“टेक्नो फ्यान्टम भी फोल्ड”: नेपालमा अहिले सम्मकै सस्तो फोल्डेबल फोन भएर आउन सक्ने

Tecno Phantom V Fold Price in Nepal

हालै नेपालमा सामसङको ग्यालेक्सी जेड फोल्ड फाइभ जेड फ्लिप फाइभ लन्च भए संगै अब टेक्नो पनि फोल्डेबल ट्रेन्डमा सामेल भएको छ। चाँडैनै टेक्नोको नयाँ फोल्डेबल फोन “फ्यान्टम भी फोल्ड” नेपाली बजारमा भित्रिने भएको छ। नेपालमा यो फोनको प्रत्यक्ष प्रतिस्पर्धा ग्यालेक्सी जेड फोल्ड फाइभ सँग हुनेछ। आज यस लेखमा हामी तपाइलाई टेक्नो फ्यान्टम भी फोल्डको विशेषता, डिस्प्ले डिजाइन, पर्फमेन्स, लगायत नेपालमा पर्न सक्ने मुल्यको (Tecno Phantom V Fold Price in Nepal) बारेमा कुरा गर्ने छौ।

‘टेक्नो फ्यान्टम भी फोल्ड’ विस्तृतमा:

फ्यान्टम भी फोल्ड टेक्नोको पहिलो फोल्डेबल स्मार्टफोन हो । उक्त फोन ७.८ इन्चको फोल्डेबल एमोलेड डिस्प्ले संगै २००० x २२९६ पिक्सेलको रिजोल्युसन, १०-बिट कलर डेप्थ, १२० हर्ज़ रिफ्रेस रेट र ११०० निट्स ब्राइटनेसको साथ आउँछ। यसको आउटर स्क्रिनमा भने ६.४ इन्च एमोलेड डिस्प्लेको साथ फुल एचडी रिजोल्युसन संगै  २१:९ को आस्पेक्ट रेसियो पाउनु हुन्छ। 

यसबाहेक स्क्रिनलाइ स्क्र्याच र फोन खस्दा हुने क्षतिको जोखिमबाट बचाउन कोर्निङ गोरिल्ला ग्लास भिक्टसद्वारा सुरक्षित गरिएको छ। त्यस्तै फोनको हिंज एयरोस्पेस-ग्रेड सामग्रीबाट बनेको छ, र कम्पनिका अनुसार यसलाई दुइ लाख भन्दा बढी पटक फोल्ड अन्फोल्ड गर्न मिल्छ।

यो पनि पढ्नुहोस्ः

यसको क्यामेराको कुरा गर्दा यहाँ जम्मा जम्मी पाचओटा क्यामेरा दिएको छ। स्मार्टफोनको पछाडी गोलाकार मोड्युलमा ५० मेगापिक्सलको मुख्य, २x अप्टिकल जूम भएको टेलिफोटो सेन्सर र एउटा १३ मेगापिक्सलको अल्ट्रा-वाइड क्यामेरा सेटअप गराएको छ। साथै क्यामेरामा नाइट मोड, प्यानोरमा, नाइट पोट्रेट, नाइट 4K भिडिओ, जस्तै अन्य फिचरहरु पनि रहेको छ । त्यससंगै आउटर स्क्रिनमा ३२ मेगापिक्सल र इनर स्क्रिनमा १६ मेगापिक्सल गरि दुइओटा सेल्फ़ि क्यामेरा दिएको छ। 

स्मार्टफोनमा मीडियाटेक डिमेंसिटी 9000+ चिप्सेट प्रयाेग भएको छ। ४ न्यानोमिटर फेब्रिकेसन प्रक्रियामा निर्मित गरिएको यो चिप्सेटमा हाई पर्फमेन्सकाे लागि ३.२ गिगाहर्ट्जमा क्लक गरिएको एउटा Cortex-X2 कोर, पर्फमेन्सकाे लागि २.८५ गिगाहर्ट्जमा क्लक गरिएको तिनओटा Cortex-A710 कोर र एफिसेन्सीको लागि १.८० गिगाहर्ट्जमा क्लक गरिएको चारओटा Cortex-A510 कोरहरु समाबेश छन्।

यस्तै अपरेटिङ सिस्टममा Android 13 सहित HiOS 13 Fold युजर इन्टरफेस भएको यो फोन १२ जीबी र्याम र २५६/५१२ जीबी स्टोरेज गरि दुइओटा भेरियन्टमा उपलब्ध छ। यसबाहेक फोनमा  ४५ वाट वायर्ड चार्जिङ सपाेर्ट संगै ५०००mAh ब्याट्रि, साइड माउन्ट गरिएको फिंगरप्रिन्ट स्क्यानर र डुवल स्टेरियो स्पिकर जस्तो फिचरहरु पाउनु हन्छ। 

यो पनि पढ्नुहोस्ः

टेक्नो फ्यान्टम वी फोल्डको बिशेषता( Tecno Phantom V Fold Specifications):

डिस्प्ले (Display)आउटर डिस्प्ले : ६.४ इन्च एमोलेड डिस्प्ले,फुल एचडी, १२० हर्ज़ रिफ्रेस रेट

इनर डिस्प्ले : ७.८ इन्च 2K  एमोलेड डिस्प्ले, १२० हर्ज़ रिफ्रेस रेट,  २००० x २२९६ पिक्सल, ११०० निटस ब्राइटनेस
प्रोसेसर (Processor)मीडियाटेक डिमेंसिटी ९०००+ (४ एनएम)
ओएस र युआई (OS and UI)एनड्रोइड १३ (HiOS 13 Fold)
ब्याक क्यामेरा (Main Camera)५० मेगापिक्सल, f/1.9(वाइड)

५० मेगापिक्सल, f/2.0(टेलिफोटो), २x अप्टिकल जूम

१३ मेगापिक्सल, f/2.2, १२०˚ (अल्ट्रा-वाइड)
सेल्फ़ि क्यामेरा (Selfie Camera)आउटर: ३२ मेगापिक्सल

इनर: १६ मेगापिक्सल
मेमोरी र स्टोरेज (Memory and Storage)१२ जीबी र्याम, २५६/५१२ जीबी स्टोरेज
ब्याट्रि र चार्जिङ (Battery and Charging)५०००mAh ब्याट्रि, ४५ वाट वायर्ड चार्जिङ
कलर अपशन (Color Options)ब्ल्याक, व्हाइट 

मूल्य र उपलब्धता (Tecno Phantom V Fold Price in Nepal and Availability)

टेक्नो फ्यान्टम भी फोल्डको १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भएको भेरियन्टको आधिकारिक मूल्य इन्डियामा ₹ ८८,८८८ रहेको छ भने यहि भेरियन्ट नेपालमा लन्च हुँदा रु १५०,००० हुन्न सक्ने अनुमान गर्न सकिन्छ।

टेक्नो फ्यान्टम भी फोल्डभारतीय मूल्यनेपालमा अपेक्षित मुल्य (Expected Tecno Phantom V Fold Price in Nepal)
१२/२५६ जीबी ₹ ८८,८८८रु १५०,०००
  • सजिलै अनलाइन बाट जन्म दर्ता कसरि बनाउने भनेर हेर्न:

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.