ग्यालेक्सी एस २२ मा “वान युआइ ६” अपडेटको लागि उपलब्ध

Samsung One UI 6 Beta Program Starts for S22 Series

लामो प्रतिक्षा पछि अन्ततः ग्यालेक्सी एस२२ सिरिजमा एन्ड्रोइड १४-आधारित “वान युआइ ६” को बेटा भर्जन अपडेटको लागि उपलब्ध हुने भएको छ। अहिलेको लागि यो अपडेट दक्षिण कोरियामा मात्र उपलब्ध भएको छ तर छिट्टै अन्य देशहरूमा पनि विस्तार हुने अपेक्षा गरिएको छ। यहाँ विगतमा जस्तै, तपाई सामसङ्ग मेम्बर्स एप मार्फत कार्यक्रममा सामेल हुन सक्नुहुन्छ।

सामसङ्गले आफ्नो कोरियन-लैंग्वेज कम्युनिटी फोरम मार्फत वान युआइ ६ को बेटा भर्जन, ग्यालेक्सी एस२२, ग्यालेक्सी एस२२ प्लस र ग्यालेक्सी एस२२ अल्ट्रामा उपलब्ध हुने बताएको छ। यहाँ तपाइले ३जीबी भन्दा बढी साइजको ZWIA फर्मवेयर पाउनु हुन्छ भने यसमा सेप्टेम्बर २०२३को प्याच समावेश हुने भएको छ। यदि तपाई दक्षिण कोरियामा हुनुहुन्छ र तपाईंले आफ्नो फोन वान युआइ ६ कार्यक्रममा दर्ता गर्नुभएको छ भने तपाई सेटिङ्स भित्र रहेको सफ्टवेयर अपडेटमा गएर यसलाई डाउनलोड गर्न सक्नुहुन्छ। 

यो पनि पढ्नुहोस्ः

एनड्रोइड १४ मा आधारित “वान युआइ ६” कुन कुन सामसङ्ग फोनमा आउदै, यस्तो छ सुची

युआइ ६ को केहिँ फिचरको बारेमा कुरा गर्नु पर्दा, यहाँ तपाइले पर्सनल कस्टमाईजेसन, यूजर-फ्रेन्डली एक्सपिरियन्स, इम्प्रूव सफ्टवेयर जस्ता नयाँ परिवर्तनहरुसंगै बग फिक्सहरु पाउनुहुन्छ। फोन अपडेट गरेपछि तपाइले रिडिजाइन गरेको कुइक प्यानल, नोटिफिकेशन प्यानल र लक स्क्रीनमा देख्ने नयाँ मिडिया प्लेयर, विभिन्न लक स्क्रिनहरू र क्यामेरा विजेटको विकल्पहरूसंगै अपडेट सेक्युरिटी फिचरहरु पाउन सक्नुहुन्छ। यस्तै आगामी हप्ताहरूमा चिन, जर्मनी, भारत, पोल्याण्ड, बेलायत र अमेरिका लगायत अन्य देशहरूमा पनि सामसङ्गले वान युआइ ६” को बेटा भर्जनको अपडेट जारी गर्न सक्छ। 

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.