Exynos 1280 का साथ सामसङ्गको नया फोन ग्यालेक्सी  एफ ३४ फाइभजी सार्बजनिक

Samsung Galaxy F34 5G Price in Nepal

सामसङ्गले हालै आफ्नो नया समार्टफोन ग्यालेक्सी एफ ३४ सार्बजनिक गरेको छ। लोकप्रिय एफ सिरिज अन्तर्गत पर्ने यो फोनको बजेट र विशेषताहरुले धेरै प्रयोगकर्ताहरु आफु तिर आकर्षित गरेको छ।  आज यस आर्टिकलमा हामी तपाइलाई सामसङ्ग ग्यालेक्सी एफ ३४ को विशेषता, डिस्प्ले डिजाइन, पर्फमेन्स, लगायत (Samsung Galaxy F34 5G Price in Nepal) नेपालमा पर्न सक्ने यसको मुल्यको बारेमा बताउने छौ।    

‘सामसङ्ग ग्यालेक्सी एफ ३४’ फाइभजी: विस्तृतमा

स्मार्टफोनको डिजाइनको कुरा गर्दा, सामसङ्गले आकर्षक देखिने प्लास्टिक फ्रेम र प्लास्टिक ब्याक प्यानल प्रयोग गरेको छ। फोनको आगाडी भने यु-आकारको नच देख्न सक्छौं। यो फोन सामसङ्गले “इलेक्ट्रिक ब्ल्याक” र “मिस्टिक ग्रीन” गरि जम्मा दुइ ओटा कलर अपशन मात्र दिएको छ। यो फोनमा ६.४६ इन्चको FHD सुपर आमोलेड डिस्प्ले प्रयोग गरिएको छ । त्यस्तै १२० हर्ज़ रिफ्रेश रेट, ५५० निट्स सम्मको ब्राइटनेस र गोरिल्ला ग्लास ५ प्रोटेक्सन पनि दिएको छ। 

क्यामेरामा भने ५० मेगापिक्सलको मुख्य क्यामेरा , ८ मेगापिक्सलको अल्ट्रा-वाइड र २ मेगापिक्सलको म्याक्रो लेन्स सहित ट्रिपल ब्याक क्यामेरा सेटप समाबेस गरिएको छ। त्यस्तै वाटरड्रप नच सहितको १३ मेगापिक्सलको एउटा सेल्फि क्यामेरा प्रदान गरिएको छ। सामसङ्गले मुख्य क्यामेरामा अप्टिकल इमेज स्टेबिलाइजेसन (OIS) समावेश गरेको छ, जसले फोटो वा भिडियोलाई अझै स्थिर बनाउन्छ । कम्पनिको अनुसार रातिको समयमा फोटो लिनको लागि यहाँ ‘Nightography’ जस्तो फिचर पनि दिएको छ।  

यो पनि पढ्नुहोस्ः

सामसङ्ग ग्यालेक्सी एफ ३४ मा ५ न्यानोमिटर फेब्रिकेसन प्रक्रियाबाट तयार पारिएको Exynos 1280 चिपसेट समावेश गरिएको छ।  यो चिपसेटले २.४ गिगाहर्ट्जमा क्लक गरिएको दुईवटा Cortex-A78 कोर र २ गिगाहर्ट्जमै क्लक गरिएको ६ वटा Cortex-A55 कोर अफर गर्छ।

अपरेटिङ सिस्टमको लागि भने यहाँ एन्ड्रोईड-१३ समावेश गरिएको छ र यसलाई सामसङ्गको युजर इन्टरफेस One UI ५.१ ले सपोर्ट गर्दछ। यो फोन 6/8GB RAM र 128GB स्टोरेज गरी जम्मा तिन वोटा भेरियन्टमा उपलब्ध छ। 

सामसङ्ग ग्यालेक्सी एफ ३४ फाइभजीको बिशेषता(Specifications):

डिस्प्ले (Display)६.५ इन्च FHD+ सुपर एमोलेड, १२०हर्ज़ रिफ्रेस रेट, ५५० निटस ब्राइटनेस, गोरिल्ला ग्लास ५
रिजोलुशन (Resolution):१०८० x २३४० पिक्सेल, १९:५:९ रेसिओ, ~३९६ पीपीआइ डेनसिटि
प्रोसेसर (Processor)Exynos 1280 (5nm)
ओएस र युआई (OS and UI)Android 13 मा आधारित One UI 5.1
ब्याक क्यामेरा (Back Camera)प्राइमेरि क्यामेरा: ५० मेगापिक्सल(OIS), f/१.८ (वाइड)

अल्ट्रा-वाइड: ८ मेगापिक्सल, f/२.२, १२०˚ (अल्ट्रा-वाइड)

म्याक्रो लेन्स: २ मेगापिक्सल, f/२.४
फ्रन्ट क्यामेरा (Front Camera)१३ मेगापिक्सल, f/२.२, (वाइड) 
मेमोरी र स्टोरेज (Memory and Storage)६/८ जीबी र्याम र १२८ जीबी स्टोरेज (बढाउन सकिने)
ब्याट्रि र चार्जिङ (Battery and Charging)६०००mAh ब्याट्रि, 25W चर्जिङ्ग 
कलर अपशन (Color Options)इलेक्ट्रिक ब्ल्याक, मिस्टिक ग्रीन

मूल्य र उपलब्धता (Samsung Galaxy F34 5G Price in Nepal and Availability)

सामसङ्गले ६ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य इंडियामा ₹. १८,९९९ राखेको छ। यो फोन नेपाली बजारमा छिटै आउन सक्ने आशा गरिएको छ। नेपाली बजारमा भने यो फोनको मूल्य तल तोकिएको सुची अनुसार हुने अपेक्षित गरिएको छ। 

सामसङ्ग ग्यालेक्सी एफ ३४ फाइभजीभारतीय मूल्यनेपालमा अपेक्षित मुल्य (Samsung Galaxy F34 5G Expected Price in Nepal)
६/१२८ जीबी₹. १८,९९९रु. ३४,००० 
८/१२८ जीबी₹. २०,९९९रु. ३७,००० 

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.