९  मिनेटमा फुल चार्ज हुने “रियलमी जीटी फाइभ” चिनमा सार्वजिनक

Realme GT 5 Price in Nepal

रियलमीले यहि सोमबार चिनमा एक कार्यक्रम मार्फत आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन रियलमी जीटी फाइभ सार्वजिनक गरेको छ । आज यस लेखमा भने हामी तपाइलाई २४ जीबी र्‍याम तथा २४० वाटसम्म फास्ट चार्जिङ सपाेर्ट भएकाे रियलमी जीटी फाइभको सम्पूर्ण विशेषता, डिस्प्ले डिजाइन, पर्फमेन्स, लगायत नेपालमा पर्न सक्ने मुल्यको (Realme GT 5 Price in Nepal) बारेमा बताउने छौ।

‘रियलमी जीटी फाइभ’ विस्तृतमा:

स्मार्टफोनको मुख्य आकर्षण वा बिशेषता भनेकै यसको फास्ट चार्जिङ सपाेर्ट रहेको छ। कम्पनिले यहाँ फरक ब्याट्री क्षमता र चार्जिङ स्पीड भएको दुई फरक भेरियन्टहरु उपलब्ध गराएको छ। जस अन्तर्गत ५,२४०mAh ब्याट्री भएको फोनले १५० वाटको फास्ट चार्जिङ र ४६००mAh ब्याट्री भएको फोनले २४० वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। यसबाहेक कम्पनिले यहाँ १५० वाटको फास्ट चार्जिङ सपोर्ट भएको मोडलले १८ मिनेटमा फुल चार्ज गर्न सक्ने र २४० वाटको फास्ट चार्जिङ सपोर्ट भएको मोडलले ९ मिनेटमा चार्ज गर्न सक्ने दाबी गरेको छ। 

स्मार्टफोनको अन्य बिशेषताको बारेमा कुरा गर्नु पर्दा यसको मेमोरी र स्टोरेज पनि मुख्य आकर्षण रहेको छ। किनभने तपाइले फोनमा २४ जीबी सम्मको LPDDR5 र्याम र १ टीबी सम्मको UFS 4.0 स्टोरेज पाउनु हुने छ र साथै यो फोन ४ न्यानोमिटर फेब्रिकेसन प्रक्रियामा निर्मित अक्टा-कोर प्रोसेसर भएको  “स्न्यापड्रागन ८ जेन २” चिपसेटद्वारा संचालित हुनेछ।

यो पनि पढ्नुहोस्ः

यस्तै फोनको क्यामेराको कुरा गर्दा यहाँ ट्रिपल क्यामेरा सेटअप दिएको छ, जसमा “Sony IMX890” का साथ ५० मेगापिक्सलको प्राइमेरी सेन्सर, ८ मेगापिक्सलको अल्ट्रा वाइड लेन्स र २ मेगपिक्सलको म्याक्रो शूटर पर्दछ। सेल्फीको लागि अगाडी “Samsung S5K3P9 sensor” भएको १६ मिगापिक्सलको एउटा फ्रन्ट क्यामेरा जडान गरिएको छ। 

त्यस्तै रियलमी जीटी फाइभमा तपाइले अपरेटिङ सिस्टममा एनड्रोइड १३ र युजर इन्टरफेसको लागि भने रियलमी युआइ ४.० पाउनु हुने छ । यससंगै फोनको डिस्प्लेको कुरा गर्दा कम्पनिले यहाँ ६.७४ इन्चकाे फुल एचडी प्यानल,१.५K रिजोलुशन, १४४ हर्ज़को रिफ्रेस रेट र १४०० निट्सको ब्राइटनेस जस्ता फिचर दिएको छ साथै यसले इन-डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर, “Dolby Atmos” , Hi-Res अडियो, NFC जस्ता अन्य फिचरहरु पनि समाबेश गरेको छ। 

रियलमी जीटी फाइभको बिशेषता:

डिस्प्ले (Display)६.७४ इन्च एमोलेड डिस्प्ले, १२४० x २७७२ पिक्सल, १४४ हर्ज़ रिफ्रेस रेट, १४०० निटस ब्राइटनेस, २०:९ रेसिओ, ~४५१ पीपीआइ डेनसिटि
प्रोसेसर (Processor)स्न्यापड्रागन ८ जेन २ (४ एनएम)
जिपियु (GPU)एड्रेनो ७४०
ओएस र युआई (OS and UI)एनड्रोइड १३ (रियलमी युआइ ४.०)
क्यामेरा (Camera)५० मेगापिक्सल, f/१.९, २४ एमएम (वाइड), अप्टिकल इमेज स्टेबिलाइजेसन (OIS)
८ मेगापिक्सल, f/२.२ , १६ एमएम, ११२ डिग्री (अल्ट्रा-वाइड)
२ मेगापिक्सल, f/२.४ (म्याक्रो)
फ्रन्ट क्यामेरा (Front Camera)१६ मेगापिक्सल, f/२.५, २५ एमएम (वाइड)
मेमोरी र स्टोरेज (Memory and Storage)१२/१६/२४ जीबी र्याम, २५६/५१२ जीबी र १ टीबी स्टोरेज
ब्याट्रि र चार्जिङ (Battery and Charging)५२४०mAh ब्याट्रि, १५०वाट वायर्ड चार्जिङ

४६००mAh ब्याट्रि, २४०वाट वायर्ड चार्जिङ 

मूल्य र उपलब्धता (Realme GT 5 Price in Nepal and Availability)

रियलमी जीटी फाइभ यहि सेप्टेम्बर ४ गतेबाट चिनमा खरिदको लागि उपलब्ध हुने छ। यो फोन अन्तर्राष्ट्रिय बजारहरूमा उपलब्ध हुने कुनै विवरणहरू कम्पनिले अहिले सम्म खुलाएको भने छैन। यसको मूल्य को कुरा गर्दा फोनको १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टलाइ चिनमा २,९९९ यूआन करिब साढे ५४ हजार नेपाली रुपैयाँ तोकिएको छ। 

रियलमी जीटी फाइभचिनिया मूल्यनेपालीमा रूपान्तरित मूल्य (Converted Realme GT 5 Price in Nepal)
१२/२५६ जीबी ¥.२,९९९ रु. ५४,१३० 
१६/५१२ जीबी ¥.३,२९९रु. ५९,५४५
२४ जीबी /१ टीबी¥.३,७९९ रु. ६८,५६९ 
  • जिमेल स्टोरेज कसरी फ्री गर्ने भनेर हेर्न:

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.