आईओएस १७ अपडेट अब आईफोनको लागि उपलब्ध, के के छन् नया फिचर ?

ios 17 update

आईओएस १७ यहि सोमबार देखि आधिकारिक रूपमा अपडेटको लागि उपलब्ध भएको छ। यहि जुन महिनामा भएको वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्स २०२३ मा एप्पलले आईओएस १७ को बिटा भर्जन उपलब्ध गराएको थियो। अपडेटले प्रयोगकर्ताहरूलाई नयाँ तरिकामा म्यासेज पठाउँन र प्राप्त गर्ने संगै गोपनीयता, सुरक्षा लगायतका थप आकर्षक फिचरहरु प्रधान गर्द छ। 

कुन आईफोनहरूले आईओएस १७ अपडेट पाउनेछन्?

२०१८ वा पछि रिलीज गरिएको सबै आइफोनहरुमा आईओएस १७ नि:शुल्क अपडेटको लागि उपलब्ध हुने छ। अर्थात् २०१८ मा लन्च भएको आइफोन एक्स एस, आइफोन एक्स एस म्याक्स र आइफोन एक्सआर लगायत आइफोन ११, आइफोन ११ प्रो, आइफोन ११ प्रो म्याक्स र सबै नयाँ फोनहरूले आईओएस १७ को अपडेट नि:शुल्क पाउनेछन्। यसमा आइफोन एसई को दोस्रो र तेस्रो पुस्ताका मोडेलहरू पनि समावेश छन्।

आईओएस १७ को अपडेट प्राप्त गर्ने फोनहरु तल उलेख गरिएको छ: 

आईफोन १५आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो, आईफोन १५ प्रो म्याक्स
आईफोन १४ आईफोन १४, आईफोन १४ प्लस, आईफोन १४ प्रो, आईफोन १४ प्रो म्याक्स 
आईफोन १३आईफोन १३, आईफोन १३ मिनी, आईफोन १३ प्रो, आईफोन १३ प्रो म्याक्स 
आईफोन १२आईफोन १२, आईफोन १२ मिनी, आईफोन १२ प्रो, आईफोन १२ प्रो म्याक्स 
आईफोन ११आईफोन ११, आईफोन ११ प्रो, आईफोन ११ प्रो म्याक्स
आईफोन एक्सआईफोन एक्स एस, आइफोन एक्स एस म्याक्स, आइफोन एक्सआर
आइफोन एसईआइफोन एसई (2nd generation), आइफोन एसई (3rd generation)

यो पनि पढ्नुहोस्ः

स्ट्यान्डबाई मोड

स्ट्यान्डबाई मोड एप्पलको नया फिचर हो, जसले फोनलाइ एउटा स्मार्ट डिस्प्लेमा परिणत गरिदिन्छ। मतलब आइफोन चार्ज भइरहेको बेला लकस्क्रिनमा क्यालेन्डर, समय, मौसमको विवरण, फोटो एल्बम अथवा सबैभन्दा धेरै प्रयोग हुने विजेटहरू हेर्न सकिन्छ ।

यहाँ एप्पलले  डिजिटल, एनालग, सोलार सहित विभिन्न शैलीको घडीको दिजाइन र अन्य विजेट कस्टमैजेसनको सुबिधाहरु समाबेश गरेको छ। जसले पर्योगकर्ताहरुलाई फोन चार्जिङको अवस्थामा हुँदा आफु अनुकुलको लकस्क्रिन राख्ने सुबिधा दिन्छ। यो फिचरको मुख्य फाइदा भनेको फोन चार्जिङ अवस्थामा भइरहेको बेला टाढाबाट पनि  महत्त्वपूर्ण नोटिफिकेशनहरु लकस्क्रिनमा हेर्न मिल्छ। 

एयरड्रप 

एप्पलले एयरड्रपमा नेम ड्रप भन्ने सुविधा समावेश गरेको छ, जसले गर्दा दुईवटा आईफोनहरू नजिक ल्याएर सम्पर्क विवरणहरू सजिलै साटासाट गर्न मिल्छ । यो फिचर पर्योग गर्दा सम्पर्क विवरणहरू साटासाट भएको थाहादिन एउटा आकर्षक एनिमेसन देखिन्छ। यसरिनै प्रयोगकर्ताहरूले यस फिचर मार्फत अन्य सामग्री पनि सेयर गर्न सक्नेछन्। 

लाइभ भ्वाइस मेल 

आइओएस १७ मा एप्पलले लाइभ भ्वाइस मेलको फिचर पनि समाबेश गरेको छ। प्रयोगकर्ताले लाइभ भ्वाइस मेल मार्फत पठाएको सन्देशको रियल-टाइम ट्रान्सक्रिप्शन लस्क्रिनमा मेसेजको रूपमा पढ्न सक्नेछन्। साथै कल नउठाएको बेला कल गर्ने व्यक्तिले हजुरलाई छोटो सन्देश रेकर्ड गरेर पठाउन पनि मिल्छ। र तपाईंले त्यो रेकर्ड गरेर पठाएको म्यासेज आफ्नो फुर्सदमा वा लाइव पनि सुन्न सक्नुहुन्छ। 

फेसटाइम

यस्तै फेसटाइमको प्रयोग गरि लाइभ भ्वाइस मेल जस्तै  कल गर्दा उपलब्ध नभएको व्यक्तिलाई भिडियो र अडियो सन्देशहरू पठाउन मिल्छ। साथै फेसटाइम कलहरूमा इशाराहरूद्वारा ट्रिगर गर्न मिल्ने बेलुन, लेजर बीम, फायरवर्क्स जस्ता थ्रीडी इफेक्टहरु पनि पर्योग गरेर कललाइ अझै रमाइलो बनाउन सकिन्छ। यसबाहेक प्रयोगकर्ताले फेसटाइमबाट गरिएको कलहरुलाइ एप्पल टिभी मा जडान गरेर आफ्नो साथी, परिवारहरु संग ठुलो स्क्रिनमा भिडिओ कलको फाइदा लिन्न सक्नु हुन्छ।

किबोर्ड 

एप्पलले आइओएस १७ मा आफ्नो किबोर्ड पनि अपडेट गरेको छ। जस अन्तर्गत ऑटो करेक्शनको लागि एप्पलले यहाँ नया मेसिन लर्निङ एल्गोरिथ्म प्रयोग गरिरहेको छ, जसले गल्तीहरूलाई सच्याउन सजिलो र ऑटो करेक्शन फिचरलाई पहिलेको भन्दा थप स्मार्ट बनाउछ। साथै यस फिचरले आईफोन प्रयोगकर्ताहरूलाई टाइप गर्दा मिल्दो शब्दहरू देखाउने छ। जसले व्याकरणीय त्रुटिहरू ठीक गर्न र टाइपिङलाई अझै छिटो बनाउन मदत गर्ने छ।

सफारी र पासवर्ड

एप्पलले आइओएस १७ अन्तर्गत सफारीमा पनि केहि अपडेटहरु ल्याएको छ। यस नया अपडेट अनुसार सफारीले अब अलग अलग प्रोफाइलहरुमा  ब्राउजिङ समर्थन गर्दछ। जसले गर्दा प्रयोगकर्ताले विभिन्न काम र व्यक्तिगत जस्ता विषयहरूलाई पनि अलग प्रोफाइल पर्योग मेनेज गर्न सक्नेछन । तस्तै यहाँ प्राइभेट ब्राउजिङ ट्याब प्रयोगमा नभएको बेला लक हुने र खोल्नको लागि फेस आईडी वा टच आईडी भेरिफाई गर्नुपर्ने सुबिधा पनि समाबेश गरेको छ।  

यो पनि पढ्नुहोस्ः

टिप्पणी गर्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.