छोटो अवधिमा प्रयोगकर्ताहरूमा धेरै लोकप्रिय भएको पोको ब्रान्डले आफ्नो नया फोन सार्बजनिक गरेको छ। एमफोर प्रो फाइभजी को ठूलो सफलता पछि हालै पोकोले आफ्नो नयाँ फोन एमसिक्स प्रो फाइभजी लन्च गरेको हो। आज यस आर्टिकलमा हामी तपाइलाई एमसिक्स प्रो फाइभजीको विशेषता, डिस्प्ले डिजाइन, पर्फमेन्स, लगायत नेपालमा पर्ने सक्ने मुल्यको (Poco M6 Pro 5G Price in Nepal) बारेमा बताउने छौ।
‘पोको एमसिक्स प्रो’ फाइभजी: विस्तृतमा
स्मार्टफोनको डिजाइनको कुरा गर्ने हो भने यहाँ प्रिमियम ग्लास डिजाइन पाउनु हुन्छ। तस्तै पोकोले यो फोनमा पावर ब्ल्याक र फरेस्ट ग्रीन गरि जम्मा दुइ ओटा कलर अपशन मात्र दिएको छ। डिस्प्लेमा भने यहाँ ९० हर्ट्जको रिफ्रेश रेट भएको ६.७९ इन्चको आईपीएस एलसीडी प्यानल पर्योग गरिएको छ।
यहाँ १०८० x २४६० पिक्सेल स्क्रीन रेजुलेशन, ८५.१ % स्क्रीन-टू-बॉडी रेश्यो (screen-to-body ratio), २४० हर्ट्ज सम्मको टच सैंपलिंग रेट (touch sampling rate), कॉर्निंग गोरिल्ला ग्लास ३ प्रोटेक्शन, ५५० nits को ब्राइटनेस, जस्ता फिचरका साथै फोनको साइडमा फिंगरप्रिन्ट सेन्सर र फेस अनलक जस्तो फिचर देख्न सक्छौ।
यो पनि पढ्नुहोस्ः
- आकर्षक प्रि-बूकिंग अफरको साथ नेपालमा सार्वजनिक सामसङ्ग जेड फोल्ड फाइभ
- प्रि-बूकिंगको लागि उपलब्ध सामसङ्ग जेड फ्लिप फाइभ: मूल्य एक लाख चालीस हजार
- आउँदै गरेको आइफोन १५को बारेमा हामीलाई थाहा भएको सबै कुरा
यो फोनमा ५० मेगापिक्सेल को प्राइमेरि क्यामेरा र २ मेगापिक्सेलको देप्थ सेन्सर गरि डुअल क्यामेरा सेटअप दिएको छ र फ्रंटमा भने ८ मेगापिक्सेलको सेल्फी क्यामेरा पाउन सक्छौ।
पोको विशेष गरी कम बजेट तर हाई परफॉर्मेंस फोनहरुको लागि परिचित छ। प्रायः पर्योगकर्ताहरुले पोको ब्रान्डको फोन रुचाउनुको मुख्य कारण पनि यहि हो। यस पाली पनि पोकोले एमसिक्स प्रो फाइभजीमा पावोरफुल चिप्सेट “Qualcomm Snapdragon 4 Gen 2” प्रयोग गरेको छ। ४ न्यानोमिटर फेब्रिकेसन प्रक्रियामा निर्मित अक्टा-कोर प्रोसेसर भएको यो चिप्सेट दैनिक र गेमिङ जस्तो गहन कार्यहरू सजिलै गर्न सक्छ।
मेमोरी कन्फिगरेसनको सन्दर्भमा, यो फोन ४/६ जीबी र्याम र ६४/१२८ जीबी स्टोरेज गरि जम्मा दुइओटा भेरियन्टमा आउछ।
Poco M६ प्रो फाइभ जी को बिशेषता(Specifications):
डिस्प्ले (Display) | ६.७९ इन्च IPS LCD, ९० हर्ज़ रिफ्रेश रेट, २४० हर्ज़ सम्मको टच स्यम्प्लिंग रेट, ५५० निटस ब्राइटनेस, गोरिल्ला ग्लास ३ |
रिजोलुशन (Resolution) | FHD+ (१०८० x २४६० पिक्सेल), ~३९६ पीपीआइ डेनसिटि |
प्रोसेसर (Processor) | स्न्यापड्रागन ४ जेन २ (४nm) |
ओएस र युआई (OS and UI) | एन्ड्रोइड़ १३ मा आधारित MIUI १४ |
ब्याक क्यामेरा (Back Camera) | ५० मेगापिक्सेल मुख्य २ मेगापिक्सेल डेप्थ |
फ्रन्ट क्यामेरा (Front Camera) | ८ मेगापिक्सेल |
मेमोरी र स्टोरेज (Memory and Storage) | ४/६ जीबी र्याम र ६४/१२८ जीबी स्टोरेज |
ब्याट्रि र चार्जिङ (Battery and Charging) | ५०००mAh ब्याट्रि, 18W चर्जिङ्ग |
कलर अपशन (Color Options) | पावर ब्ल्याक, फरेस्ट ग्रीन |
मूल्य र उपलब्धता (Poco M6 Pro 5G Price in Nepal and Availability)
यस फोनको ४ जिबि र्याम र ६४ जिबि इन्टर्नल स्टोरेज भेरियन्टलाई इंडियामा ₹.१०,९९९ मूल्य अंकित गरिएको छ। नेपालमा भने यो फोन यहि दशैं सम्ममा तल अनुमान गरिएको मूल्यमा सार्बजनिक हुन सक्छ।
पोको एमसिक्स प्रो फाइभजी | भारतीय मूल्य | नेपालमा अपेक्षित मुल्य (Poco M6 Pro 5G Expected Price in Nepal) |
४/६४ जीबी | ₹. १०,९९९ | रु. १९,९९९ |
६/१२८ जीबी | ₹. १२,९९९ | रु. २२,९९९ |