एक लाख पैँसट्ठी हजारमा शाओमीको नयाँ फोल्डेबल फोन सार्वजनिक, के के छ विशेषता?

xiaomi mix fold 3 price in nepal

शाओमीको तेस्रो पुस्ताको फोल्डेबल स्मार्टफोन चीनमा रिलिज भएको हो। गत वर्ष, शाओमीले मिक्स फोल्ड २ संग विश्वको सबैभन्दा पातलो फोल्डेबल फोन लन्च गरेको थियो। यहि कुरा लाई निरन्तरता दिदै शाओमीले हालसालै मिक्स फोल्ड ३ फोन सार्वजनिक गरेको छ। शाओमीको यो फोल्डेबल फोन हालै लन्च भएको सामसङ को ग्यालेक्सी जेड फोल्ड फाइभसंग प्रतिस्पर्धा गर्ने छ। आज यस लेखमा हामी तपाइलाई शाओमी मिक्स फोल्ड ३  को विशेषता, डिस्प्ले डिजाइन, पर्फमेन्स, लगायत नेपालमा पर्न सक्ने मुल्यको (Xiaomi Mix Fold 3 Price in Nepal) बारेमा कुरा गर्ने छौ।

‘शाओमी मिक्स फोल्ड ३’ विस्तृतमा

शाओमी मिक्स फोल्ड ३ को मुख्य आकर्षण यसको स्लिम र प्रिमियम डिजाइनसंगै  नया जिरो-हिंज टेक्नोलोजी रहेको छ। आफ्नो पहिलाको संस्करणको फोन जस्तै फोल्ड ३ निक्कै स्लिम र हल्का वजनको छ । यसको तौल जम्मा २५५ ग्राम छ भने फोल्ड गर्दाको मोटाई १०.८६ एमएम र अनफोल्ड गर्दाको मोटाई ५.२६ एमएम हुन आउछ । त्यस्तै यसको जिरो-हिंज टेक्नोलोजीमा ३-एलिमेन्ट स्ट्राइक्चर र १४ माइक्रो-हिंग समाबेश गरिएको छ जसले फोनलाई पूर्ण रुपमा फोल्ड र अनफोल्ड गर्न मिल्ने सुबिधासंगै फोन खस्दा हुने क्षतिको जोखिम पनि कम गर्दछ।  

यसको डिस्प्लेको कुरा गर्दा यहाँ ८.०२५ इको ओएलईडी प्लस भएको इनरडिस्प्ले र ६.५६ इन्चको एमोलेड प्यानल भएको आउटर डिस्प्ले गरि दुइओटा स्क्रिन छ, जुन भिडियोहरू हेर्न, गेम खेल्न, वा मनोरञ्जन लिनको लागि पर्याप्त हुनेछ। साथै यहाँ १२० हर्ज़ रिफ्रेस रेट र १७५० निट्सको ब्राइटनेस जस्तो फिचर पनि दिएको छ। 

यो पनि पढ्नुहोस्ः

त्यस बाहेक स्मार्टफोनमा लीकासँगको सहकार्यमा डिजाइन गरिएको, क्वाड क्यामेरा प्रयोग गरिएको छ। स्मार्टफोनमा ५० मेगापिक्सल सोनी IMX800 मुख्य क्यामेरा (२३ एमएम), १२ मेगापिक्सल अल्ट्रावाइड मोड्युल (१५ एमएम), १० मेगापिक्सल टेलिफोटो (७५ एमएम), १० मेगापिक्सल पेरिस्कोप टेलिफोटो (११५ एमएम), २० मेगपिक्सल फ्रन्ट क्यामेराको साथै अप्टिकल इमेज स्टेबिलाइजेसन (OIS) र पीडी फोकस जस्ता उन्नत फिचर पनि छ। यस क्यामेरामा 8K रिजोल्युसनमा २४ फ्रेम प्रति सेकेन्डमा भिडियो रेकर्ड गर्न पनि सक्छ। त्यस्तै १० मेगापिक्सल टेलिफोटोबाट (७५ एमएम) 3.२x सम्मको जुम र १० मेगापिक्सल पेरिस्कोप टेलिफोटोबाट (११५ एमएम) ५x सम्मको अप्टिकल जुम शटहरू लिग्न सकिन्छ। दुवै टेलिफोटो मोड्युलमा OIS सुविधा उपलब्ध छ।

शाओमी मिक्स फोल्ड ३मा ‘Snapdragon 8 Gen 2 chipset’ प्रयोग भएको छ, जुन चिपसेट सामसङ्ग र मोटोरोला को नया फोल्डेबल फोनहरूमा पनि समाबेश गरिएको छ। त्यस्तै फोनले 4800mAh को ठुलो ब्याट्री संगै ६७ वाटको वायर्ड चार्जिङ र ५० वाट वायरलेस चार्जिङ सपोर्ट गर्छ। यो फोन १२/१६ जीबी LPDDR5X र्याम र २५६/५१२ जीब, १ टीबी स्टोरेज गरि तिनओटा भेरियन्तमा उपलब्ध हुने छ। 

 शाओमी मिक्स फोल्ड ३ को बिशेषता:

डिस्प्ले (Display)आउटर डिस्प्ले : ६.५६ इन्च एमोलेड डिस्प्ले, २५२० x १०८० पिक्सेल, १२० हर्ज़ रिफ्रेस रेट, २६०० निटस ब्राइटनेस, कोर्निङ गोरिल्ला ग्लास भिक्टस २

इनर डिस्प्ले   : ८.०२५ इन्च ओएलईडी प्लस डिस्प्ले, २१७६ x १८१२ पिक्सेल, १२० हर्ज़ रिफ्रेस रेट
प्रोसेसर (Processor)स्न्यापड्रागन ८ जेन २ (४ एनएम)
ओएस र युआई (OS and UI)एनड्रोइड १३ (एमयुआइ १४)
क्यामेरा (Camera)प्राइमेरी: ५० मेगापिक्सल, २३ एमएम , f/1.77, अप्टिकल इमेज स्टेबिलाइजेसन (OIS)

अल्ट्रा-वाइड: १२ मेगापिक्सल (१२० डिग्री), १५ एमएम

टेलिफोटो: १० मेगापिक्सल, ७५ एमएम, 3.२x जुम, अप्टिकल इमेज स्टेबिलाइजेसन (OIS)

पेरिस्कोप: १० मेगापिक्सल, f/2.92, १५ एमएम, ५x जुम, अप्टिकल इमेज स्टेबिलाइजेसन (OIS)

सेल्फ़ि: २० मेगापिक्सल
मेमोरी र स्टोरेज (Memory and Storage)१२/१६ जीबी र्याम, २५६/५१२ जीबीरो-हिंज / १ टीबी स्टोरेज
ब्याट्रि र चार्जिङ (Battery and Charging)४८००mAh ब्याट्रि, ६७ वाट वायर्ड चार्जिङ, ५० वाट  वायरलेस चार्जिङ
कलर अपशन (Color Options)स्टार गोल्ड, मून स्याडो ब्ल्याक

मूल्य र उपलब्धता (Xiaomi Mix Fold 3 Price in Nepal and Availability)

शाओमी मिक्स फोल्ड ३ चिनमा आजदेखि प्रि-अर्डरहरूको लागि खुल्ला गरिएको छ, तर आधिकारिक बिक्री भने अगस्त 16 मा सुरु हुने छ। शाओमीले यो फोन अन्तर्राष्ट्रिय बजारहरूमा उपलब्ध हुने कुनै विवरणहरू उल्लेख गरेको छैन। यस फोनको १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्तको मूल्य चिनियाँ युआन ८,९९९ राखेको छ जसलाई नेपाली एक लाख पैँसट्ठी हजार पर्न जान्छ। 

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.