“वाच सर्कल”: आकर्षक प्रि-बूकिंग अफरको साथ नेपालमा सार्वजनिक हुदै अल्टिमाको स्मार्टवाच

Watch Circle Price in Nepal

“अल्टिमा वाच सर्कल” नेपाली कम्पनी अल्टिमा लाइफस्टाइलको नयाँ स्मार्टवाच हो । अल्टिमाले यस स्मार्ट वाचलाई छिटै नेपाली बजारमा लन्च गर्ने योजनामा गराएको छ । आज यस लेखमा भने हामी तपाईलाई वाच सर्कलको विशेषता, डिस्प्ले डिजाइन, पर्फमेन्स, लगायत नेपालमा पर्ने मुल्यको (Watch Circle Price in Nepal) बारेमा कुरा गर्नेछौ। 

वाच सर्कल विस्तृतमा:

अल्टिमाको वाच सर्कलको डिस्प्ले र डिजाइनको कुरा गर्नु पर्दा, यहाँ तपाइले ४६६ x ४६६ पिक्सेलको रिजोल्युसन भएको १.४३ इन्चको एमोलेड डिस्प्ले, ८०० निट्स ब्राइटनेस जस्तो फिचरको साथ घडीमा मेटालिक फ्रेमसंगै, छुट्याउन मिल्ने सिलिकन र प्रीमियम स्टेनलेस स्टिल रिस्ट स्ट्र्याप पाउनु हुन्छ। यस्तै यो वाच रियलटेक चिपसेटद्वारा संचालित भएको हुदा, यहाँ स्मुथ पर्फमेन्स र फास्ट रेस्पोन्श टाइम देख्न सकिन्छ।

यस्तै वाचमा कनेक्टिभिटिको लागि ब्लुटुथ भि५.३ समावेश गरिएको छ। जसबाट स्मार्टफोन बिना पनि तपाइँको घडीबाट सिधै कल गर्ने, कल उठाउने, कल अस्वीकार गर्ने लगायत रेकर्ड गर्ने र सम्पर्कहरू हेर्ने जस्ता थुप्रै कामहरु गर्न सकिन्छ। यसको लागि घडीमा बिल्ट-इन माइक्रोफोन र स्पिकर दिएको छ, जहाँबाट तपाईं स्पष्ट कुराकानी गर्न सक्नुहुन्छ।

यस्तैगरी अल्टिमाले यस स्मार्टवाच स्वास्थ्य र फिटनेस ट्र्याकिङ सुबिधा पनि समावेश गरेको छ। यसमा बिल्ट-इन हार्ट रेट सेन्सर, SpO2 सेन्सर र स्ट्रेस मोनिटरिङ्ग जस्ता फिचरहरु रहेको छ। यसले तपाइँलाई तपाइँको मुटुको दर, रगतको अक्सिजनको स्तर, आफुले हिडेको कदम, यात्रा गरेको दूरी, र दिनभरिको क्यालोरी बर्नको ट्र्याक देखाई दिन्छ। साथै घडीमा विभिन्न स्पोर्ट्स मोडहरू छानेर कसरत गर्न र यसलाई अझ सही रूपमा ट्र्याक गर्न पनि सक्नुहुन्छ।

यसबाहेक अल्टिमाको वाच सर्कलले स्मार्ट नोटिफिकेसन, म्युजिक र क्यामेरा कन्ट्रोल, फ़ाइन्नड माई फोन, अटो स्लिप ट्रेकर, वेदर फोरकास्ट, एआई भ्वाइस असिस्टेन जस्ता अन्य थुप्रै फिचरहरु अफर गर्दछ। साथै ब्याट्री लाइफको कुरा गर्नु पर्दा, कम्पनिले यहाँ २५०mAh को ब्याट्री प्रयोग गरेको छ र कम्पनिको अनुसार यो गाडी एक पटकको चार्जमा २ देखि ३ दिनसम्म लगातार चल्न सक्ने छ भने घडीको बूस्ट चार्ज सुविधा अन्तरगत केवल 10 मिनेटको चार्जले दिन भरिलाई पुग्ने छ। 

वाच सर्कलको बिशेषता:

डिस्प्ले (Display)१.४३” TRU एमोलेड डिस्प्ले, 2.5D Curved Glass, ८०० निट्स
(Built)प्रीमियम Zinc Alloy  फ्रेम, सिलिकन र  & स्टेनलेसस्टिल रिस्ट स्ट्र्याप
आईपी रेटिंग (IP Rating)आइपी ६८
कनेक्टिभिटि (Connectivity)ब्लुटुथ V५.३
हेल्थ फिचर (Health Features)हार्ट रेट, SpO2 सेन्सर, स्लिप मोनीटरिंग, फिमेल हेल्थ ट्रयाकिङ्ग, स्ट्रेस मोनीटरिंग, मल्टी मोनीटरिंगस्पोर्ट्स मोड
Sports mode१००+
एप्प (Companion App)DaFit App
ब्याट्रि लाइफ (Battery Life)२५०mAh
कलर (Color) ब्ल्याक र पिङ्क 

मूल्य (Watch Circle Price in Nepal and Availability)

अल्टिमाले वाच सर्कल यहि असोज १४-१६ गते सम्म प्रि-बूकिंगको लागि उपलब्ध गराउने भएको छ भने असोज १७ गतेबाट आधिकारिक रुपमा खरिदको लागि उपलब्ध हुने भएको छ। प्रि-बूकिंगमा भने अल्टिमाले आकर्षक अफरहरु राखेको छ, जहाँ रु. ५,९९९ मूल्य रहेको यो वाच जम्मा रु. ३,९९९ मा खरदि गर्न मिल्ने छ। 

यो वाच तपाईले अल्टिमाको वेबसाइट वा दराज जस्तो विभिन्न ई-कमर्स साइटबाट प्राप्त गर्न सक्नु हुनेछ भने अफलाइन स्टोर हुकुट वा निओ स्टोरबाट पनि खरिद गर्न सक्नु हुन्छ। 

स्मार्ट वाच अफर मूल्य ( Offer Price )नेपालमा आधिकारिक मुल्य (Watch Circle Price in Nepal)
वाच सर्कलरु. ३,९९९रु. ५,९९९

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.