आइफोनको अल्ट्रा मोडेल कस्तो हुने छ ?

iPhone 15 Ultra Rumors

आइफोन १५ अल्ट्रा लाई नेक्स्ट-जेन आईफोन प्रो म्याक्समा धेरै हाई-एन्ड फोनको रूपमा लिइएको छ।आईफोन १५ अल्ट्रालाई आईफोन प्रो म्याक्सको प्रतिस्थापनको रूपमा हेरिएको छ। तपाईँ आइफोनको प्रयोगकर्ता अथवा प्राविधिक उत्साही हुनुहुन्छ भने एप्पलले अब कस्तो आइफोन ल्याउला भन्ने कौतुहलता स्वाभाविक रूपमा मनमा उत्पन्न भइरहेको होला । यस लेखमा हामी तपाईँलाई यसको डिजाइन, डिस्प्ले, क्यामरा, पर्फमेन्स, सफ्टवेयर र अन्य फीचरहरूको बारेमा थाहा भएका सबै कुराहरू बताउँछौँ ।

डिजाइन र डिस्प्ले

यसको स्क्रिन प्रो-म्याक्स फोनहरूको जस्तै ६.७ इन्चको हुनेछ । यस्तै यसले डाइनामिक आइल्याण्ड फीचरको प्रयोग नै गर्ने अनुमान गरिएको छ। डिस्प्ले चाहीँ परिवर्तन गरेर सामसुङले पछिल्लो पटक ल्याएको जस्तै ल्याउने अड्कलबाजी भएको छ जसले म्याक्सिमम ब्राइटनेस २५०० निट्ससम्म दिनेछ ।

यो पनि पढ्नुहोस्ः

एउटा अफवाका अनुसार आइफोन १४ प्रो मा प्रयोग गरिएको नयाँ टाइटानियम अल्लोइ बडि (new titanium alloy body) आइफोन १५ अल्ट्रामा पनि समाबेश गरिएको छ, जसले फोनलाई अझ हलुका र टिकाउ बनाउँछ। यसबाहेक यसमा डिस्प्ले वरपरका बेजेलहरू पनि साना र अलिकति घुमाउरो हुन सक्छन्, जसले गर्दा हातमा सजिलै छोप्न र थप सहजताक साथ प्रयोग गर्न मिल्ने छ। साथै फोनको कुनाहरु चेप्टोभन्दा पनि हल्का गोलो आकारको हुने अपेक्षा गरिएको छ । 

यसमा यूएसबी-सी पनि प्रयोग हुनेछ जसले डेटा ट्रान्सफर धेरै बढाउँछ । यसबाट २० जिबिपिएस वा ४० जिबिपिएस सम्म डेटा ट्रान्सफर हुन सक्छ । यसै पनि युरोपियन युनियनले २०२४ को अन्त्यसम्ममा सबै इलेक्ट्रोनिक उपकरणहरूमा यूएसबी-सी चार्जिङ अनिवार्य गरिसकेको छ।  

यस्तै एउटा अफवा अनुसार यहाँ आइफोनको दुइओटा हाई-एन्ड फोनहरुमा सोलिड-स्टेट-बटनहरू हुनेछन्, जसमध्ये एउटा आइफोन १५ अल्ट्रामा हुने अपेक्षा गर्न सक्छौं। साथै भोल्युम र पावर बटनमा पनि तपाईं हामीले प्रयोग गरिर रहेको बटनहरू जस्तै सार्नुको सट्टा, यी बटनहरू अतिरिक्त ट्याप्टिक इन्जिनहरूको मद्दतले बज र पप हुनेछ। 

क्यामरा

एउटा हल्लाका अनुसार आइफोन १४ प्रो को जस्तै अल्ट्रामा पनि पेरिस्कोप शैलीकै लेन्स प्रयोग हुन सक्ने छ । अर्थात् आइफोन १५ अल्ट्रामा नयाँ पेरिस्कोप जुम लेन्स जडान गरिने छ, जसले अप्टिकल जुमलाई ३x बाट ६x वा १०x सम्म बढाउनेछ,साथै डिजिटल जूम भने आश्चर्यजनक स्पष्टताको साथ ३०X वा ५०X पुग्ने अपेक्षा गरिएको छ।

अनि एप्पलले सोनिसँग मिलेर “state-of-the-art” सेन्सर भएको क्यामरा ल्याउन लागेको हल्ला समेत प्रविधि जगतमा व्याप्त छ । यसले अझै धेरै लाइट क्याप्चर (light capture) गर्ने र शटहरूलाई ओभरएक्सपोज वा अन्डरएक्सपोज (overexpose or underexpose) हुन दिँदैन । यसैसंगै फोनमा वाइड र अल्ट्रा-वाइड क्यामेराहरू सम्भवतः समान ४८ मेगपिक्सल र १२ मेगपिक्सल हुनेछन्र र क्यामेराको बम्प पर्या पुरानो मोडलहरु भन्दा ठुलो हुन सक्ने अफवा बाहिरिएको छ। 

पर्फमेन्स र अन्य फीचरहरू

आइफोन १५ अल्ट्रामा नयाँ ए१७ बायोनिक चिपसेट प्रयोग हुन सक्ने व्यापक आँकलन गरिएको छ । आइफोन १४ सिरिजमा प्रयोग गरिएको ए१६ बायोनिक चिपसेट भन्दा यसको पर्फमेन्स एकदमै छिटो र चुस्त हुन्छ नै, साथै पावर एफिसियन्सि पनि बढ्छ । त्यो भनेको यसको ब्याट्री लाइफ पनि टिकाउ हुन्छ । एप्पलको यो सबैभन्दा नयाँ प्रोसेसर हो, जुन पहिलो पटक ३ एनएम प्रक्रिया प्रयोग गरेर निर्माण गरिनेछ। तर आइफोन १५ र १५ प्लसमा भने सम्भवतः पुरानो ५एनएम ए१६ बयोनिक संग आउनेछ जुन हाल आइफोन १४ प्रो र प्रो म्याक्समा जडान गरिएको छ। 

यसको स्टोरेजको कुरा गर्दा कम्तीमा पनि २५६ जिबिको हुनेछ। साथै एप्पलले ३५ वाट सम्मको फस्ट चार्जिङ सपोर्ट दिन सक्ने कुरा बाहिरिए संगै यो अहिले सम्मकै सबैभन्दा छिटो चार्ज हुने आइफोन हुने अनुमान गरिएको छ। साथै यसमा Wi-Fi 6E सपोर्ट हुने आशा गरिएको छ, जुन पहिले नै आईप्याड प्रो, म्याक मिनी र म्याकबुक प्रो मा उपलब्ध गराइएको थियो। यससंगै फोनको कुलिङ सिस्टम पनि अपग्रेडेड हुन सक्ने छ ।

यो पनि पढ्नुहोस्ः

नेपालमा मूल्य र उपलब्धता (iPhone 15 Ultra Rumors Price in Nepal and Availability)

एप्पलले हरेक वर्ष जस्तै यस वर्ष पनि आफ्नो नया फोनहरु यहि सेप्टेम्बर २०२३ मा हुने एप्पल इभेन्ट्समा लन्च गर्न सक्ने अनुमान गरिएको छ। मुल्यको कुरा गर्ने हो भने आइफोनको अन्य मोडलहरु भन्दा प्रो मोडलहरु महँगो हुने गर्छ। यसको पेक्षित मुल्यअ मूल्य तल उल्लेख गरिएको छ। 

स्मार्टफोन USA मा पेक्षित मुल्यअनेपालमा अपेक्षित मुल्य (iPhone 15 Ultra Rumors Price in Nepal)
आइफोन १५ अल्ट्रा $ १,२९९ रु. १,७५,०००
  • सूचना-प्रविधि क्षेत्रका युवा किन धेरै विदेश नै जान्छन् भनेर हेर्न:

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.