ग्लोबल टेक कम्पनी शाओमीले “स्योर-शट सेप्टेम्बर मेला” सुरु गरेको छ जुन शुक्रबार, सेप्टेम्बर ०१, २०२३ मा सुरु भएको हो। यो क्याम्पेनमा ग्राहकहरूले शाओमीको रेडमी स्मार्टफोनहरू खरिद गर्दा आकर्षक उपहारहरू जित्न सक्नेछन्।
कम्पनिको अनुसार यस अफरमा ग्राहकहरुले रेडमी ए२ र ए२ प्लसको हरेक खरिदमा रु.८९९ पर्ने रेडमी इयरफोन नि:शुल्क पाउनेछन्। यसबाहेक रेड्मी १२सी खरिद गर्दा, खरिदकर्ताहरूले एउटा रु,२,५९९ पर्ने रेडमी सोनिकबास ब्लुटुथ इयरफोनहरू निःशुल्क प्राप्त गर्नेछन्।
यो दुबै अफरहरु भने यहि सेप्टेम्बर ०१, देखि सेप्टेम्बर १५ सम्म मान्य रहने छ। यी अफरहरु नेपालभरिका सबै शाओमीको रिटेल स्टोरहरूमा उपलब्ध छ र थप जानकारीहरु तपाईले नजिकको शाओमी स्टोर अथवा शाओमीको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सक्नु हुन्छ।
यो पनि पढ्नुहोस्ः
- एनसेल र नेपाल टेलिकममा ब्यालेन्स चेक र रिचार्ज गर्ने तरिका फेरियो, अब एउटै कोडले काम गर्ने
- ह्वाट्सएपमा उच्च रिजोल्युसन फोटोहरू कसरी पठाउने
- के साच्चै नेपाल दूरसञ्चार प्राधिकरणको टेरामोक्स प्रणालीले फोन ट्याप गर्छ त ?
रेडमी ए२ र ए२ प्लस
यी दुबै फोनहरुको बारेमा कुरा गर्नु पर्दा, यहाँ तपाइले समान बिशेषता र फिचरहरु पाउनु हुन्छ, र यसको मूल्यमा पनि धेरै भिन्नता छैन। यस फोनमा ६.५२ इन्चको एलसीडी प्यानल, मिडियाटेक हेलियो जी३६ (१२ एनएम) चिपसेट, ८ मेगपिक्सलको ब्याक र ५ मेगपिक्सलको फ्रन्ट क्यामेरा जस्ता फिचर पाउनु हुन्छ। ए२ र ए२ प्लसको भिन्नता भनेको यसको फिंगरप्रिन्ट सेन्सर मात्र हो। ए२ प्लसमा तपाइले पछाडि माउन्ट गरिएको फिंगरप्रिन्ट स्क्यानर पाउनु हुन्छ, जुन ए२ मा भने दिएको छैन।
स्मार्टफोन | आधिकारिक नेपाली मूल्य(Official Price in Nepal) | अफर |
रेडमी ए२ | रु. १०,४९९ | रेडमी इयरफोन |
रेडमी ए२ प्लस | रु. ११,४९९ |
रेड्मी १२सी
रेड्मी १२सी शाओमीको अर्को बजेट स्मार्टफोन हो। यहाँ तपाइले ६.७१ इन्चको एलसीडी स्क्रीन, ६० हर्ज़को रिफ्रेस रेट, मीडियाटेक हेलियो जी८५ (१२ एनएम) प्रोसेसर, ५० मेगपिक्सलको ब्याक र ५ मेगपिक्सलको फ्रन्ट क्यामेरा पाउनु हुन्छ। साथै फोनको पछाडि फिंगरप्रिन्ट सेन्सर र फेस अनलक जस्ता फिचरहरु पनि समाबेश गरिएको छ।
स्मार्टफोन | आधिकारिक नेपाली मूल्य(Official Price in Nepal) | अफर |
रेड्मी १२सी | रु. १३,४९९ | रेडमी सोनिकबास ब्लुटुथ इयरफोन |
यो पनि पढ्नुहोस्ः
- पर्स जस्तै बोक्न मिल्ने अनरको नया फोल्डेबल फोन
- आकर्षक मूल्यका साथ “शाओमी प्याड ६” नेपाली बजारमा
- “आइफोन १५” बारे हामीलाई थाहा भएको सबै कुरा
- आइफोनको अल्ट्रा मोडेल कस्तो हुने छ ?
- ९ मिनेटमा फुल चार्ज हुने “रियलमी जीटी फाइभ” चिनमा सार्वजिनक