“६४ मेगापिक्सल” भएको टेक्नो क्यामन २० स्मार्टफोन नेपालमा खरिदको लागि उपलब्ध

Tecno Camon 20 Price in Nepal

टेक्नोले गत वर्ष क्यामन १९ सिरिज लन्च गरे संगै यस बर्ष उक्त सिरिजको नवीनतम संस्करण २० सिरिज विश्वव्यापी रूपमा उपलब्ध गराएको छ। यस सिरिजमा वेनिला क्यामन २०, क्यामन २० प्रोक्यामन २० प्रिमियर जस्ता स्मार्टफोनहरु समाबेश छन्। तर आज यस लेखमा हामी तपाइलाई टेक्नो क्यामन २०को विशेषता, डिस्प्ले डिजाइन, पर्फमेन्स, लगायत नेपालमा पर्ने मुल्यको (Tecno Camon 20 Price in Nepal) बारेमा कुरा गर्ने छौ।

‘टेक्नो क्यामन २०’ विस्तृतमा

टेक्नो क्यामन २० एक बजेट-अनुकूल स्मार्टफोन हो, जसमा ठूलो ६.६७ इन्चको एमोलेड डिस्प्ले, ६० हर्ज़ रिफ्रेस रेट,  १०८० x २४०० पिक्सेल रिजोल्युसन जस्ता फिचरहरु रहेको छ। यो फोनको पछाडी डायमंड पैटर्न डिजाइन दिएको छ, जसले गर्दा फोन निकै भिन्न देखिन्छ । यसैसंगै धुलो र पानिबाट सुरक्षित राख्न IP53 को रेटिंग दिएको छ। त्यस्तै स्मार्टफोनमाग्लेशियर ग्लो, प्रिडन ब्ल्याक र सेरेनिटी ब्ल ‘ गरि तिनओटा कलर अपशनहरु समाबेश गरिएको छ। 

यस फोनको क्यामेरा को कुरा गर्दा, ६४ मेगापिक्सलको प्राइमेरी, २ मेगापिक्सलको देप्थ र अटोफोकसको साथ QVGA सहित ट्रिपल क्यामेरा सेटअप पाउनु हुन्छ। यसबाहेक यहाँ क्यामेरामा विभिन्न मोड र सेटिङहरूमा फोटो र भिडियोहरू खिच्न रिङ्ग-एलईडी फ्ल्यास लाइट, प्यानोरमा र एचडीआर जस्ता थुप्रै फिचरहरू समाबेश गरिएको छ।  त्यस्तै अगाडी ३२ मेगापिक्सलको फ्रन्ट क्यामेरा दिएको छ। 

यो पनि पढ्नुहोस्ः

पर्फमेन्सकाे लागि स्मार्टफोनमा मीडियाटेकको हेलियो जी८५ प्रोसेसर प्रयोग भएको छ। यस संगै फोनमा एनड्रोइड १३ को ओएस सहित “HiOS 13” युजर इन्टरफेस रहेको छ। त्यस्तै स्मार्टफोनमा ५०००mAh को ब्याट्रि, ३३ वाटको चार्जिङ्ग सपोर्ट, इन-डिस्प्ले फिंगरप्रिन्ट सेन्सर जस्ता अन्य फिचरहरु रहेको छ।   

टेक्नो क्यामन २० को बिशेषता (Specifications):

डिस्प्ले (Display)६.६७ इन्च FHD+ एमोलेड, ६० हर्ज़ रिफ्रेस रेट 
रिजोलुशन (Resolution)१०८० x २४०० पिक्सेल, २०:९ रेसिओ, ~३९५ पीपीआइ डेनसिटि
प्रोसेसर (Processor)मीडियाटेक हेलियो जी८५ (१२ एनएम)
ओएस र युआई (OS and UI)एनड्रोइड १३ (HiOS 13)
ब्याक क्यामेरा (Back Camera)प्राइमेरि क्यामेरा: ६४ मेगापिक्सल, f/१.७ (वाइड)

अल्ट्रा-वाइड: २ मेगापिक्सल, f/२.४

QVGA
फ्रन्ट क्यामेरा (Front Camera)३२ मेगापिक्सल, f/२.५, २४ एमएम (वाइड)
मेमोरी र स्टोरेज (Memory and Storage)८ जीबी र्याम र २५६ जीबी स्टोरेज 
ब्याट्रि र चार्जिङ (Battery and Charging)५०००mAh ब्याट्रि, ३३ वाट चर्जिङ्ग 
कलर अपशन (Color Options)ग्लेशियर ग्लो, प्रिडन ब्ल्याक र सेरेनिटी ब्लू

यो पनि पढ्नुहोस्ः

मूल्य र उपलब्धता (Tecno Camon 20 Price in Nepal and Availability)

टेक्नो क्यामन २० को ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य नेपालमा रु २२,९९९ तोकिएको छ। यसलाई तपाइले विभिन्न ई-कमर्स साइट र नेपालका अन्य आधिकारिक स्टोरहरूबाट किन्न सक्नुहुन्छ। 

टेक्नो क्यामन २०नेपालमा मुल्य (Tecno Camon 20 Price in Nepal)
८/२५६ जीबी रु २२,९९९
  • फोन किन स्लो हुन्छ र यसो हुन नदिन के गर्ने  भनेर हेर्न:

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.