नेपालको सबैभन्दा ठूलो इ-कमर्स कम्पनि मध्ये एक दराजले यहि अगस्त ३० मा “दराज लाइक न्यू” (Daraz Like New) सेवा सुरु गरेको छ। यो सेवा अन्तर्गत ग्राहकहरूले सजिलै नेपालमा सुविधाजनक मूल्यमा सेकेन्ड ह्यान्ड फोनहरू खरिद गर्न सक्ने छन्। साथै दराजले लन्च गरेको यो नयाँ फिचरले ग्राहकहरूमा थप उत्साह ल्याएको छ, किन भने यस सेवाबाट ग्राहकहरूले थोरै पैसामा आफ्नो मनपर्ने फोनहरु किन्न मिल्ने छ ।
“दराज लाइक न्यू” को सुबिधा (Daraz Like New)
जब हामी अरुले प्रयोग गरेको उत्पादनहरू खरिद गर्ने कुरा गर्छौं, तब तेस्को गुणस्तरता र अवस्थाको बारेमा पकै पनि शंका र चिन्ताहरु उत्पन्न हुन्न थाल्छ । तर दराजको अनुसार उनीहरु ग्राहकहरूलाई कडा गुणस्तर र मापदण्डहरू पूरा गरेर मात्र प्रयोग गरिएका फोनहरू खरिद गर्नको लागि उपलब्ध गरौँ छन्।
यो पनि पढ्नुहोस्ः
- एनसेल र नेपाल टेलिकममा ब्यालेन्स चेक र रिचार्ज गर्ने तरिका फेरियो, अब एउटै कोडले काम गर्ने
- ह्वाट्सएपमा उच्च रिजोल्युसन फोटोहरू कसरी पठाउने
- के साच्चै नेपाल दूरसञ्चार प्राधिकरणको टेरामोक्स प्रणालीले फोन ट्याप गर्छ त ?
कम्पनिले उपकरणहरूको गुणस्तर सुनिश्चित गर्न उक्त फोनहरुलाई तिनीहरूको अवस्था, जस्तै स-साना डेन्टहरू वा स्क्र्याचहरूको आधारमा विशेषज्ञहरूद्वारा जाँच गरि ६० चेकपोइन्टहरू मूल्याङ्कन दिइन्छ । यहि आधारमा फोनहरुलाइ , ग्रेड A+ (कुनै देखिने स्क्र्याचहरू नभएको) र र ग्रेड A (थोरै स्क्र्याचहरू भएको) गरि दुइओटा स्तरमा विभाजन गरिएको छ। यसबाहेक दराजले ग्राहकहरूलाइ प्रीमियम अनुभव दिन, फोनको गुणस्तरता र प्याकेजिङमा बिसेष जोड दिएको देखिन्छ।
यससंगै दराज लाइक न्यू मार्फत खरिद भएको सबै फोनमा ग्राहकहरुले ३ देखि ६ महिनाको वारेन्टी र भ्याट बिल पाउनु हुने छ र साथै यस प्लाटफर्ममा NTA MDMS दर्ता भएका फोनहरु मात्र बिक्रि हुने छ। यसरि ग्राहकहरुमा दराजपर्ती विश्वास कायम रहने र लेनदेन पनि सुनिश्चित हुन्छ भन्ने विश्वास दराजले जनाएको छ। यस्तै यस सेवाले ग्राहकहरूको पैसा मात्र नभएर वातावरण पनि बचाउन मद्दत गर्छ। हामी सबैलाइ थाहा भएको कुरा हो, इलेक्ट्रोनिक उद्योगमा हरेक वर्ष विश्वभर धेरै टन ई-फोहोर जम्मा हुन्छ। तर पुन: प्रयोग भएका फोनहरूले इलेक्ट्रोनिक फोहोरलाई कम गरेर वातावरण संरक्षणमा ठुलो योगदान पुर्याउँछ।
यसरीनै दराजको यो नया सेवाले प्राविधि रुचाउनेहरुमा एउटा उत्साह सिर्जना गरेको छ। यस सेवाले ग्राहकहरूलाइ थप सस्तो र दिगो विकल्पहरू उपलब्ध गराउने आशा रहेको छ। साथै यस मार्फत खरिद हुने सबै फोनहरु सावधानीपूर्वक कडा गुणस्तर निरीक्षणहरू गरेर मात्र औपचारिक रूपमा खरिदको लागि उपलब्ध हुने भएकोले, DLN (Daraz Like New) ले प्रत्येक खरिद सार्थक र सुनिश्चित रहेको बताएको छ।
यो पनि पढ्नुहोस्ः
- पर्स जस्तै बोक्न मिल्ने अनरको नया फोल्डेबल फोन
- आकर्षक मूल्यका साथ “शाओमी प्याड ६” नेपाली बजारमा
- “आइफोन १५” बारे हामीलाई थाहा भएको सबै कुरा
- आइफोनको अल्ट्रा मोडेल कस्तो हुने छ ?
- ९ मिनेटमा फुल चार्ज हुने “रियलमी जीटी फाइभ” चिनमा सार्वजिनक