एलोन मस्कले आफ्नो नयाँ कम्पनी xAI सुरु गरे

xai-elon-musk

मेटाले ट्विटरको प्रतिद्वन्दीको रूपमा थ्रेड्स ल्याएपछि ट्विटर र टेस्लाका मालिक एलन मस्कले भने च्याटजिपिटिको प्रतिद्वन्दीको रूपमा हेरिएको xAI नामक कम्पनी सुरु गरेको घोषणा गरेका छन् । 

यसअघि मस्कले च्याटजिपिटिको प्रतिद्वन्दी एआइ ल्याउने र यसै वर्ष एआइ कम्पनी आफ्नो कम्पनीमा समावेश गरेका खबरहरू बाहिर आएका थिए । उनले अमेरिकाको नेभाडा राज्यमा मार्च महिनामा X.AI Corp नामक कम्पनी दर्ता गरेका थिए । 

बुधबार मस्कले ट्विटरमा ट्विट गर्दै लेखेका छन् , “वास्तविकता बुझ्नको लागी xAI निर्माणको घोषणा गर्दै” । xAI को वेबसाइटले जनाए अनुसार यसको लक्ष्य भनेको “ब्रह्माण्डको वास्तविक गुण बुझ्ने” रहेको छ । 
Elon Musk Announces xAI

त्यस्तै ट्विटरमै @xAI ले आफ्नो पहिलो ट्विट गर्दै सोधेको छ, “सबैभन्दा आधारभूत अनुत्तरित प्रश्नहरू के-के हुन् ?”
xAI First Tweet

यो कम्पनीमा मस्क एकल निर्देशक रहेका छन् भने उनको परिवारको व्यवस्थापकिय निर्देशक ज्यारेड बिर्चल सचिव रहेका छन् । 

साथै अल्फागो जस्तो एआइ बनाएको गूगलको डिपमाइन्ड टेक्नोलोजीका पूर्व ईन्जिनियर इगोर बाबुस्चकिन, गूगलमै काम गरेका टोनी वु, गूगलमै अनुसन्धान वैज्ञानिकको रूपमा काम गरेका क्रिस्चियन सेजेडी र माइक्रोसफ्टमा काम गरेका ग्रेग याङ जस्ता कर्मचारी xAI को समुहमा छन् । 

सेन्टर फर एआइ सेफ्टिका वर्तमान निर्देशक ड्यान हेन्ड्रिक्सले xAI को समूहलाई सल्लाह दिनेछन् । यो कम्पनीले मस्कका अन्य कम्पनीहरू जस्तै ट्विटर, टेस्ला इत्यादिसँग नजिक रहेर काम गर्नेछन् । 

xAI टिमका प्राय: सबै सदस्यहरू मस्क आफै सह-संस्थापक रहेको तथा च्याटजिपिटि बनाएको कम्पनी ओपनएआइमा अनुभव बटुलिसकेका हुन् । 

यो पनि पढ्नुहोस्: एआइ च्याटबट के हो ? यसका फाइदा, सीमितता र भविष्य

यो पनि पढ्नुहोस्: च्याटजिपिटि र गुगल बार्ड। कुन राम्रो ?

सन् २०२२ को डिसेम्बरमा च्याटजिपिटि लञ्च भएपछि यसले ठूलै तरङ्ग ल्याइदिएको थियो र अरू थुप्रै कम्पनीहरूले थुप्रै एआइहरू घोषणा गरेका थिए । च्याटजिपिटिभन्दा शक्तिशाली एआइहरू अहिले प्रयोगमा रहेका छन् । 

यो पनि पढ्नुहोस्: गूगल र बिङ ! के फरक छ ?

यो पनि पढ्नुहोस्: एआइ विरूध्द मान्छे

ओपनएआइले जिपिटिफोर लञ्च गरेपछि एआइको दुरुपयोग हुनसक्ने चिन्ता झन् व्यापक रूपमा बढेको थियो । ओपनएआइकै सिईओ स्याम अल्टम्यानले समेत एआइसँग डर लागेको विचार व्यक्त गरेका थिए । 

त्यस्तै क्रममा मस्क लगायतका हजारौँ टेक मानिसहरूले कम्तीमा ६ महिनाको लागी एआइको विकास रोक्नको लागी खुला पत्रमा हस्ताक्षर गरेका थिए । अहिले आएर मस्क आफै एआइ बनाउनतिर लाग्दा उनको आलोचना गर्नेहरू पनि प्रशस्त छन् । 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.