अनुसार यस बारेमा सकारात्मक भएर बस्न भने सकिन्छ। यस बाहेक आइफोनले अन्य केहि कुरामा पनि परिवर्तन ल्याउने जस्तो पनि देखिन्छ तर यसको सत्यताको लागि केहि समय पर्खनु नै पर्ला।

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.