अब नाथिङ इयर (२) नेपालमा पनि खरिदको लागि उपलब्ध

Nothing Ear (2) Price in Nepal

यहि मार्च २०२३ मा लन्च भएको नाथिङ इयर (२) नेपालमा पनि खरिदको लागि उपलब्ध भएको छ। आज यस लेखमा भने हामी तपाइलाई नथिङ इयर (२) को सम्पूर्ण विशेषता, डिस्प्ले डिजाइन, पर्फमेन्स, लगायत नेपालमा पर्ने मुल्यको (Nothing Ear (2) Price in Nepal) बारेमा बताउने छौ। 

“नथिङ इयर (२)” विस्तृतमा : 

नथिङ इयर (२) को डिजाइनको कुरा गर्दा, यहाँ तपाइले इयर (१) मा जस्तै इयरबड र केसमा ट्रान्सप्यारेन्ट र मिनिमल डिजाइनहरू पाउन सक्नु हुन्छ । यससंगै कम्पनिले इयर (२) को केसलाई स्टेरिंग प्रेशर-रेसिस्टेन्ट मटेरियल प्रयोग गरेर बनाएको छ, जसले गर्दा इयरबड्स अझै बलियो हुनुको साथै यसले प्रिमियम अनुभव पनि दिन्छ।

साथै इयरबड्सको तौल जम्मा ४.५ ग्राम र केस संगको तौल भने जम्मा ५१.८ ग्राम रहेको छ । यस बाहेक तपाइले बड्समा आईपी ५४ र केसमा आईपी५५ को रेटिंग पाउनु हुन्छ, जसले गर्दा इयरबड्स पानि र धुलोको कारण बिग्रिने डर हुँदैन । 

यस्तै अडियो तर्फ, इयरबड्समा ११.६ एमएमको ड्राइभर जडान गरिएको छ, जसले २४BIT HI-RES अडियो, LHDC 5.0, र “Nothing X” एप मार्फत पर्सनल साउण्ड प्रोफाइल जस्ता फिचरहरु पनि सपोर्ट गर्दछ । यस्तै ब्याकग्राउन्ड न्वाइज क्यान्सिलेशनको लागि इयर (२) मा तपाइले ४०dB सम्मको पर्सनलाइज एक्टिभ न्वाइज क्यान्सिलेशन पनि पाउनु हुन्छ। 

यो पनि पढ्नुहोस्ः

कनेक्टिभिटिको लागि भने इयर (२) मा ब्लुटुथ ५.३ जडान भएको छ, र यो बड्सलाईसंगै दुइओटा डिभाइसमा कनेक्ट गर्न र आफु अनुकुल यी डिभाइसहरु बीच स्विच पनी गर्न मिल्छ। यस्तै तपाइले यी बड्सहरुमा ३३mAh को ब्याट्रि र केसमा ४८५mAh ब्याट्रि पाउनुहुन्छ, र यी बड्सहरु एक पटकको चार्जमा ६ घण्टा र केसमा ३६ घण्टा सम्मको ब्याट्रि लाइफ रहेको छ।

साथै इयर (२) मा QI-certified २.५ वाटको वायरलेस चार्जिङ र Type-C वायर्ड चार्जिङ दिएको छ। इयर (२) को अन्य फिचरको बारेमा कुरा गर्नु पर्दा, यहाँ लो ल्याग मोड, कस्टमाइज जेस्चर कन्ट्रोल (Customize gesture controls), इन-ईयर डिटेक्शन, फाइण्ड माई इयरबड्स जस्ता थुप्रै फिचरहरु समावेश गरिएको छ। 

नथिङ इयर (२) को बिशेषता:

ड्राइभर (Drivers)११.६ एमएम 
न्वाईज क्यान्सिलेसन (Noise Cancellation)४० dB सम्म (ADAPTIVE ANC)
एप (App)नथिङ X
कनेक्टिभिटि (Connectivity)ब्लुटुथ ५.३
आईपी रेटिंग (IP Rating)आईपी ५४ (बड्स)आईपी ५५ (केस)
ब्याट्रि लाइफ (Battery Life)६ घण्टा (बड्स)३६ घण्टा (केस)
चार्जिङ (Charging)वायरलेस चार्जिङ: २.५वाट, वायर्ड चार्जिङ: Type-C

मूल्य र उपलब्धता (Nothing Ear (2) Price in Nepal and Availability)

नथिङ इयर (२) को नेपालमा आधिकारिक मूल्य रु २१,९९९ रहेको छ। हालको लागि भने यो इयरबड्स सेतो कलरमा मात्र उपलब्ध छ र यसलाई तपाइले दराज अथवा अन्य विभिन्न ई-कमर्स साइटबाट पनि खरिद गर्न सक्नु हुन्छ।     

इयरबड्सनेपालीमा मूल्य (Nothing Ear (2) Price in Nepal)
नथिङ इयर (२)रु २१,९९९

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.